फेवासिटी अस्पतालमा गुरुङ

हेल्थपोस्ट
प्रकाशित
२०७५ पुष ९ गते १०:१४

पोखराको नागढुंगास्थित फेवासिटी हस्पिटल प्रालिको अध्यक्षमा चेतबहादुर गुरुङ निर्वाचित भएका छन् । अस्पतालको १९औँ साधारणसभा तथा सातौँ अधिवेशनले गुरुङको नेतृत्वमा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको सदस्यहरूमा प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठ, डा. ध्रुवबहादुर अधिकारी, डा. सुरेश थापा, डा. जयबहादुर खत्री, दिनेशबाबु खड्का र सर्वजित अधिकारी छन् । नवनिर्वाचित समितिलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा र निवर्तमान अध्यक्ष डा. भोजराज न्यौपानेले बधाई ज्ञापन गरेका थिए ।

अधिवक्ता कमलप्रसाद अर्याल संयोजक रहेको निर्वाचन समितिले नयाँ समिति निर्माणमा सहजीकरण गरेको थियो । नवनिर्वाचित अध्यक्ष गुरुङले अस्पतालमा विभिन्न विभाग थप गरी दिउँसो ओपिडी सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता गरे ।
२०५७ सालमा स्थापित फेवासिटी १ सय बेड क्षमताको छ । अस्पतालले आफ्नै नर्सिङ कलेज ‘फेवासिटी इन्स्टिच्युट अफ मेडिकल साइन्स’ पनि सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय