स्मृति–ध्यान

डा. कपिलदेव उपाध्याय
प्रकाशित
२०७५ पुष १४ गते ९:४९

बिहान उठेदेखि राति ननिदाउँदासम्म हामीले जुन–जुन काम गर्छौं, क्रियाहरू गर्छौं, ती सबै स्मृतिपूर्वक गर्नुपर्छ । कुनै पनि काम वा क्रिया स्मृतिपूर्वक गर्दा धेरै राम्रो हुन्छ । उदाहरणका लागि हामी बिहान उठेर दाँत माँझ्छौँ, बस्छौँ, उठ्छौँ, उभिन्छौँ, हिँड्छौँ, खानेकुरा बनाउँछौँ, खान्छौँ, कुराकानी गर्छौं र वेला–वेलामा आँखा खोल्ने, चिम्लने गर्छौं, आदि–आदि । यी प्रत्येक कार्य गर्दा स्मृतिपूर्वक गर्नुपर्छ । आफूले श्वास लिने–छोड्नेलगायत प्रत्येक कार्य स्मृतिपूर्वक गर्नुलाई नै स्मृति–ध्यान (Mindfulness meditation) भनिन्छ ।

हामी प्रायः हरेक काम हतार–हतारमा गर्ने गर्छौं । त्यसो गर्नुभन्दा प्रत्येक काम बिस्तारै गर्नु राम्रो हुन्छ, ध्यानपूर्वक गर्नु राम्रो हुन्छ । बिस्तारै काम गर्ने बानीले हाम्रो मनले त्यो काममा पूरा ध्यान दिन सक्छ र दिन्छ । हाम्रो मनको ध्यान दिन सक्ने क्षमता बढ्छ र प्रज्ञा (wisdom)समेत बढ्छ । प्रज्ञा भनेको किताब पढेर हासिल हुने ज्ञान होइन, यो त आफूभित्रबाट आएको ज्ञान हो ।

भिक्षु विवेकानन्द भन्नुहुन्छ– स्मृति–ध्यान गर्दा मन सफा हुँदै जान्छ, mental Purification बढ्दै जान्छ र wholesome mental state पनि बढ्दै जान्छ । राम्रो मनोभाव र राम्रा विचारको फल राम्रो हुन्छ भने नराम्रो मनोभाव र नराम्रा विचारको फल नराम्रो हुन्छ । स्मृति–ध्यान नियमित र राम्रोसँग ग-यो भने बिस्तारै प्रज्ञा (wisdom)को विकास हुने कुरा पहिले पनि बताइसकिएको छ ।

स्मृति–ध्यान शाक्यमुनि बुद्धले सिकाउनुभएको ध्यान हो । यो ध्यान आजकल Mindfulness meditation नामले चर्चित छ । बुद्धका अनुसार शरीर रूप हो र मनलाई नाम भनिन्छ, अर्थात्, नाम–रूप (Name-form) ले मन र शरीरलाई जनाउँछ । हामीले प्रत्येक क्षण शरीरमा के–के हुन्छ र मनमा के–के भएको हुन्छ याद राख्नुपर्छ । अर्थात्, हामीले क्षण–क्षणमा शरीर र मनमा भएका अनुभवहरूलाई ध्यानपूर्वक हेर्नुपर्दछ र अनुभव गर्नुपर्दछ । यस्तो अनुभव गर्ने कार्यलाई Knowing through direct observation भनिन्छ ।
हाम्रो मनमा राम्रा विचार आउँछन्, जसलाई wholesome mental state भन्छौँ र नराम्रा विचार आउँछन्, जसलाई unwholesome mental state भन्छौँ । उदाहरणका लागि प्रेम, माया, ममता, दया, सहायता गरूँ भन्ने जस्ता भावहरू छन् भने wholesome mental state हो । त्यस्तै, रिस, लोभ, घृणा, आदि मनोभाव छन् भने unwholesome mental state भयो ।

स्मृति–ध्यानले डिप्रेसन रोगलाई निको पार्छ, नियमित यस्तो ध्यानको प्राक्टिस गर्ने गरेमा फेरि फर्किने डिप्रेसन (Relapse)को समस्यालाई पनि निकै कम गर्छ ।

भिक्षु विवेकानन्द भन्नुहुन्छ– स्मृति–ध्यान गर्दा मन सफा हुँदै जान्छ, mental Purification बढ्दै जान्छ र wholesome mental state पनि बढ्दै जान्छ । राम्रो मनोभाव र राम्रा विचारको फल राम्रो हुन्छ भने नराम्रो मनोभाव र नराम्रा विचारको फल नराम्रो हुन्छ । स्मृति–ध्यान नियमित र राम्रोसँग ग-यो भने बिस्तारै प्रज्ञा (wisdom)को विकास हुने कुरा पहिले पनि बताइसकिएको छ । प्रज्ञाको राम्रो विकास भएपछि रिस, राग, दुःख, सुख, आदिमा मन विचलित हुने वा मनमा उतार–चढाव आउने आदि हुँदैन । ध्यानकेन्द्रमै केही महिना बसेर स्मृति–ध्यान सिक्यो र ध्यान गर्यो भने मन सफा हुन्छ, प्रज्ञाको राम्रो विकास हुन्छ, मनमा हर्ष वा खुसी (Joy) हुन्छ र मनमा आउने विचारहरू कम हुँदै जान्छन्, साथै मन शक्तिशाली हुन्छ ।

ध्यानकेन्द्रमै बसेर लामो समय स्मृति–ध्यान गर्यो भने आफू आकाशमा उडेको वा बादलमा हिँडेजस्तो अनुभवसमेत हुन्छ ।
डर र चिन्ताका लक्षणहरू देखिएका बिरामीका लागि स्मृति–ध्यानले महत्वपूर्ण फाइदा पुर्याउँछ ।

यसले गर्दा आध्यात्मिक शक्ति बढ्छ, मनलाई कुनै कुराले विचलित गराउन सक्दैन, कुनै कुराले असर पार्न सक्दैन, जसलाई Teflon mind भन्ने गरिन्छ । Non-sticking pan मा खानेकुरा पकायो भने टाँसिन्न, किनकि त्यहाँ Telflon को coating हुन्छ । त्यस्तै, मनमा पनि कुनै कुराले असर पार्दैन, अनुभवहरू आउँछन्, जान्छन् । ऐनामा विभिन्न आकृतिहरू आउँछन्, जान्छन्, तर ऐनालाई कुनै असर पार्दैनन्, त्यसैगरी नै मनमा अनुभवहरू आउँछन्, जान्छन्, कुनै असर पार्दैनन् । मनको Resilience Power बढ्छ, अर्थात्, कुनै गम्भीर पीडा दिनेखालको घटना आदि भएमा पनि आफू पहिलेकै अवस्थामा छिट्टै आउन सक्ने वा फर्किन सक्ने क्षमता हुन्छ ।
स्मृति–ध्यानले डिप्रेसन रोगलाई निको पार्छ, नियमित यस्तो ध्यानको प्राक्टिस गर्ने गरेमा फेरि फर्किने डिप्रेसन (Relapse)को समस्यालाई पनि निकै कम गर्छ ।
ध्यानकेन्द्रमै बसेर लामो समय स्मृति–ध्यान गर्यो भने आफू आकाशमा उडेको वा बादलमा हिँडेजस्तो अनुभवसमेत हुन्छ ।
डर र चिन्ताका लक्षणहरू देखिएका बिरामीका लागि स्मृति–ध्यानले महत्वपूर्ण फाइदा पुर्याउँछ । Face the Fear अर्थात्, डरसित डराएर नभाग्नुस्, किन, कसरी, के कारण डर आयो भनेर ध्यानपूर्वक हेर्नुस्, डरले शरीरमा के–कस्ता लक्षण ल्याएको छ, ध्यानपूर्वक हेर्नुस् । त्यस्तै, मनमा अरू के–के भाव ल्याएको छ हेर्नुस् र Walking Meditation (चक्रमन) गर्नुस्, डर कम भएर जान्छ ।

(भिक्षु विवेकान्दले पण्डितारामा विपास्सना ध्यानकेन्द्र लुम्बिनीमा अंग्रेजी भाषामा दिनुभएको प्रवचनमा आधारित अनुवादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय