आन्दोलित भए सरकारी चिकित्सक, आइतबार मन्त्रालय घेर्ने, माग पूरा नभए स्वास्थ्य सेवा छाड्ने

आन्दोलनको रणनीतिका लागि आयोजित भेलामा बरिष्ठ चिकित्सकहरु

नयाँ संगठन संरचना र संघीय संरचनाअनुसार कर्मचारी समायोजन गर्दा विभेद भएको भन्दै सरकारी सेवामा कार्यरत चिकित्सकहरुले आइतबार स्वास्थ्य मन्त्रालयमा घेराउ गर्ने भएका छन् ।
सरकारी चिकित्सक संघ, नेपाल (गोदान)को आह्वानमा प्राथमिक केन्द्रदेखि केन्द्रीय अस्पतालमा कार्यरत चिकित्सकलाई संभव भएसम्म राजधानी आएर घेराउमा सहभागी हुन संघले आह्वान गरेको छ । संघले १० बजेदेखि नै मन्त्रालयको मुख्य ढोकामा भेला भएर मुख्य अधिकारीको प्रवेशमा अवरोधको रणनीति लिएको छ ।

संघले ज्ञापनपत्र, छलफलजस्ता विधिबाट ध्यानाकषर्ण गराउँदा पनि सरकार चिकित्सकको माग संवोधन गर्न तयार नभएको भन्दै समायोजनमा सहभागी नहुने र आन्दोलन चर्काउन आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनीसमेत दिएको छ ।

संघले ज्ञापनपत्र, छलफलजस्ता विधिबाट ध्यानाकषर्ण गराउँदा पनि सरकार चिकित्सकको माग संवोधन गर्न तयार नभएको भन्दै समायोजनमा सहभागी नहुने र आन्दोलन चर्काउन आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनीसमेत दिएको छ ।

संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले चिकित्सालाई संवेदनशील भनिरहने तर डाक्टरमाथि सधै विभेद गरिरहने अवस्थाको अन्त्यका लागि संघर्षमा उत्रिनु परेको बताए । ‘सुरुमा भद्र तरीकाले शान्तिपूर्ण ध्यानाकर्षण गराइरहदा समेत सरकारले वार्ता र सहमतिको प्रयासै गरेन’ उनले भने, ‘यस्तै अवस्था कायम रहे आकस्मिकबाहेकका सेवा रोकेरै अगाडि बढ्छौ ।’

यसअघि संघले गत विहीबार राजधानीमा वृहत भेला आयोजना गरेर संघको समायोजनसम्बन्धी माग पूरा नभएसम्म कुनै पनि सरकारी चिकित्सकले समायोजन फारम नभर्ने र कर्मचारी समायोजन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको थियो । त्यसैगरी संघले सरकारले वार्ताबाटै समाधान खोज्न चाहेमा तयार रहेको भन्दै डा. ढुन्डीराज पौडेलको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय