अब छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा २ र सुगममा १ वर्ष सेवा गर्नुपर्ने !

छात्रवृत्ति ऐनको प्रावधानविपरीत छात्रवृत्तिमा पढेर २ वर्ष मात्रै सरकारले खटाएको ठाउँमा सेवा गरिरहेका चिकित्सकहरूले अब थप १ वर्ष तोकिएको क्षेत्रमा सेवा गर्नैपर्ने भएको छ । संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा विचाराधीन चिकित्साशिक्षा विधेयकमा छात्रवृत्तिमा अध्ययन गर्ने चिकित्सकले कम्तीमा २ वर्ष दुर्गम र १ वर्ष सुगममा सेवा गर्नैपर्ने व्यवस्था राख्न अधिकांश सदस्य सहमत देखिएपछि उक्त व्यवस्थाले कानुनी रूप लिने लगभग निश्चित भएको हो ।
छात्रवृत्तिमा पढेका जो–कोहीले कम्तीमा ५ वर्ष सरकारले खटाएको ठाउँमा सेवा गर्नुपर्ने व्यवस्था छात्रवृत्ति ऐनले गरेको छ । तर, स्वास्थ्यमा कार्यविधि बनाएर २ वर्ष यस्तो सेवा दिनुपर्ने व्यवस्था प्रचलनमा छ ।

पछिल्लोपटक उपसमितिमा छलफलका क्रममा अधिकांश सांसद २ वर्ष कम हुने भन्दै बढाउने पक्षमा उभिएपछि ३ वर्षको प्रावधान राख्ने सहमति भएको छ ।

सरकारले तयार पारेको मस्यौदा विधेयकमा ३ वर्षकै प्रावधान राखिएकोमा चिकित्साशिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीको पछिल्लो १५औँ अनशनका क्रममा १ वर्ष दुर्गम र १ वर्ष सुगममा सेवा गर्नुपर्ने व्यवस्था गर्ने सहमति भएको थियो । तर, पछिल्लोपटक उपसमितिमा छलफलका क्रममा अधिकांश सांसद २ वर्ष कम हुने भन्दै बढाउने पक्षमा उभिएपछि ३ वर्षको प्रावधान राख्ने सहमति भएको छ । छलफलका क्रममा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले छात्रवृत्ति ऐनअनुसार ५ वर्ष नै सेवा अनिवार्य हुनुपर्ने भए पनि दबाब र प्रभावमा २ वर्ष गरिएको सुनाए । ‘सर्वोच्च अदालतका न्यायाधीशका भान्जा, ज्वाइँ, सालो को डाक्टर थियो, ३ वर्षमा झारिदियो,’ अधिकारीले भने, ‘फेरि स्वास्थ्यमा आइपुग्दा त्यस्तै को थियो, २ वर्षमा झरिदियो ।’

अहिले चिकित्सक परिचालन निर्देशिका बनाएर खटाएको ठाउँमा २ वर्ष सेवा गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा छ । चिकित्सकहरूले भने लामो अवधि सेवा करारको व्यवस्थाले चिकित्सकलाई ठूलो मर्का पर्ने बताउँदै आएका छन् । अहिलेको अवस्थामा चिकित्सकले दुवै तहमा छात्रवृत्तिमा अवसर पाएमा एमबिबिएसपछि २ वर्ष र पिजीपछि २ वर्ष गर्दा ४ वर्ष सेवा करार गर्नुपर्ने हुन्छ ।

संसदीय समितिको बैठकमा नेकपाका अर्का सांसद योगेश भट्टराईले डाक्टरलाई दुर्गममा नखटाउने वा सेवाअवधि घटाउनुपर्छ भन्ने प्रस्ताव डा. केसीको स्वाभाव र प्रकृतिविपरीत हुने भनाइ राखेका थिए ।

यसले दीर्घकालीन रूपमा करिअरमा असर पर्ने भनाइ चिकित्सकहरूले राख्दै आएका छन् । १५औँ अनशनका क्रममा डा. केसीसँग सरकारी चिकित्सकहरूले यो समस्याबारे ध्यानाकर्षण गराएर माग थप्न लगाएका थिए ।
संसदीय समितिको बैठकमा नेकपाका अर्का सांसद योगेश भट्टराईले डाक्टरलाई दुर्गममा नखटाउने वा सेवाअवधि घटाउनुपर्छ भन्ने प्रस्ताव डा. केसीको स्वाभाव र प्रकृतिविपरीत हुने भनाइ राखेका थिए ।

अधिकारीले पनि राज्यले लगानी गरेर निःशुल्क रूपमा डाक्टर तयार गरेबापत त्यति पनि प्रतिफल नआउने अवस्थामा राज्यको लगानीको अर्थ नहुने धारणा राखेका थिए । ‘सरकारको खर्चमा पढेर अमेरिका जान्छन्, झन्–झन् सेवा करार अवधि घटाउँदै लानुहुन्न,’ उनले भने ।
सोमबारको बैठकमा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले यो प्रावधानबारे चिकित्सकहरूले आपत्ति जनाउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयसँग परामर्श गर्नुपर्ने प्रस्ताव गरेका थिए । तदनुरूप नै संसदीय समितिकी सभापतिले स्वास्थ्य तथा जनसंख्यामन्त्रीसँग छलफल गरेपछि यकिन गर्ने तय भएको थापाले बताए ।

4 thoughts on “अब छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा २ र सुगममा १ वर्ष सेवा गर्नुपर्ने !

  1. अरे राख्नुहोस यार जिन्दगी भरीको बोन्ड, कमैया जसरी राख्नुस्, तपाईहरुको ऋण खरिएछ, २/३ वर्ष मेहनत गरेर छात्रवृत्ति। मा नाम निकालेर।। ४०/५० लाख तिर्न सक्ने हुन्थ्यो भने त त्यो बेला मै ४०/४५ लाख तिरेर पढिन्थ्यो नी।।

    करारमा पठाको रे, न तालीम न बिरामी हुँदा बिदा पाउँछ, साला आफ्नै घरमा बिहे छ, एकदिन बिदा मिलाउन मुश्किल, जहिले गोरु जसरी जोगिएर काम काम काम।।

    आफ्नै मुलुकमा जिन्दगीभर कमैया हुन भन्दा अर्को को मुलुकमा कामदार हुन ठीक।

  2. आफु हेल्थ मिनिस्टर हुँदा के के सम्म गरेर नपुगेर, अहिले नी पेल्नै छ, खग राज होकी ठग राज लाई।
    साढे ५ वर्ष कोर्स लाई साढे ६ मा पनि नसकिने बनाउने मुला अहिले बोन्ड बढाउने भन्दै हिडेछ।।

    खगे को नाम सुन्यो की नाम निस्केको १० महिना सम्म नी भर्ना हुन नपाउँदा भेट्न भनेर समय लिएर जाँदा “विद्यार्थी हरु सँग भेट्ने मेरो लेबल हैन, म मन्त्रि हु, विद्यार्थी हरुलाई भेटेर बस्छु, ” भनेको याद आउँछ।
    यस्ता गोबर पनि मन्त्री र संसद। इस।।

  3. नेताहरुमा देशको यत्रो लगानी छ। १००० गुणा बढि डाक्टर भन्दा। त्यसको बारेमा नि २-४ शब्द बोलम न नेता जी। भैंसी नदेख्ने जुम्रा देख्नेहरु।

  4. Afu kam nagari kursi ma vatta pachayera basne haru le kanun banaye pa6i yestai hn6,,tei vayera ta palayan hun6n Sabai dr haru,,,,bitrisna lag6,,,,goru jasari jotako 6 dinrat,,,35k ma,,,,bond gare bapat pg free garau Teso vaye ,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय