प्रदेश ५ सरकारद्वारा ५१ स्वास्थ्यस्वयंसेवक माग

प्रदेश ५ सरकारले स्वास्थ्यका ५१ जना स्वयंसेवक माग गरेको छ । प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा स्वास्थ्य सेवाप्रवाहलाई थप व्यवस्थित गर्न भन्दै समाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गरी स्वयंसेवक मागेको हो । स्वयंसेवकलाई मासिक निर्वाहभत्ता उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले उमेरको हद नतोकेका कारण जुनसुकै उमेरका इच्छुक उम्मेदवारले स्वयंसेवकमा आवेदन गर्न सक्नेछन् ।

तोकिएको योग्यता पुगेका स्वयंसेवक सेवा गर्न इच्छुक नेपाली नागरिकबाट मिति २०७५ पुस १६ देखि ३० सम्म कार्यालय समयभित्र विषयक्षेत्र तोकी आवेदन गर्न अनुरोध गरिएको छ । छानोटमा पर्ने स्वयंसेवकलाई ०७६ असार मसान्तसम्म परिचालन गर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । माग गरिएका स्वास्थ्यका पदहरूमा ल्याब असिस्टेन्ट १२, अनमी २१, अहेव १५, हेल्थ असिस्टेन्ट १, स्टाफ नर्स १ र मेडिकल अधिकृत १ जना छन् ।

इच्छुक उम्मेदवारले शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, परिषद् दर्ता प्रमाणपत्रका प्रतिलिपि, समकक्षता खुलाउनुपर्ने आवश्यक भएमा सो खुल्ने कागजातसहित सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखामा आवेदन पेस गर्न भनिएको छ ।

इच्छुक उम्मेदवारले शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, परिषद् दर्ता प्रमाणपत्रका प्रतिलिपि, समकक्षता खुलाउनुपर्ने आवश्यक भएमा सो खुल्ने कागजातसहित सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखामा आवेदन पेस गर्न भनिएको छ । न्यूनतम शैक्षिक योग्यताको प्राप्तांक र अन्तर्वार्ताका आधारमा मागबमोजिमको उम्मेदवार छनोट गरिने सूचनामा उल्लेख छ ।
स्वयंसेवक परिचालन हुने प्रदेशअन्तर्गतका १२ जिल्लाभित्रका स्थानमा काम गर्ने पद उपलब्ध भएसम्म सोही जिल्लामा स्थायी ठेगाना हुने उम्मेदवारलाई योग्यताक्रमका आधारमा स्थान छनोट गराई खटाइने उल्लेख छ ।
सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकुद महाशाखा प्रमुख सूर्यप्रसाद भुसालले शाखा र निर्देशनालयहरूसित समन्वय गरी स्वयंसेवकका लागि सूचना जारी गरिएको बताए । ‘सुरुमा माग संकलन गर्यौँ,’ भुसालले भने, ‘आर्थिक वर्षको बजेटलाई हेरेर माग भएभन्दा कम संख्याका लागि सूचना गर्यौँ ।’ अहिलेका लागि ६ महिनाको अवधि भए पनि आउने आर्थिक वर्षमा बजेट विनियोजन भए कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रसहित माध्यमिक तहको विज्ञान, गणित, अंग्रेजी विषय शिक्षक, इन्जिनियरिङ, कानुन र खेलकुद क्षेत्रका १ सय ६२ जना स्वयंसेवक माग गरेकोमा ५१ जना स्वास्थ्य क्षेत्रका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय