स्वास्थ्यमा संघीयता कार्यान्वयन : ‘पौडिन सिकाएर समातेर राख्नुजस्तै’

संघीयता कार्यान्वयनका सन्दर्भमा परीक्षा लिने हो भने हामी फेल हुने अवस्था छ । स्थानीय तह र प्रदेशमा कर्मचारी खटाइएको त छ, तर ती कर्मचारीलाई त्यही तहका लागि भनेर पठाइएको अवस्था छैन ।
संघीयताको मर्मअनुसार कुन–कुन संस्था र तहको के जिम्मेवारी हो भनेर पूर्ण रूपमा हस्तान्तरण भएको सोहीअनुसार काम थालेको अवस्था हैन । हेल्थ असिस्टेन्टहरूले पालिकाको संयोजक भएर काम गरिरहनुपरेको छ ।

केटाकेटीको खेलमा हार्न थालेपछि फेरि खेलौँ भनेझैँ अब स्थानीय तहले सकेनन् फेरि केन्द्रमै अधिकार फर्काउनुपर्छ भन्न मिल्दैन ।

संघीयता कार्यान्वयनकै क्रममा छ । तर, पूरै कार्यान्वयन हुन नदिई वा तोकिएका निकाय र तहले जिम्मेवारी वहन गर्न नपाईकनै अहिले फेरि यसमा सच्याउनुपर्छ भन्ने बहस उठिरहेको छ । केटाकेटीको खेलजस्तो भयो संघीयता कार्यान्वयन । केटाकेटीको खेलमा हार्न थालेपछि फेरि खेलौँ भनेझैँ अब स्थानीय तहले सकेनन् फेरि केन्द्रमै अधिकार फर्काउनुपर्छ भन्न मिल्दैन ।
यसअघि स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यकेन्द्र, अस्पतालहरूले आधारभूत स्वास्थ्यसेवा प्रदान गर्दै आएका थिए, जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयहरूले समन्वयको काम गर्दै आएका थिए । अहिले यो संरचना पनि ब्रेक भएको छ, नयाँ संरचनाअनुसार काम गर्न पनि दिइएको छैन ।
हेल्थपोस्टहरूले कामै गरेका छैनन् । धनुषाको एउटा उदाहरण दिन्छु, साउनदेखि धनुषाका बालबालिकाले बिसिजी खोप पाएका छैनन् । यो वास्तविकता हो । अफिस छ, जनशक्ति छ, काम गर्नचाँहि केले रोकेको छ त ?

अहिले अधिकार स्थानीय तहमा गइसकेको अवस्थामा काम गर्न नदिनु भनेको पौडिन सिकाएको मान्छेलाई समातेर राख्नुजस्तै हो । शंका नगरौँ, काम गर्न दिऔँ, दोधारमा नराखौँ । ‘आलु किनेर ल्याऊ’ भनेर पठाएपछि पटक–पटक बोलाएर बोलाएर २ केजी किन, रातो आलु लिएर आऊ भनेजस्तै भएको छ ।

तिनीहरूलाई काम गर्न दिऔँ । अहिले अधिकार स्थानीय तहमा गइसकेको अवस्थामा काम गर्न नदिनु भनेको पौडिन सिकाएको मान्छेलाई समातेर राख्नुजस्तै हो । शंका नगरौँ, काम गर्न दिऔँ, दोधारमा नराखौँ । ‘आलु किनेर ल्याऊ’ भनेर पठाएपछि पटक–पटक बोलाएर बोलाएर २ केजी किन, रातो आलु लिएर आऊ भनेजस्तै भएको छ ।
म अर्को उदाहरण दिन्छु, हुम्लाको गाउँपालिकास्थित हेल्थपोस्टमा एक तला थपिसकियो, तर पहिलो तला बनाउँदा अनुमति लिएको छैन भनेर अल्झिरहेको अवस्था छ ।
संघीयतालाई अवसरका रूपमा हेरिएन । अब १२ सय वडामा नयाँ स्वास्थ्यसंस्था बन्दै छन्, प्रदेश तहमा अस्पताल बन्छन्, प्रत्येक गाउँपालिकामा १५ बेडको अस्पताल बन्छन् । १० हजार बेड थपिन्छन् । के यो अवसर होइन ? किन संघीयतालाई अवसरका रूपमा लिन नसकेको ?
म जन्मिँदा नेपालीको औसत आयु ४३ वर्ष थियो, अहिले ७१ वर्ष छ । म अहिले बोनसमा पाएको आयु बाँच्दै छु, अहिलेसम्म भएको विकासले यो अवस्था ल्याएको होइन ? जिल्लामा यसअघि रहेको संरचना, समन्वय गाउँपालिकाले गर्छ भने के बिग्रन्छ ?
म अर्को उदाहरण दिन्छु, गाउँमा एकजनाको छोराको विवाह थियो । छिमेकीले सबै कुरामा साथ दिए, निम्ता कार्ड छाप्न, बाँढ्न, विवाहको तयारी गर्न सबै सघाए । तर, विवाहमा उनी स्वयम् भने आएनन् । तपाईं यति धेरै सहयोग गरेर पनि विवाहमा किन आउनुभएन ? भनेर सोध्दा त मलाई निम्ता नै आएन पो भन्छन् । ठिक यस्तै भएको छ अहिले ।
संघीयता सबै हामीले ल्याएका होइनौँ र ? अहिले हामीले स्थानीय सरकारलाई शंका गर्ने होइन, चाहिएको अवस्थामा प्राविधिक सहयोग दिने, क्षमता बढाउन सघाउने मात्रै हो । संघीयताले धेरै सम्भावना, अवसर सिर्जना गरेको छ । हामीले २ बजेपछि स्वास्थ्यसंस्था खोल्ने निर्णय गर्दा प्रतिरोध भयो । अहिले स्थानीय सरकारले त्यस्तो निर्णय गर्दा कसले रोक्न सक्छ ? कहीँकतै समस्या छ जस्तो लाग्दैन । संघीयतालाई अवसरका रूपमा लिएर स्थानीय र प्रदेश सरकारलाई काम गर्न दिऔँ ।

(स्वास्थ्य मन्त्रालयको राष्ट्रिय वार्षिक समीक्षामा व्यक्त विचारमा आधारित)

5 thoughts on “स्वास्थ्यमा संघीयता कार्यान्वयन : ‘पौडिन सिकाएर समातेर राख्नुजस्तै’

  1. अरु सबै ठिक, पालिकाका संयोजक हेल्थ असिस्टेण्ट मात्रै छैनन ।महानिर्देशक ज्यूलाई जानकारिको लागि अनुरोध ।

  2. हेल्थपोष्ट्ले कामै गरेनन भन्नू भएछ महानिर्देशक ज्यु ले।कस्ले दिएको प्रतिवेदनको आधारमा समिक्षा हुदै रहेछ अहिले ।जे होस उहाँलाई सम्पुर्ण हेल्थपोष्ट को तर्फबाट बधाई ।

  3. लोहनी सरकोअनुभव संघियता कार्यान्वयनमा उपयोगी छ। संघियता कार्यान्वयन गर्ने अभियानमा मर्यादित पेशा बाट काखा र पाखा(out of perimeter)गर्ने अभ्यासले महा निर्देशक पद दुरूपयोग भएको छ।

  4. स्वास्थ्य चौकीले काम नगरेका भए अहिले यी स्वास्थ्यका सुचकहरु कसरी सुधार भए ? स्वास्थ्य चौकीका कर्मचारीहरूले काम गरेर अहिले तपाइँहरू देश बिदेश घुम्न पाउनु भएको छ र बिदेशमा गएर तपाइँहरूले फुर्ति लगाउन भएको छ अनि अहिले उनिहरुलाई नै दोष लगाउन अलिकति पनि सोच्नु भएन महा निर्देशक ज्यु ?

  5. डा . गु. लोहनिज्यु ! समायोजनको दरबन्दि तेरिजमा पनि एउटा रमाइलो उदाहरण अाएछ रे नि । अाइ ए पास वाला छोरा अाए पछि बाउलाई ए अनपढ बुढा एस एल सि पढेसि अाई ए पढ्नु छैन अामासंग लभ गरिस् अब त म बरिष्ठ हो मेरो हातबाट टीका अाशिर्बाद लिऊ भन्यास्त‍ो बनाए छ त। तेस्का अामा संग लभ गरेदेखि बच्चा जन्मिई पढी अाई ए पास गरि त्यो बिचमा बाउको संघर्ष; योगदान; लगाब; अनुभव अनि विभिन्न समयमा विभिन्न क्षेत्र बाट पाएका उपाधिहरुको कुनै अर्थ हुँदैन ???????????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय