विराटनगर स्पार्क अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

हेल्थपोस्ट
प्रकाशित
२०७५ पुष ११ गते ११:३२

विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल प्रा.लिले तेस्रो बार्षिक उत्सवका अवसरमा तीन दिने निःशुल्क शिविर सम्पन्न गरेको छ । तेस्रो बार्षिक उत्सबका अवसरमा आयोजना गरेको निःशुल्क तिन दिने शिविरमा ४ सय ४८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । यस्तै शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको अस्पतालका संचालक रुपेश अधिकारीले जानकारी दिनुभयो ।

वरिष्ठ डाक्टर सुनील पौडेलले शिविरमा ढाड, कम्मर, गर्धन दुख्ने, नसा च्यापिएको, हड्डी खिइएका बिरामीहरु बढी आएको जानकारी दिनुभयो । त्यस्तै सुगर, युरिक एसिड जाँचमा निःशुल्क तथा अन्य प्याथोलोजी सेवामा ४० प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ । यस्तै आजै भएको रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका छन् ।
अस्पतालमा झापा,मोरङ, सुनसरी, भारतको जोगबनी, फारबीसगञ्ज, अररीया लगायतका स्थानबाट आएर विरामीले स्वास्थ्य लाभ लिएका छन् । यस्तै अस्पतालले उत्कृष्ट काम गर्ने कर्मचारीलाई नगद सहित सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय