स्वास्थ्य प्राविधिक संघ भक्तपुरमा न्यौपाने

हेल्थपोस्ट
प्रकाशित
२०७५ पुष २३ गते १८:०६

नेपाल स्वास्थ्य प्राविधिक संघ, जिल्ला कार्य समिति भक्तपुरको दशौँ जिल्ला अधिवेशन पार्थमणि न्यौपानेको अध्यक्षता नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनले उपाध्यक्षमा किरणप्रसाद न्यौपाने, महिला उपाध्यक्ष संगिता ढुंगाना, सचिवः टिकानिधि कोईराला, सहसचिव युवराज बुढाथोकीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । त्यसैगरी समितिको सदस्यहरुमा नकुल बञ्जारा, लक्ष्मी भट्टराई, गिता बानियाँ, दीक्षिका शाक्य, सुदिप आचार्य, रचना सिलवाल, लक्ष्मी विष्ट रहेका छन ।

शनिबार नेकपा भक्तपुरका नेता बचन देउजा प्रमुख अतिथ्यतामा उद्घाटनपछि अधिवेशन भएको थियो । नवनिर्वाचित अध्यक्ष न्यौपानेले स्वास्थ्य क्षेत्रमा प्राविधिकहरुको भूमीकालाई नजरअन्दाज भइरहेको भन्दै केन्द्रीय कार्यसमितिसँग सहकार्य गरेर नयाँ सन्दर्भमा स्वास्थ्य प्राविधिकका पेशागत हित र अस्थित्व रक्षाका लागि पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय