कोसी अञ्चल अस्पताल शिक्षण अस्पताल बन्ने

कोसी अञ्चल अस्पताललाई शिक्षण अस्पतालमा विकास गरिने भएको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रकृया अघि बढिसकेको जनाएको हो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पतालको पूर्वाधार विकासका लागि प्रदेश सरकारले काम सुरु गरेको र ५ वर्षभित्रै नमुना अस्पतालका रूपमा विकास गर्ने दाबी गरेका छन् । सामाजिक विकास मन्त्रालयबाट आर्थिक वर्ष ०७५/७६ मा भएका कामबारे जानकारी गराउन मंगलबार आयोजित पत्रकारसम्मेलनमा मन्त्री घिमिरेले यस्तो बताएका हुन् । अञ्चल अस्पतालबारे सम्पूर्ण विवरण अगामी २ दिनभित्र सार्वजनिक गरिने उनले जानकारी दिए ।

सुरुमा चिकित्सा विज्ञान राष्ट्यि प्रतिष्ठान न्यम्सको विस्तारित कार्यक्रमको रुपमा एमडि र अर्को वर्षदेखि एमिबिएस पढाई सुरु गर्ने प्रदेश सरकारको योजना छ ।
अस्पतालमा ओपिडी मात्रै दैनिक १ हजार २ सयभन्दा बढी छ । अस्पतालमा सरसफाइमा सुधार ल्याएको, बन्द प्रयोगशाला सञ्चालन गरेको, उपकरण थप्ने काम प्रदेश सरकारको दावी गरेको छ । अस्पताल अहिले पनि आइसियु, भेन्टिलेटर र दरबन्दीअनुसार चिकित्सक र अन्य जनशक्तिको अभाव खेपिरहेको छ । यस्तो अवस्थामा पठनपाठन सुरु गर्नका लागि आवश्यक भौतिक तथा प्रज्ञिक पूर्वाधारबारे भने प्रदेश सरकार ठोस योजना बाहिर ल्याउन सकेको छैन् ।

अस्पताल अहिले पनि आइसियु, भेन्टिलेटर र दरबन्दीअनुसार चिकित्सक र अन्य जनशक्तिको अभाव खेपिरहेको छ । यस्तो अवस्थामा पठनपाठन सुरु गर्नका लागि आवश्यक भौतिक तथा प्रज्ञिक पूर्वाधारबारे भने प्रदेश सरकार ठोस योजना बाहिर ल्याउन सकेको छैन् ।

संघीय सरकारबाट अञ्चल अस्पताल, जिल्ला अस्पताल, आयुर्वेद औषधालय, आयुर्वेद स्वस्थ्यकेन्द्रलगायत २८ कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण भएका छन् । कोसी अञ्चल अस्पतालमा तत्काल गर्नुपर्ने सुधारका लागि एक कार्यदल गठन भई अध्ययन कार्यसमेत पूरा भइसकेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता गोपीप्रसाद घिमिरेले जनकारी दिए । चालू आर्थिक वर्षमा मन्त्रालयले कोसी अञ्चल अस्पताल सुधारका लागि १२ करोड १२ लाख ६८ हजार रूपैयाँ विनियोजन गरी खर्चको अख्तियारी दिइसकेको पत्रकारसम्मेलनमा जानकारी दिइएको छ ।

प्रदेश सरकारका कार्यप्रगतिबारे जानकारी दिँदै प्रवक्ता घिमिरेले प्रदेश १ मा मन्त्रालयले ज्येष्ठ नागरिक दन्तमुस्कान कार्यक्रम सुरु गरेको बताए । पाइलट प्रोजेक्टका रूपमा खोटाङको रावावेसी गाउँपालिकाका ५ सय ज्येष्ठ नागरिकमा दाँत लगाउने कार्य गरिएको उनले जानकारी दिए । मन्त्रालयले हरेक स्थानीय तहका स्वास्थ्यसंयोजकसमेतको सहभागितामा १४ जिल्लामा समीक्षा गोष्ठी सम्पन्न गरिसकेको समेत उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय