नेपालका डा. रोहित सैजू एपिसप्सको उपाध्यक्ष निर्वाचित

हेल्थपोस्ट
प्रकाशित
२०७५ पुष ११ गते १६:५०

तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा. रोहित सैजू एसिया–प्यासिफिक सोसाइटी अफ अब्थाल्मिक प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी (एपिसप्स) को उपाध्यक्षमा निर्वाचित भएका छन् । १५ र १६ डिसेम्बरमा हङकङमा सम्पन्न एपिसप्सको १०औँ बैठकले सैजूलाई सन् २०२० सम्मका लागि उपाध्यक्षमा निर्वाचित गरेको हो । बैठकले चीनका डा. डोङमाई लीलाई एपिसप्सको अध्यक्षमा निर्वाचित गरेको छ ।

डा. रोहित सैजू

नेत्र विज्ञान प्रतिष्ठानका प्राध्यापकसमेत रहेका डा. सैजू १८ वर्षदेखि तिलगंगा प्रतिष्ठानमा कन्सल्टेन्ट आँखा चिकित्सकका रूपमा कार्यरत छन् । उनले डेढ दशकदेखि अक्युलोप्लास्टीमा केन्द्रित रही सेवा पुर्याइरहेका छन् । अक्युलोप्लास्टी आँखाको विशिष्टविशेषज्ञ विधा हो । उनी आँखाको ढकनी, खोपिल्टो र अश्रुनलीसम्बन्धी सुपरस्पेसलिस्ट सेवामा केन्द्रित रही गुणस्तरीय सेवा पुर्याउँदै आएका छन् । उनी नेपलिज सोसाइटी फर अक्युलोप्लास्टिक सर्जन्स (नेसोस)का संस्थापक अध्यक्ष र सार्क अब्थाल्मिक सोसाइटीका वर्तमान उपाध्यक्षसमेत हुन् । उनी धेरै वर्षअघिदेखि एसिया–प्यासिफिक क्षेत्रमा आमन्त्रित फ्याकल्टी रहँदै आएका छन् ।

सन् २००० मा स्थापित एपिसोप्सले स्थापनाकालदेखि नै आँखारोगको मेजर सबस्पेसालिटीका रूपमा काम गर्दै आएको छ । यसको इन्टरनेसनल काउन्सिल अफ अब्थाल्मोलोजी, एसिया–प्यासिफिक एकेडेमी अफ अब्थाल्मोलोजीजस्ता बहुदेशीय संगठनहरूसित कनेक्सन छ

सन् २००० मा स्थापित एपिसोप्सले स्थापनाकालदेखि नै आँखारोगको मेजर सबस्पेसालिटीका रूपमा काम गर्दै आएको छ । यसको इन्टरनेसनल काउन्सिल अफ अब्थाल्मोलोजी, एसिया–प्यासिफिक एकेडेमी अफ अब्थाल्मोलोजीजस्ता बहुदेशीय संगठनहरूसित कनेक्सन छ । यस क्षेत्रको आँखा स्वास्थ्यमा अद्यावधिक ज्ञान र परिष्कृत सीप तथा प्रविधिका माध्यमले सुधार ल्याउनुलाई नै संस्थाले आफ्नो प्रमुख जिम्मेवारीका रूपमा लिँदै आएको छ ।

एसिया–प्यासिफिक क्षेत्रमा विश्वको आधाभन्दा बढी जनसंख्याको बसोवास भए पनि यहाँका धेरै क्षेत्रमा अक्युलोप्लास्टीको राम्रो उपचार उपलब्ध छैन । यसको मूल कारण भनेकै अक्युलोप्लास्टीका विशेषज्ञको न्यून उपलब्धता नै हो । तसर्थ, यस संस्थाले यससम्बन्धी गुणस्तरीय शिक्षामा विशेष जोड दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय