अनमीमाथि कुटपिट गर्नेलाई ‘ज्यान मार्ने उद्योग’ मुद्दा

ज्ञानेन्द्रसिंह चौधरी प्रहरी निरीक्षक वडा प्रहरी कार्यालय, चन्द्रौटा, कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको थुनियाँ स्वास्थ्यचौकीमा कार्यरत अनमी उषा केसीले आक्रमणमा संलग्न व्यक्तिलाई प्रहरीले ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा चलाउँने जनाएको छ ।
वडा प्रहरी कार्यालय , चन्द्रौटाका प्रहरी निरीक्षक ज्ञानेन्द्रसिंह चौधरीले पक्राउ परेका मैफुज मुसलमानलाई प्रहरीले १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए ।

घटनापछि भागेका मुसलमानलाई अर्को दिन धान राख्ने डेहरीमा लुकेको अवस्थामा .स्थानीयको सहयोगमा प्रहरीले प्रक्राउ गरेको थियो ।

घटनापछि भागेका मुसलमानलाई अर्को दिन धान राख्ने डेहरीमा लुकेको अवस्थामा .स्थानीयको सहयोगमा प्रहरीले प्रक्राउ गरेको थियो ।
‘कुटपिटमा संलग्न मोहफुजलाई सोधपुछ गर्दा कुटपिट गरेको स्वीकार गरे, तर कारणबारे कुनै प्रतिक्रिया जनाएका छैनन्,’ प्रहरी निरीक्षक चौधरीले भने ।

पीडित पक्षले ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेकाले सोहीअनुसार प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ । तर, मुसलमानले अहिलेसम्म कुटपिटको कारणबारे प्रतिक्रिया नदिँदा कारबाही हुने वा नहुनेमा पीडित पक्ष सशंकित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय