सञ्चालन खर्च धान्न धौधौ छ, सरकार भन्छ– ५ सय शय्याको रेफरल अस्पताल

५ असोजमा भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त हुँदा प्रा.डा. कृष्णप्रसाद पौडेल निकै उत्साहित देखिन्थे । मेसुमा नियुक्तिलगत्तै उनले सञ्चारकर्मीसँग अस्पतालको भावी योजना बुँदागत रूपमा राखेका थिए । भरतपुर अस्पताललाई देशकै नमुना सरकारी अस्पताल बनाउने उनको पहिलो लक्ष्य थियो । तर, अहिले अस्पतालको भौतिक संरचना रल्याबको सेवा विस्तार गर्न नपाएकोमा उनी चिन्तित छन् ।
‘प्रदेश सरकारले भरतपुर अस्पताललाई ५ करोड रुपैयाँ पठाएको छ । यो रकमले चिकित्सक तथा कर्मचारीलाई तलब खुवाउन पनि पुग्दैन,’ बुधबार भरतपुर अस्पतालले गरेको अन्तरक्रियामा प्रा.डा. पौडेलले भनेका थिए, ‘चिकित्सक तथा कर्मचरीका लागि ६ करोड चाहिन्छ । यसरी अस्पतालको विकास कसरी गर्न सकिन्छ?’
भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको हजार शय्याको शिक्षण अस्पतालका रूपमा विकास गर्ने योजना छ । यो लक्ष्य तत्कालीन अस्पताल विकास समितिले पनि राखेको थियो । दैनिक १हजार ५ सयभन्दा बढी बिरामी आउने अस्पतालमा सञ्चालन खर्चसमेत पर्याप्तन आउँदा विकासले गति लिन नसकेको उनले बताए । अहिले बिरामीको अत्यधिक चापका कारण अस्पतालमा घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता छ । यतिखेर भिड कम गर्नु पनि अस्पतालसामु चुनौती छ ।

मन्त्रिपरिषद् बैठकले भरतपुर अस्पताललाई ५ सय शय्याको रेफरल अस्पताल बनाउने निर्णय गरेको छ । यो भनेको अति विशिष्ट उपचार सेवा उपलब्ध अस्पताल बनाउने हो । तर, बजेट भने नआएको प्रा.डा. पौडेलको भनाइ छ ।

भरतपुर अस्पताल केन्द्र सरकारमातहत रहने कि प्रदेश सरकारअन्तर्गत रहने भन्ने अन्योलका कारण पनि रकम निकासा हुन नसकेको उनले बताए ।‘६ सय शय्याको भरतपुरजस्तो ठूला अस्पताल संघीय सरकार मातहत जाने निर्णय भएको थियो । तर, अहिलेसम्म निर्णय नभएपछि बजेट आउन सकेको छैन,’ भरतपुर अस्पताललाई नमुना अस्पताल बनाउने लक्ष्य राखेका प्रा.डा. पौडेलले भने, ‘सरकारी अन्योलका कारण हामीले काम गर्न सकेका छैनौँ ।’ उनले यसवर्ष अस्पतालको विकासका लािग ४० करोड रुपैयाँ माग गरेको बताए ।

मन्त्रिपरिषद् बैठकले भरतपुर अस्पताललाई ५ सय शय्याको रेफरल अस्पताल बनाउने निर्णय गरेको छ । यो भनेको अति विशिष्ट उपचार सेवा उपलब्ध अस्पताल बनाउने हो । तर, बजेट भने नआएको प्रा.डा. पौडेलको भनाइ छ । हाल अस्पताल विकास समितिमार्फत ३ सय शय्यामा सञ्चालित छ । विकास समितिमार्फत सञ्चलित सेवाबाट उठेको शुल्कले अस्पताल सञ्चालन खर्च धानिरहेको उनले जानकारी दिए ।

‘अस्पतालमा बिजुली खर्च मात्र प्रतिमहिना २८ लाख रुपैयाँभन्दा बढी आउँछ । केही उपकरण बिग्रिए मर्मत गर्न गाह्रो हुने अवस्था छ । सामान्य सञ्चालन खर्चदेखि एमआरआई मेसिन किन्नुपर्नेसम्मको दायित्व छ । बच्चाका लागि पिआइसियू बनाउनु छ । यी सबका लागि खर्च माग गरेका छौँ, तर सञ्चालन खर्चसमेत नपुग्ने बजेट आउँछ,’ असीमित आवश्यकता र सीमित स्रोत–साधनबीचको खाडल देखाउँदै उनले भने, ‘यही अवस्थामा यहाँको विकास गर्न कठिन छ ।’

अस्पतालमा बिरामीको चाप बढी भएकाले सामान्य बजेटले खर्च नधान्ने उनले बताए । ‘अस्पतालमा बिजुली खर्च मात्र प्रतिमहिना २८ लाख रुपैयाँभन्दा बढी आउँछ । केही उपकरण बिग्रिए मर्मत गर्न गाह्रो हुने अवस्था छ । सामान्य सञ्चालन खर्चदेखि एमआरआई मेसिन किन्नुपर्नेसम्मको दायित्व छ । बच्चाका लागि पिआइसियू बनाउनु छ । यी सबका लागि खर्च माग गरेका छौँ, तर सञ्चालन खर्चसमेत नपुग्ने बजेट आउँछ,’ असीमित आवश्यकता र सीमित स्रोत–साधनबीचको खाडल देखाउँदै उनले भने, ‘यही अवस्थामा यहाँको विकास गर्न कठिन छ ।’

भरतपुर अस्पताल जिल्लास्तरको नभई केन्द्रीयस्तरको अस्पतालका रूपमा विकास भइरहेको छ । पौडेलले यस अस्पताललाई गुणस्तरीय सरकारी मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएका छन् । यस अभियानमा भर्खरै अस्पताल सञ्चालक समितिको अध्यक्षमा नियुक्त खिमलाल भण्डारीले सहयोग गर्ने बताएका छन् । ‘म भरतपुर अस्पतालको विकास गर्न आएको छु । यसका लागि सबै नागरिक समाजको साथ चाहिन्छ,’ अन्तरक्रिया कार्यक्रममा भण्डारीले भने, ‘यहाँको विकास लागि बजेट माग्न प्रदेशदेखि केन्द्र सरकारसम्म पहल गर्छु ।’

नागरिक समाज समिति गठन
यसैबीच, भरतपुर अस्पतालले नागरिक समाज समिति गठन गरेको छ । अस्पतालसँग सहकार्य गर्ने उद्देश्यले अस्पतालले स्थानीय टोल विकास समिति तथा विभिन्न गैरसरकारी संस्थालाई समेटेर नागरिक समाज समिति गठन गरेको हो । चितवन उद्योग संघलाई समितिको संयोजक बनाइएको मेसु प्रा.डा. पौडेलले जानकारी दिए ।
यसैगरी सदस्यहरूमा उद्योग वाणिज्य संघ चितवन, गैरसरकारी संस्था समन्वय समिति महासंघ चितवन, भ्रष्टाचार विरुद्धको अभियान चितवन, सहभागी संस्था, आइसिएमसी र भरतपुर अस्पताल नजिकका टोल सुधार समितिलाई समेटिएको छ । समितिको सदस्य–सचिव भरतपुर अस्पतालको सामाजिक एकाइलाई तोकिएको छ ।
अस्पतालको विकासमा सहज हुने भएकाले नागरिक समाज गठन गरिएको मेसु पौडेलले बताए । अस्पतालभित्र हुने अनियमिततालाई औँल्याई सल्लाह–सुझाब दिने गरी समिति गठन गरिएको हो ।

नागरिक अगुवाको गुनासोः सेवा सर्वसुलभ भएन
उता, नागरिक अगुवाहरूले भरतपुर अस्पतालले सर्वसुलभ रूपमा अझै पनि उपचार दिन नसकेको गुनासो गरेका छन् । उनीहरूले उपचारका क्रममा बिरामीले टिकट तथा ल्याबको रिपोर्ट लिनदेखि औषधि किन्नसमेत लामो समय लाइनमा बस्नुपर्ने बाध्यता यथावत् रहेको बताएका छन् । अहिले भरतपुर अस्पतालमा आएका दुर्घटनाका बिरामीलाई पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा रेफर गर्ने क्रम बढेको उनीहरूको आरोप छ ।
अस्पतालका सञ्चालक समिति अध्यक्ष खिमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा उद्योग–वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, आदर्श गृहकी अध्यक्ष मीना खरेल, पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष हरिप्रसाद पोख्रेललगायतले धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय