के चिसो लागेका वेला ‘कमनकोल्ड’मा व्यायाम गर्नु उपयुक्त छ ?

हेल्थपोस्ट
प्रकाशित
२०७५ पुष ५ गते ९:१४

तपाईं नियमित व्यायाम गर्नुहुन्छ र कुनै वेला चिसो मौसममा रुघाखोकीले सताएको छ, त्यतिवेला पक्कै मनमा प्रश्न उठ्नेछ– व्यायामलाई निरन्तरता दिऊँ कि नदिऊँ ?
मर्निङवाक, साल्सा डान्स, जिम, कार्डियो, जुम्बा, एरोबिकजस्ता व्यायामले दिने इनर्जीले तपाईंको दैनिकी सहज हुने भए पनि यदि तपाईंको नाकबाट पानी बगिरहेको छ या खोकी लागिरहेको छ भने व्यायाम नियमित गर्नु त्यति राम्रो आइडिया भने होइन । महत्वपूर्ण कुरा के हो भने नियमित व्यायामका वेला तपाईंले अत्यन्तै सहज महसुस गर्नु जरुरी छ ।

कमनकोल्ड र व्यायाम
अनुसन्धानले प्रमाणित गरेको छ कि– चिसोका भाइरसबाट प्रभावित भएका वेला सामान्यतया व्यायाम गर्दा केही फरक पर्दैन । यो सुरक्षित नै हुन्छ । नर्थसोर युनिभर्सिटी हेल्थ सिस्टम इन सिकागोका अनुसार तपाईंको शरीर कमनकोल्डसँग लडिरहेका वेला व्यायामका वेला शरीरले गर्ने प्रतिक्रियामा खासै फरक पर्दैन । अध्ययनका केही सहभागीले त कमनकोल्ड भएका वेला व्यायाम गर्दा झन् सहज हुने बताएका थिए । तर, व्यायाम गर्दा छिटो निको हुने भने होइन ।
तपाईंलाई अन्य स्वास्थ्य समस्या छैन भने फ्लु अर्थात् कमनकोल्डको समयमा व्यायाम गर्दा अन्य जटिलता आउँदैन । तर, तपाईंलाई दम, मुटुरोग तथा अन्य रोग छ भने पहिले चिकित्सकसँग परीक्षण गराउनुहोस्, किनकि व्यायाम गर्दा ती रोगहरूलाई हानि गर्न सक्छ ।
मध्यमखालको व्यायामले तपाईंको लक्षणलाई अझ खराब त बनाउँदैन, तर छिटो निको हुन पनि सघाउँदैन ।

कतिवेला तपाईं चिसोमा पनि व्यायाम गर्न सक्नुहुन्छ त ?
जब तपाईं बिरामी पर्नुहुन्छ, मुख्य कुरा आफ्नो शरीरको आवाज सुन्नुहोस् ।
यी अवस्थामा तपाईं व्यायाम गर्न सक्नुहुन्छ–
– तपाईं इनर्जी प्राप्त गर्न चाहनुहुन्छ ।
– चिसोको लक्षण न्यून मात्र छ, जस्तै, छ्युँ–छ्युँ आउने र नाकबाट हल्का मात्र बगिरहेको छ ।
– २४ घण्टादेखि तपाईं ज्वरोमुक्त हुनुहुन्छ ।

कतिवेला व्यायाम गर्नुहुँदैन
– ज्वरो आइरहेको छ ।
– शरीर दुखिरहेको छ ।
– खोकी लागिरहेको छ ।
– फ्लुको लक्षण छ, जस्तै, वान्ता, डायरिया अर्थात् छालामा र्यासेस देखिएको छ ।
– चिसो लाग्नुका साथै दम, मुटुरोगजस्ता क्रोनिक समस्या छन् ।

यदि तपाईंले चिसो पचाइरहनुभएको छ भने पनि सत्य त्यसको उल्टो हुन्छ । यी अवस्थामा पचाएर तपाईंलाई चिसो निको हुँदैन । आराम, न्यानोमा बस्नुका साथै प्रशस्त झोलिलो खानेकुरा खानु निको हुने उत्तम उपाय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय