चिकित्सक र स्वास्थ्यसंस्था भ्याटमा दर्ता हुनुपर्ने नियम खारेज गर्न संघको माग

नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा बिरामीबाट उठाइने ५ प्रतिशत कर हटाइसकिएको अवस्थामा चिकित्सक र स्वास्थ्यसंस्थाले भ्याटमा दर्ता हुनुपर्ने नियम अवैज्ञानिक रहेको भन्दै खारेजीको माग गरेको छ ।  संघले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागसँगसमेत छलफल गरेर समाधानकाे माग गरे पनि कुनै पनि निकास नआएको भन्दै शुक्रबार छलफलपछि फेरि सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।

संघका महासचिव डा. लोचन कार्कीका अनुसार शुक्रबार संघ कार्यकारिणी समितिसहित विभिन्न विशेषज्ञ समाजका अध्यक्ष, महासचिव, एफिनका पदाधिकारी, अस्पतालका निर्देशक तथा अन्य वरिष्ठ चिकित्सकको बृहत् उपस्थितिमा छलफल गरिएको थियो । छलफलबाट विद्यमान करप्रणालीले स्वास्थ्यसेवाग्राही, अस्पताल र चिकित्सकलाई नकारात्मक प्रभाव पार्ने देखिएपछि सार्वजनिक रुपमा सरकारको ध्यानाकर्षण गराएको डा. कार्कीले बताए ।

संघले भ्याट ऐन २०५२ को दफा ५ को उपदफा (३) को अनुसूची १ को समूह ५ मा स्वास्थ्य सेवामा भ्याट छुट गरिने भनी उल्लेख भएको तथा नेपाल सरकारले प्रस्तुत गरेको बजेट भाषणमा स्वास्थ्य क्षेत्रमा बिरामीबाट उठाइने ५ प्रतिशत अतिरिक्त स्वास्थ्यसेवा कर हटाइसकिएको जनाएको छ ।

यस्तो अवस्थामा चिकित्सक तथा स्वास्थ्यसंस्थाले भ्याटमा दर्ता हुनुपर्ने नियम अवैज्ञानिक रहेको र यसले स्वास्थ्य क्षेत्रमा अन्याेलको वातावरण सिर्जना गरेको नेपाल चिकित्सक संघको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय