कुकुरले खाइदियो पाँचमहिने शिशुको पिसाब फेर्ने अंग, दुर्लभ घटना : चिकित्सक… (भिडियो रिपोर्टसहित)

वसन्त ढुंगाना
प्रकाशित
२०७५ पुष ३ गते २०:१४

गाउँघरमा प्रायः व्यस्त आमाहरू शिशुलाई एक्लै घरमा छाडेर काममा निस्कने गर्छन् । शिशुलाई एक्लै घरमा छोडर हिँड्दा गम्भीर दुर्घटना पनि हुन सक्छ । शिशुलाई आँगनमा सुताएर काममा निस्कँदा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ चापटोलकी सुजाता चेपाङको परिवारलाई यतिखेर ठूलो समस्या आइपरेको छ । बच्चालाई एक्लै छाड्दा उनको पाँचमहिने छोराको लिंग गुमेको छ । आँगनमा सुताएर आमा पानी लिन गएका वेला घरमै पालेको कुकुरले शिशुको लिंग खाइदिएको हो ।
‘श्रीमान् बजार काममा जानुभएको थियो । घरमा खानेपानी थिएन । बच्चालाई आँगनमा सुताएर पानी लिन गएकी थिएँ,’ चेपाङले भनिन्, ‘आउँदा कुकुरले बच्चाको पिसाबफेर्ने अंग नै खाइसकेको थियो ।’ चेपाङकी पाँच वर्षीया छोरी पनि छिन् ।
मंसिर २८ गते दिउँसो घरमै पालेको दुई महिनाको कुकुरले शिशुको लिंगको अधिकांश भाग खाइदिएको

छ । चेपाङले पहिलेदेखि नै कुकुर पाल्दै आएकी थिइन् । ‘शिशुलाई अस्पताल ल्याइपुयाउने समयमा पिसाबनलीसमेत देखिएको थिएन,’ पुरानो मेडिकल कलेज भरतपुरका युरोलोजिस्ट विभागका प्रमुख डा. सुदीपराज केसीले भने, ‘हामीकहाँ आँगनमा सुताएको समयमा बच्चाको पिसाबनली कुकुरले खाइदियो भनेर ल्याउनुभएको थियो । हामीले हेर्दा सिसाबनलीको माथिल्लो भाग थिएन । बाँकी भाग छालाले मात्र छोपेको थियो ।’
लिंगमा धेरै भास्केरेडी हुने भएकाले धेरै रगत बग्ने गर्छ । समयमा बच्चाको रगत रोकिएकाले उपचार गर्न केही सहज भएको डा. केसीले बताए । ‘सानो बच्चाको रगत कम हुन्छ । रगत बगे पनि मकवानपुरबाट तीन घण्टा हिँडेर जानुपर्ने ठाउँबाट हिँडेर आउनुभएको रहेछ । तर, यहाँ आउँदा रगत रोकिएछ,’ उनले भने, ‘हामीले तुरुन्तै उपचार गर्यौँ ।’ समयमै उपचार हुन पाएकाले बच्चाको ज्यान जोगिएको उनले बताए ।

‘बच्चाको प्रजननमा त समस्या नआउला । अहिले अप्रेसन राम्रो भएको छ । तर, बच्चालाई ठूलो भएपछि फेस हुन गाह्रो हुन सक्छ । हामीले बनाएको पिसाबको नली साँघुरो भएर पिसाब फेर्न अप्ठ्यारो हुन सक्छ । यौनसम्पर्कको समयमा पनि त्यति सन्तुष्टि नमिल्न सक्छ,’ डा. तिमिल्सिनाले भने, ‘बच्चाको मनोविज्ञानमा पनि असर पर्न सक्छ ।’ तर, अहिले नै डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।

भरतपुर अस्पतालले रिफर गरेपछि शिशुलाई पुरानो मेडिकल कलेजमा राखेर उपचार गरिएको छ । मेडिकल कलेजका चारजना चिकित्सकको टोलीले पिसाबनलीको सफल शल्यक्रिया गरेको हो । ‘हाम्रो चिकित्सकको टोलीले बच्चाका प्रजनन र पिसाबनलीको अप्रेसन ग-यौँ । अहिले बच्चाले पिसाब पनि गरेको छ । प्रजनननलीको शल्यक्रिया पनि राम्रै भएको छ,’ उनले भने, ‘अहिले बच्चालाई रेबिजविरुद्धको सुई लगाएका छौँ । बच्चा स्वस्थ छ ।’ अहिलेसम्म यस्तो किसिमको उपचार नगरेको डा. केसीले बताए । उनका अनुसार विश्वमै नौलो घटना भएको हो ।
बच्चाको पिसाबनलीबाट पिसाब पनि भएको छ । तर, पछि गएर प्रजनन स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावना रहेको बताउँछन्, उपचारमा संलग्न डा. भूषणराज तिमिल्सिना । ‘बच्चाको प्रजननमा त समस्या नआउला । अहिले अप्रेसन राम्रो भएको छ । तर, बच्चालाई ठूलो भएपछि फेस हुन गाह्रो हुन सक्छ । हामीले बनाएको पिसाबको नली साँघुरो भएर पिसाब फेर्न अप्ठ्यारो हुन सक्छ । यौनसम्पर्कको समयमा पनि त्यति सन्तुष्टि नमिल्न सक्छ,’ डा. तिमिल्सिनाले भने, ‘बच्चाको मनोविज्ञानमा पनि असर पर्न सक्छ ।’ तर, अहिले नै डराउनुपर्ने अवस्था नरहेको उनले बताए ।
अभिभावकले आफ्ना बच्चालाई हेरचाहमा सावधानी नअपनाउने हो भने यस्ता दुर्घटना फेरि पनि दोहोरिन सक्ने भन्दै बच्चालाई एक्लै नछोड्न उनले आग्रह गरे । जनावर पाल्दा पनि विशेष ख्याल गर्नुपर्ने धारणा उनको छ ।

 

One thought on “कुकुरले खाइदियो पाँचमहिने शिशुको पिसाब फेर्ने अंग, दुर्लभ घटना : चिकित्सक… (भिडियो रिपोर्टसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय