दम : समयमा उपचार नगर्नाले आजीवन औषधि


हिँड्दा, विभिन्न काम गर्दा तथा बस्दाबस्दै पनि स्याँ–स्याँ हुनुलाई दम भनिन्छ । दमका कारण श्वास–प्रश्वासमा असहज अवस्था सिर्जना हुने गर्छ । स्याँ–स्याँ छातीमा हुने भएकाले छातीसम्बन्धी सम्पूर्ण रोगलाई दम भन्ने गरिएको छ ।
दमका विभिन्न प्रकार हुन्छन् । जस्तै, सिओपिडी दम उमेर ढल्केका व्यक्तिमा हुने दमको प्रकार हो, जुन लामो समय धूमपान गर्ने व्यक्तिमा देखापर्ने गर्छ । त्यसैगरी, आस्थमा र एलर्जीका कारणले हुने दम कम उमेरका व्यक्तिमा हुने गर्छ । यस्तो दम कम उमेरका बालबालिकामा बढी हुने गर्छ, तर उमेर ढल्केकाहरूमा पनि यो दम हुन नसक्नेचाहिँ होइन ।

मुख्यतया दमका रोगीलाई दिइने औषधि इनेलर हो । यसमा पनि पाउडरबाट दिने इनेलर, मिटर डोज इनेलरलगायत विभिन्न प्रकार हुन्छन् । सिओपिडी, ब्रोन्किटेस्टी दमलाई भने तान्ने औषधि इनेलरका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । यो सबैभन्दा उत्तम तथा कम असर गर्ने प्रविधि हो ।

त्यसका साथै अन्य छातीसम्बन्धी रोगहरू, जस्तै, इन्डिस्ट्रिसिन लङ डिजिजका कारण पनि स्याँ–स्याँ हुने गर्छ । छातीमा विभिन्नप्रकारका संक्रमण भएर, जस्तै, टिभीका रोगीमा पनि स्याँ–स्याँ बढ्ने भएकाले त्यसलाई पनि दम भएको भन्ने गरिन्छ ।
सामान्य भाषामा स्याँ–स्याँ गराउने प्रक्रियालाई दमका रूपमा बुभm्नुपर्ने हुन्छ । यस्तो स्याँ–स्याँ गराउने कारण भने विभिन्न हुन सक्छन् । केही दीर्घकालीन रोग छन् भने केही छोटो समयमा आउने रोग छन् । निश्चित उमेर समूहका मानिसमा निश्चित प्रकारको दम पाइने गरेको छ । उदाहरणका लागि सिओपिडी दम ६० वर्ष उमेर कटेका मानिसमा लाग्ने गर्छ ।

कसरी थाहा पाउने दम भएको ?
मानिसले दैनिक रूपमा गर्दै आएको क्रियाकलापमा असहजता तथा कठिनाइ महसुस भयो भने दम लागेको शंका गर्न सकिन्छ । हिँड्दा तथा उकालो चढ्दा स्याँ–स्याँ महसुस भयो भने दम लागेको शंका गर्न सकिन्छ ।
दम लागेको व्यक्तिलाई पटक–पटक खोकी लागिरहने हुन्छ । सुरुवातको समयमा जुनसुकै दममा पनि परिश्रम बढी पर्ने काम गर्दा मात्रै स्याँ–स्याँ भएको महसुस हुन्छ । बिस्तारै सामान्य काममा पनि स्याँ–स्याँ महसुस हुँदै जान्छ । दम एकदमै अन्तिम अवस्थामा गएमा बस्दाबस्दै पनि स्याँ–स्याँ महसुस हुने गर्छ । यस्ता लक्षण देखापरेमा दमरोग विशेषज्ञकोमा गई विभिन्न जाँच गराउनुपर्ने हुन्छ ।
दमका दीर्घरोगीलाई चिसो समयमा भाइरललगायत अन्य संक्रमण बढी हुन सक्ने तथा चिसोयाममा हावामा प्रदूषणको मात्रा बढी हुने र चिसो हावाले एलर्जीलाई बढाउने भएकाले चिसो समयमा दमका रोगीको संख्या बढ्ने गर्छ । त्यसका कारण चिसो समयमा दमका रोगी र रोगीका हेरचाहकर्ताले विशेष ध्यान दिनुपर्ने हुन्छ ।

आस्थमा नामक दम भने पुरुषभन्दा महिलामा बढी हुने गर्छ । उनीहरूमा वंशानुगत कारणले नै यसप्रकारको दमको जोखिम बढी हुन्छ । विश्वका विभिन्न अनुसन्धानले पनि यो देखाएको छ ।

उपचारविधि
मुख्यतया दमका रोगीलाई दिइने औषधि इनेलर हो । यसमा पनि पाउडरबाट दिने इनेलर, मिटर डोज इनेलरलगायत विभिन्न प्रकार हुन्छन् । सिओपिडी, ब्रोन्किटेस्टी दमलाई भने तान्ने औषधि इनेलरका रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । यो सबैभन्दा उत्तम तथा कम असर गर्ने प्रविधि हो ।
केही दमको उपचारमा भने इनेलर प्रविधिको प्रयोग त्यति प्रभावकारी मानिँदैन । श्वास फेर्ने नलीमा रोकावट धेरै नभएको दममा यस्तो प्रविधिको प्रयोग त्यति प्रभावकारी मानिँदैन । त्यस्ता दमका रोगीलाई विभिन्न प्रकारका ट्याब्लेट औषधिमार्फत उपचार गराउनुपर्ने हुन्छ ।
उपचारपश्चात् दमलाई पूर्ण रूपमा निको पार्न सकिन्छ या सकिँदैन भन्ने कुरा दमको प्रकारमा निर्भर रहन्छ । जस्तै, सिओपिडी दम धेरै नै भएको छ भने त्यस्ता बिरामीले इनेलरको प्रयोग जीवनभर गर्नुपर्ने पनि हुन सक्छ । दम सुरु भएको लामो समयसम्म उपचार नगराउनेले पनि जीवनभरि नै उपचार गराउनुपर्ने हुन्छ ।
दम लागेको सुरुवातको समय छ भने उपचारका क्रममा आउँदा इनेलर प्रविधिको प्रयोगबाट केही समयमा निको हुन सक्छ । बिस्तारै घटाउँदै लगेर पछि त्यसको प्रयोग नगरे पनि हुन सक्ने अवस्था आउन सक्छ । तर, चिकित्सकको सल्लाहविना इनेलरको प्रयोग रोक्न भने हुँदैन । यस्तो गरेमा दम बल्झिने पनि हुन सक्छ । यसले फोक्सोमा विभिन्न प्रकारका दीर्घकालीन प्रभाव हुन सक्छ ।

के छ अवस्था ?
दम महिला वा पुरुष दुवैमा हुन सक्छ । अस्पतालमा उपचारका क्रममा आएका पुरुषमा दमरोग बढी पाइए पनि महिलामा पनि दम उत्तिकै रहेको आकलन छ । महिलाहरू उपचारका लागि थोरै मात्रै आउने गरेकाले पनि पुरुषमा दमको समस्या बढी देखिएको हुन सक्छ ।
गाउँघरमा धुवाँरहित चुल्होको प्रयोग नहुनुले पनि दम निम्त्याएको छ । अझै पनि गाउँ–गाउँमा महिलाको स्वास्थ्य क्षेत्रमा पहुँच नहुनाले पनि महिलामा दम कम भएजस्तो लागेको मात्रै हो ।
आस्थमा नामक दम भने पुरुषभन्दा महिलामा बढी हुने गर्छ । उनीहरूमा वंशानुगत कारणले नै यसप्रकारको दमको जोखिम बढी हुन्छ । विश्वका विभिन्न अनुसन्धानले पनि यो देखाएको छ । महिलाले पुरुषको तुलनामा शारीरिक रूपमा परिश्रम पर्ने काम धेरै गर्नुपर्ने नभएका कारण पनि यस्तो प्रकारको दमको जोखिम महिलामा बढी हुने गरेको हो । औषधिको प्रयोग गर्न डराउने भएका कारणले पनि दिनानुदिन दमका रोगी बढ्दै गएका हुन् ।

कसरी बच्ने ?
– धूमपान तथा मद्यपान नगर्ने ।
– वायु प्रदूषणबाट बच्न धुवाँ–धुलोमा जाँदा माक्र्सको प्रयोग गर्ने ।
– गाउँघरमा धुवाँरहित चुल्होको प्रयोगलाई बढावा दिने ।
– सकेसम्म चिसोबाट बच्ने ।
– कलकारखानामा काम गर्ने मानिसले राम्रोखालको माक्र्सको प्रयोग गर्ने ।
– विभिन्न प्रकारका रसायनसँग नजिक हुनुपर्ने मानिसले सुरक्षाका उपायहरू अपनाउने ।

(हेल्थपोस्टकी लक्ष्मी चौलागाईंसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय