अनिद्राले जंकफुडको मोह, जंकफुडले स्वास्थ्य स्वाहा

हेल्थपोस्ट
प्रकाशित
२०७५ पुष १५ गते १०:४२

धेरै मानिसको अनुमानमा नहुन सक्छ, अपुरो निद्रा अधिक भोकसँग सम्बन्धित छ ।
हो, धेरै अध्ययनले प्रमाणित गरेका छन्,
अपुरो निद्रा अधिक भोकसँग सम्बन्धित छ ।
खासगरी निद्रा नपुग्दा गुलियो र चिल्लो खाइरहन मन लाग्ने हुन्छ ।
किनकि,
स्लिप डिसअर्डर विशेषज्ञ डा. हार्नेट वालियाका अनुसार–
– अपुरो निद्राले महत्वपूर्ण हर्मोनहरू परिवर्तन गरिदिन्छ । जस्तै, भोक नियन्त्रण गर्ने हर्मोन (ग्रेलिन) घटाउँछ, जसका कारण अत्यधिक खान मन लाग्छ ।
– भोकलाई दबाउने हर्मोन (लेस्टिन) घटाउँछ ।
– स्ट्रेस हर्मोन (कोर्टिसोल) बढाउँछ, जसले पनि भोक बढाउँछ ।

धेरै नयाँ रिसर्चले देखाएका छन् कि,
निद्रा पूरा भएन भने हाम्रो दिमागमा गाँजामा पाइनेजस्तै हर्मोन उत्पादन हुन्छ । यसले पनि अधिक चिल्लोयुक्त तथा गुलियो खानाको रुचि बढाउँछ ।

जंकफुड र फास्टफुड
विगत केही दशकदेखि समोसा, डोनट, पिज्जा, बर्गर, रोल, फ्रेन्च फ्राइज, विभिन्न प्याकेजिङ गरिएका खानेकुराहरू मानव जीवनका अभिन्न अंग बन्दै गएका छन् । हाम्रो घरवरपर गल्ली, मल, रेस्टुरेन्ट, सडकका छेउछाउ, अफिस तथा कलेजका क्यान्टिन, जहाँतहीँ यस्ता खानेकुरा सर्वसुलभ छन् ।
तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ, ‘जंक’को अर्थ के हो ?
‘जंक’ शब्दले अतिरिक्त अर्थात् अनावश्यक भन्ने अर्थ दिन्छ । हाम्रा प्रिय तथा स्वादिष्ट मानिने यी खानेकुरा वास्तवमै अनावश्यक हुन् । कतिपय देशमा त जंकफुडलाई पूर्णतः ब्यान्ड गर्नुपर्ने आवाजहरू पनि उठिरहेका छन् भने कतिपयमा स्कुल तथा कलेजहरूमा जंकफुडमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरिँदै आएको छ । हप्ताको एक वा दुईपटक मात्र जंकफुड खाँदा पनि मानव स्वास्थ्यमा घातक असर पर्ने बताइन्छ ।

असर
– जंकफुड तपाईंको थकानको प्रमुख कारण हो ।
खानासाथ तत्तकालका लागि तृप्त वा सन्तुष्ट अनुभूत भए पनि यसमा पर्याप्त मात्रामा शरीरलाई चाहिने प्रोटिन र कार्बोहाइड्रड नपाइने भएकाले बिस्तारै यसले नकारात्मक असर गर्दै जान्छ । यसरी सधैँ भोक लाग्नासाथ जंकफुड खाने आदत गर्नुभयो भने बिस्तारै शरीरलाई आवश्यक पोषणको कमी भएर शरीर थकित हुने र राम्ररी कार्य गर्न नसक्ने हुँदै जान्छ ।

– जंकफुडले टिन एजरमा डिप्रेसन बढाउँछ ।
जंकफुडको अत्यधिक सेवनले टिन एजरमा विभिन्नखाले हर्मोनल परिवर्तन ल्याउँछ, जसका कारण छिट्टै रिसाउने तथा व्यावहारिक परिवर्तन देखापर्छन् । नियमित स्वस्थ तथा सन्तुलित खाना खानेको तुलनामा अधिक जंकफुडको सेवन गर्नेमा डिप्रेसनको जोखिम ५८ प्रतिशत बढी हुन्छ ।

– जंकफुडले पाचनशक्तिमा कमी ल्याउँछ ।
जंकफुडको लत भएका मानिसलाई पेटमा इरिटेसन हुने तथा ग्यास्ट्रिक हुने जस्ता समस्या हुन्छन् । किनकि, अधिकांश जंकफुड तेलमा डिप फ्राई गरेर तयार गरिएको हुन्छ, जसले पेटमा एसिडिटी उत्पादन गर्छ । त्यसैले यसका सेवनकर्ताको पचनशक्ति कमजोर हुन्छ ।

– यसले ब्लडसुगरको लेबल अनियमित गराउँछ ।
जंकफुडमा अधिक रिफाइन सुगर प्रयोग गरिने भएकाले यसले तपाईंको मेटाबोलिजम कमजोर बनाउँछ र इन्सुलिनको मात्रा बढी उत्पादन हुन्छ । जति जंकफुड खायो, त्यति नै खानाको तलतल बढ्छ ।

– यसले स्नायुप्रणालीमा असर गर्छ ।
‘ब्रेन, बिह्याभियर एन्ड इम्युनिटी’ नामक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार एक हप्ताको जंकफुड सेवन नै तपाईंको स्मरणशक्ति खस्किन काफी हुन्छ । पछिल्लो अध्ययनअनुसार जंकफुडको प्रयोगले नयाँ सीप सिक्ने क्षमतामा कमी आउँने देखिएको छ ।
यसका अतिरिक्त जंकफुडको अधिक सेवनले–
– मुटुरोगको जोखिम बढाउँछ ।
– मिर्गौलारोगको पनि कारक बन्न सक्छ ।
– कलेजोलाई पनि ड्यामेज गर्न सक्छ ।
– क्यान्सरको जोखिम बढाउँछ ।
– टाइप२ मधुमेहको जोखिम बढाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय