सबै स्थानीय तहमा नर्स, स्थानीयमा ३९ प्रतिशत दरबन्दी स्वास्थ्यको (संगठन संरचनासहित)

सरकारले नयाँ संगठन संरचनामा स्थानीय तहअन्तर्गत गाउँपालिकामा २ जना, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा ३ जनाका दरले स्वास्थ्य दरबन्दी सिर्जना गरेको छ । कर्मचारी समायोजनअघि सोमबारको मन्त्रिपरिषद्ले पारित गरेको संगठन संरचनाअनुसार सबै तहमा पाँचौँ वा छैटौँ तहको पब्लिक हेल्थ नर्सको दरबन्दी थप भएको छ । यससँगै ७ सय ३६ स्थानीय तहमा नर्सको दरबन्दी सिर्जना भएको छ ।

स्थानीय तहको कुल दरबन्दी ६६ हजार ७५० रहेकोमा स्वास्थ्य अन्र्तगतमात्रै २५ हजार ७६४ दरबन्दी छ । यो स्थानीय सरकारअन्र्तगत रहने स्वास्थ्य संरचनासहितको दरबन्दी हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पठाएको संगठन संरचनामा मन्त्रिपरिषद्ले ४ सय ६० वटै गाउँपालिकामा नर्सको दरबन्दी राख्ने निर्णय गरेको थियो । यो आधारमा पब्लिक हेल्थ नर्सको दरबन्दी २ सय ७६ नगरपालिका र ४६० गाउँपालिकामा गरी ७ सय ३६ रहनेछन् ।

स्वीकृत संरचनाअनुसार गाउँपालिकाको सामाजिक विकास शाखाअन्तर्गत स्वास्थ्य एकाइको प्रमुख पाँचौँ/छैठौँ तहका हेल्थ असिस्टेन्ट वा हेल्थ इन्स्पेक्सन समूहका अधिकृत रहनेछन् । त्यसैगरी सबै गाउँपालिकामा पब्लिक हेल्थ नर्स रहनेछन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पठाएको संगठन संरचनामा मन्त्रिपरिषद्ले ४ सय ६० वटै गाउँपालिकामा नर्सको दरबन्दी राख्ने निर्णय गरेको थियो । यो आधारमा पब्लिक हेल्थ नर्सको दरबन्दी २ सय ७६ नगरपालिका र ४६० गाउँपालिकामा गरी ७ सय ३६ रहनेछन् ।

स्थानीय तहमा ७/८ तहका जनस्वास्थ्य अधिकृत (हेई) को दरबन्दी कामपामा १, अन्य ५ महनगरमा ५, ११ उपमहानगरमा ११ गरी १७ वटा छ । त्यसैगरी जनस्वास्थ्य अधिकृत ७/८औँ तहको दरबन्दी २७६ नगरपालिकामा छ ।

कार्यालयतर्फ भने गाउँपालिकामा प्राथमिक स्वास्थ्यकेन्द्र, स्वास्थ्यचौकी र आयुर्वेद औषधालय रहनेछन् ।
त्यसैगरी नगरपालिकामा स्वास्थ्य तथा सामाजिक विकास शाखाअन्तर्गत ७औँ तहका जनस्वास्थ्य अधिकृत १, ५ वा ६ तहका पब्लिह हेल्थ÷कम्युनिटी हेल्थ नर्स १ र ५ वा ६ तहका हेल्थ असिस्टेन्टको १ दरबन्दी रहनेछन् । स्वास्थ्य कार्यालयतर्फ भने नगरपालिकामा प्राथमिक स्वास्थ्यकेन्द्र, स्वास्थ्यचौकी रहनेछन् ।
यस आधारमा ५/६औँ तहका हेल्थअसिस्टेन्ट २ सय ७६ नगरपालिका, ५औँ तहका हेल्थ असिस्टेन्टको दरबन्दी काठमाडौंसहित ६ महानगर, ११ उपमहनगारपालिका, र ९५ साना नगरपलिकामा गरी ५७२ दरबन्दी छ । १ सय ८१ ठूला नगरमा भने हेल्थअसिस्टेन्टको दरबन्दी छैन ।
महानगरमा हेल्थ इन्स्पेक्सन समूहका ७ औँ वा ८औँ तहका अधिकृतको नेतृत्वमा एकजना पाँचौँ तहका हेल्थ असिस्टेन्ट र पाँऔँ वा छैटौँ तहका पब्लिक हेल्थ नर्सको दरबन्दी रहनेछन् ।
तीबाहेक गाउँपालिका, नगर र महानगरभित्र पर्ने स्वास्थ्य संरचना (हेल्थपोस्ट, प्राथमिक स्वास्थ्यकेन्द्र, अस्पताल)को समेत छुट्टै दरबन्दी र संरचना रहनेछन् । नयाँ संरचनामा हेल्थपोस्टमा एचए, अहेव, अनमीबाहेक ल्याब टेक्निसियनको समेत दरबन्दी थप भएको छ ।

स्थानीय तहको कुल दरबन्दी ६६ हजार ७५० रहेकोमा स्वास्थ्य अन्र्तगतमात्रै २५ हजार ७६४ दरबन्दी छ । यो स्थानीय सरकार अन्र्तगत रहने स्वास्थ्य संरचनासहितको दरबन्दी हो ।

 

पद                              तह                 दरबन्दी
अधिकृत स्वास्थ्य          ७/८                  १७
जनस्वास्थ्य अधिकृत      ७/८                २७६
पब्लिक हेल्थ नर्स           ५                     ७३६
हेल्थ असिस्टेन्ट             ५                     २७६

6 thoughts on “सबै स्थानीय तहमा नर्स, स्थानीयमा ३९ प्रतिशत दरबन्दी स्वास्थ्यको (संगठन संरचनासहित)

  1. हे.अ. को दरबन्दी २७६ मात्रै होइन होला
    गा.पा. को दरबन्दी तेरिज मा प.हे.न. देखिएन त

  2. ANM को लागि कति छन दरबन्दी कि ANM लागि लोकसेवा नखोल्ने हो बुझिन
    नि मैले कि त ANM उत्पादन नै नगर्नु पर्यो हैनर….

    1. गाऊपालिका र नगरपालिकामा अ न मीको पनि दरबन्दी हुनुपर्ने होईन र???
      एम सि एच क्लिनिक मा काम गर्ने अनमीको दरबन्दी कहाँहुन्छ र अब???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय