अनमीमाथि कुटपिटपछि बर्थिङ सेन्टर बन्द

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा रहेको थुनियाँ स्वास्थ्यचौकीमा कार्यरत अनमी उषा केसीमाथि कुटपिट भएपछि त्यहाँको बर्थिङ सेन्टर बन्द भएको छ । बर्थिङ सेन्टरका कर्मचारीको सुरक्षालाई मध्यनजर गरी सेवा बन्द गरिएको नगरपालिकाको भनाइ छ ।
कर्मचारीको सुरक्षाका कारण स्वास्थ्यचौकीको बर्थिङ सेन्टर बन्द गरिएको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले बताइन् ।

उनका अनुसार बर्थिङ सेन्टरमा कार्यरत दुईजना अनमीलाई नगरको चनई स्वास्थ्यचौकीमा पठाइएको छ । कुटपिटमा संलग्न मैफुज मुसलमानका विषयमा उनकै बाबु–आमाले समेत नगरपालिकामा आई करिब २ महिनाअघि आफूहरूमाथि कुटपिट गरी बस्नखान नदिएको हुँदा कारबाही गरिदिन अनुरोध गरेका थिए । उनीहरूले बुहारी र नाति–नातिनासमेत छोराको कुटपिट र व्यवहारबाट घर बस्न नसकी माइत बस्ने गरेको जानकारी गराएको उपप्रमुख थारूले बताइन् ।

उनले स्वास्थ्यचौकीमा दिउँसोको सेवा सुचारु गरिएको भए पनि बर्थिङ सेन्टरको सेवा भने १० पुसदेखि बन्द गरिएको बताए ।

शिवकुमारी थारू, उपप्रमुख, शिवराज नगरपालिका, कपिलवस्तु

अर्को व्यवस्था नहुँदासम्म बर्थिङ सेन्टरको सेवा बन्द गरिएको र त्यहाँ कार्यरत दुई महिला स्वास्थ्यकर्मीलाई नगरभित्रको अर्को बर्थिङ सेन्टरमा पठाइएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु क्षेत्रीले बताए ।

थुनियाँ स्वास्थ्यचौकीका इन्चार्ज राजेश कुँवरले स्वास्थ्यकर्मीमाथिको हातपातले कर्मचारीमा त्रास फैलिएको बताए । उनले स्वास्थ्यचौकीमा दिउँसोको सेवा सुचारु गरिएको भए पनि बर्थिङ सेन्टरको सेवा भने १० पुसदेखि बन्द गरिएको बताए । उक्त स्वास्थ्यचौकी कपिलवस्तुको चन्द्रौटाबजारदेखि ७ किलोमिटर दक्षिणपूर्वमा पर्छ ।

कुटपिटमा संलग्न शिवराज नगरपालिका–११ थुनियाँ गाउँका मैफुज मुसलमानलाई पक्राउ गरी वडा प्रहरी कार्यालय चन्द्रौटामा राखिएको छ ।

रात्रिकालीन सिफ्टमा ड्युटीमै रहेको अवस्थामा भएको कुटपिटबाट अनमी केसीको बायाँ हात भाँचिएको छ । केसीमाथिको कुटपिटको विरोधमा शिवराज नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले विरोध जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय