हृदयाघातको जोखिम महिलामा बढी, के छ कारण ?

यी तीन तत्वले महिलामा पुरुषमा भन्दा हृदयाघातको जोखिम बढाउँछन्–
तपाईंलाई हृदयाघातको जोखिम बढी हुने गर्छ, यदि तपाईंको जीवनशैली अस्वस्थकर छ वा निष्क्रिय छ भने । तर, यहाँ केही यस्ता तथ्य छन्, जसले तपाईंमा हृदयाघातको जोखिम बढाउन सक्छन्, विशेषतः तपाईं महिला हुनुहुन्छ भने ।

अक्सफोर्ड युनिभर्सिटीका रिसर्चरले हालै गरेको एक अध्ययन, जुन ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित पनि भइसकेको छ, ले कसरी लिंगका आधारमा हृदयाघातको जोखिम फरक पर्छ भन्ने उल्लेख गरेको छ । यो अध्ययनका लागि अनुसन्धानकर्ताले युकेका करिब पाँच लाख वयष्क (४० देखि ६९ वर्ष) उमेर समूहका (२००६ देखि २०१०) बीचमा बायोबैंक डाटाबेसको मूल्यांकन गरेका थिए । तिनीहरूले सहभागीहरूको सम्पूर्ण मेडिकल हिस्ट्री अध्ययन गरेका थिए र करिब ७ वर्षसम्म फलो गरेका थिए ।

हृदयाघातका अन्य धेरै रिक्स फ्याक्टर पनि पुरुषमा भन्दा महिलामा बढी हुन्छन् । यौनजन्य रिक्स फ्याक्टरहरू, उमेर बढ्दै जाँदा हुने मुटुसम्बन्धी अन्य समस्याहरू जब महिलामा देखिन्छन्, उनीहरूमा पुरुषभन्दा बढी हृदयाघातको जोखिम हुन्छ ।

नतिजाको विश्लेषणपछि उनीहरूले पत्ता लगाएका थिए कि, उच्च रक्तचाप, धूमपान तथा मधुमेह, यी ३ फ्याक्टरले महिलामा हृदयाघातको जोखिम पुरुषमा भन्दा बढी हुन्छ । वास्तबमा हाइपरटेन्सनबाट ग्रस्त महिलामा हृदयाघातको जोखिम उस्तै समस्या भएको पुरुषमा भन्दा ८३ प्रतिशतले बढी हुन्छ । त्यसैगरी, धूमपान गर्ने महिलामा धूमपान गर्ने पुरुषको तुलनामा उच्च रक्तचापको जोखिम ५५ प्रतिशत बढी हुन्छ । र, मधुमेह भएका महिलामा त्यस्ता पुरुषभन्दा हृदयाघातको जोखिम ४७ प्रतिशतले बढी हुन्छ ।

हृदयाघातका अन्य धेरै रिक्स फ्याक्टर पनि पुरुषमा भन्दा महिलामा बढी हुन्छन् । यौनजन्य रिक्स फ्याक्टरहरू, उमेर बढ्दै जाँदा हुने मुटुसम्बन्धी अन्य समस्याहरू जब महिलामा देखिन्छन्, उनीहरूमा पुरुषभन्दा बढी हृदयाघातको जोखिम हुन्छ ।
वैज्ञानिकहरू भन्छन् कि, जब हृदयाघातको जोखिम पुरुषमा भन्दा महिलामा ३ गुणा बढी हुन्छ भने मुटुरोगसम्बन्धी जनचेतनाका अभ्यासहरू पनि महिलामा नै फोकस गरिनुपर्छ ।

नतिजापछि अनुसन्धानकर्ताहरूले सुझाब दिएका छन्,
– क्लिनिसियनहरू भिजिल्यान्ट हुनुपर्छ, जब तिनीहरूको महिला प्यासेन्ट बिरामी हुँदै जान्छन्, धूमपान गर्छन्, मधुमेहका रोगी छन् वा उच्च रक्तचापबाट पीडित छन् भने क्लिनिसियनहरूले तिनीहरूलाई मुटुरोगको जोखिमबारे अवगत गराउनुपर्छ ।
यो अनुसन्धानको नतिजाले उजागर गरेको छ कि– मधुमेह, उच्च रक्तचाप भएका र धूमपान गर्ने महिलामा तौलनियन्त्रण, साथै गाइडलाइनबेस ट्रिटमेन्टको पहुँचको आवश्यकता छ ।

अनुसन्धानकर्ताले अध्ययनमा केही सीमितता पनि महसुस गरेका छन् । जस्तै, धेरै सहभागी श्वेत तथा उच्च सामाजिक, आर्थिक अवस्थाका थिए । भविष्यको अनुसन्धानका लागि उनीहरूले विविध पृष्ठभूमिका मानिस, विविध उमेर समूहका र विविध सामाजिक, आर्थिक अवस्थाका मानिसको सहभागिता हुने आशा गरेका छन् ।

पुरुषभन्दा महिलामा फरक हुन्छन् हृदयाघातका लक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय