आधारातमा कुटिँदा अनमीको क्रन्दन, फोनमा चित्कार सुन्दै दुगुरे वडाध्यक्ष (घटनाको अडियोटेप र भिडियोबयानसहित)

९ पुसको चिसो रात, करिब साढे १० बजे, थुनियाँ स्वास्थ्यचौकी कपिलवस्तुको बर्थिङ सेन्टरमा अनमी उषा केसी एक्लै छन् । अनायास ढोकामा कसैले बेतालको ढङ, ढङ… आवाज दिएपछि उनलाई विपत्को संकेत मिल्छ । बेसहारा उनी तत्काल वडाध्यक्षलाई फोन लगाउँछिन् । सुतिरहेका वडाध्यक्ष फोन उठाउँछन् । मध्यरातमा एउटी महिला काँपेको स्वरमा भन्छिन्–

हेलो, हेलो…

हजुर अंकल…
बाहिर ढोका हानिरह्यो, हेल्थपोस्टमा कुन्नि को आयो, हेल्थपोस्टमा ।

हेल्थपोस्टमा ?

छिटो आउनु त अंकल, म सिस्टर बोलेको क्या !

अँ, हजुर, हजुर, चिनेँ, चिनेँ । को–को छ ?

खै को हो छिटो आउनु त, छिटो आउनु छ अंकल ।

त्यसपछि,

ढोका जोडजोडले हानेको र वडाध्यक्षले आत्तिँदै परिवारका सदस्यलाई बोलाएको आवाज एकैसाथ आउँछ ।
संयोगले फोन काटिएको हुँदैन, यहीबीचमा ढोका फोडेको आवाज आउँछ र सुरु हुन्छ चित्कार, जसले जोकोहीको मन स्तब्ध बनाउँछ ।

घटनाको अडियोटेप सुन्न यहाँ क्लिक गर्नुहोस्

आत्तिएका वडाध्यक्ष सहायता गर्न जान परिवारका सदस्यलाई आफ्नै भाषामा उठाउनतिर लाग्छन्, रत्तिभर पनि समय नखर्ची घटनास्थलतिर दौडिन्छन् । उनको स्वाँ–स्वाँ, अनमीको दर्दनाक क्रन्दन, लौरो प्रहारको आवाज, सबै फोनमा रेकर्ड हुन्छ । यही फोनकै कारणले आफ्नो ज्यान बाँचेको पीडित केसीले यसअघि नै बयान दिइसकेकी छिन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय