प्रदेश ५ सरकारको निर्णय- प्रदेश अस्पताललाई साढे १८ करोड, कुन अस्पताललाई कति ?

प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयले ४ प्रादेशिक अस्पतालहरुलाई साढे १८ करोड बजेट बिनियोजन गरेको छ । अस्पतालको भौतिक पुर्वाधार तथा सेवा सुविधा बृद्धिका लागि बजेट विनियोजन गरिएको प्रदेश मन्त्रालयले जनाएको छ ।
प्रादेशिक अस्पतालमा नामाकरणसंगै अस्पतालहरुसँग अनुमानित खर्चसहितको कार्यक्रमसमेत मागगरि बजेट छुट्याइएको प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले बताए ।

मन्त्रालयका अनुसार लुम्बिनी अस्पताललाई ७ करोड ४७ लाख ५० हजार, भेरी अस्पतालका लागि ७ करोड २० लाख ८० हजार, राप्ती अस्पतालका लागि ३ करोड ३६ लाख र आयुर्वेद चिकित्सालय बिजौरी दाङलाई ५० लाख बजेट छुट्याइएको छ ।

प्रदेशको बास्केट फण्ड अन्तर्गत रहेको रकम चार प्रादेशिक अस्पताललाई छुट्याइएको र यसले अस्पतालको सेवा प्रवाहमा सुधार आउने मन्त्रालयका महाशाखा प्रमुख डा. चौधरीले बताए । उनले काम अघि बढाउनका लागि मन्त्रालयले बजेट निकासा दिइसकेको समेत बताए । शिर्षक अनुसार बजेट किटान गरिएको हुदा रकम सदुपयोग हुनेमा शंका नभएको डा. चौधरीको भनाई छ । ति कामको भने मन्त्रालयले गर्ने उनले बताए ।

सामाजिक विकास मन्त्रालयका अनुसार ति अस्पताललाई मेशिनरी तथा औजार मर्मत सम्भार तथा सन्चालन खर्च (सिटिस्क्यान मेशिन मर्मत) भवनको निर्माण, मर्मत सम्भार, इलेक्टिक वायरिंग, मर्मत प्रसुतीवाडको गुणस्तर सुधार जस्ता बिषयमा खर्च गर्न पाउनेछन् ।
बुटवलको लुम्बिनी अस्पताल, तुलसीपुरको राप्ती अस्पताल, नेपालगञ्जको भेरी अस्पताल र बिजौरी दांगको आयुर्बेद चिकित्सालयलाई केही दिन अघि प्रदेशको मन्त्री स्तरीय बैठकले प्रादेशिक स्तरको अस्पताल बनाएको निर्णय गरेको थियो ।

अस्पताललाई कति बजेट ?

अस्पताल                                      बजेट
लुम्बिनी अस्पताल                          बुटवल ७ करोड ४७ लाख ५० हजार
भेरी अस्पताल                                नेपालगंज ७ करोड २० लाख ८० हजार
राप्ती अस्पताल                              तुलसीपुर ३ करोड ३६ लाख
आयुर्वेद चिकित्सालय बिजौरी दाङ ५० लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय