रोग होइन महिनावारी सुक्नु अर्थात् रजोनिवृत्ति

‘मेरो महिनावारी सुकेका (रजोनिवृत्ति) ३ वर्ष भयो । त्यसपछिका दिनमा मेरो शरीर तथा मनमा समस्या देखिएको छैन । मैले त यस अवस्थालाई सामान्यरुपमा लिएकी छु । म महिला समूहसँग पनि काम गर्छु, अहिलेसम्म महिलाको रजोनिवृत्तिमा समस्या पाएको छैन ।’
‘मेरो महिनावारी सुकेको ४वर्ष भयो । मलाई ढुक्क पो भएको छ । मलाई कुनै समस्या नै भएन ।’ साथीहरूले भनेको सम्झना छ ।

रजोनिवृत्तिरोग होइन, उमेर बढ्दै जाँदा महिलामा आउने स्वाभाविक परिवर्तन हो । कसैकसैलाई मात्र समस्या पर्दा परामर्श र कहिलेकाहीँ मात्र औषधि चाहिन्छ ।

मेरो कुरा सुनेपछि विशेषज्ञले भनिन्, ‘हाम्रो किताबमा नै त्यही लेखिएको छ । मैले तपाईंभन्दा धेरै पढेकी छु ।’ हो, स्त्रीरोग विशेषज्ञ भएकाले उनीमभन्दा धेरै जानकार अवश्य थिइन् । तर, महिलाका प्राकृतिक अवस्थालाई पनि रोग मानेर औषधि गर्नुपर्छ भन्ने कुरामा म सहमत भइनँ ।

केही हप्ताअघि काठमाडौंमा स्त्रीरोग विशेषज्ञहरूको सम्मेलन भएको थियो । म स्त्रीरोग विशेषज्ञ नभए पनि त्यहाँका वैज्ञानिक कार्यपत्रहरू सुन्ने उत्सुकताले सम्मेलनमा गएकी थिएँ । एक स्त्रीरोग विशेषज्ञले रजोनिवृत्तिबारे कार्यपत्र प्रस्तुत गरिन् । त्यस कार्यपत्रमा ‘रजोनिवृत्ति एक समस्या वा रोग हो र यस्तोवेलामायस्तो–यस्तो औषधि प्रयोग गर्नुपर्छ’ भनेर प्रस्तुत गरिन् । कार्यपत्र सकिएपछि मैले भनेँ, ‘महिनावारी सुरु हुनु रोग होइन, समस्या होइन भने महिनावारी सुक्नु (रजोनिवृत्तिहुनु) कसरी समस्याहो ? मेरी आमा र काकीहरू ७०–८० वर्ष भइसकेका छन् ।

मैले उनीहरूलाई महिनावारी सुक्दा केही समस्या भयो किभनेर सोध्दा ‘केही भएन’ भन्नुभयो । म आफैँ केही महिनापछि ६० वर्षकी हुँदैछु । १५ वर्षअघि मेरो महिनावारी सुक्दा केही भएन । अहिलेसम्मलाई क्याल्सियम, भिटामिन डी खानु परेको छैन । मैले हरेक पटक गाउँमा जाँदा ५० वर्ष काटिसकेका महिलालाई उनीहरूलाई महिनावारी सुक्दा केही समस्या भयो कि भनेर सोध्छु । तर, महिनावारी सुकेकै कारणले समस्या भएको महिला प्रायः कमै भेटिन्छन् । पाठेघर झिकिएको महिलालाई भने केही समस्या हुन सक्छ । त्यसैले रजोनिवृत्तिलाई रोग वा समस्या भनेर व्यवहार गरिनु हुँदैन ।’
मेरो कुरा सुनेपछि विशेषज्ञले भनिन्, ‘हाम्रो किताबमा नै त्यही लेखिएको छ । मैले तपाईंभन्दा धेरै पढेकी छु ।’
हो, स्त्रीरोग विशेषज्ञ भएकाले उनीमभन्दा धेरै जानकार अवश्य थिइन् । तर, महिलाका प्राकृतिक अवस्थालाई पनि रोग मानेर औषधि गर्नुपर्छ भन्ने कुरामा म सहमत भइनँ ।
अहिले नेपाली महिलाको सरदर आयु बढेको छ । महिनावारी सुकेपछि पनि धेरै वर्षसम्म महिलाहरू बाँच्छन् । त्यसैले रजस्वला सुरु हुँदा जसरी किशोरीले स्वास्थ्यबारे ध्यान दिनुपर्छ, रजोनिवृत्ति भइसकेका महिलाले पनि स्वास्थ्यबारे ध्यान दिनुपर्ने विषयमा जनचेतना जगाउने कार्यक्रम गर्नुपर्छ, तर रोग भनेर होइन ।

चुरोट र सुर्ती प्रयोग गर्ने महिलालाई यस्तो समस्या बढी हुने गरेको पाइएको छ ।

अमेरिकाबाट प्रकाशित एक किताब ‘द बोस्टन बुमेन्स हेल्थ बुक कलेक्टिभ’मा रजोनिवृत्तिबारे लेखिएको छ । ‘केही औषधि कम्पनीले रजोनिवृत्तिलाई हर्मोनको कमीको समस्या मानेर मधुमेह वा थाइराइडको जस्तै उपचार गर्नुपर्छ भन्ने जानकारी प्रकाशित गरिरहन्छन् । यदि रजोनिवृत्तिको उपचार गरिएन भने यो दीर्घरोगमा परिणत भएर जीवन खत्तम हुन्छ भन्ने भ्रामक प्रचार पनि फैलाइन्छन् ।’
हर्मोनको कमी भएर रजोनिवृत्ति हुने भएकाले अमेरिकामा रजोनिवृत्ति भएको महिलालाई हर्मोन दिइन्छ । पश्चिमा देशमा कतिपय अवस्थामा केही डाक्टरले महिलाका धेरै स्वास्थ्य समस्याको कारण पाठेघरलाई मान्थे । तर, पछि विज्ञानले यो तथ्य गलत हो भनेर सिद्धग¥यो । सायद, रजोनिवृत्तिको औषधी करण गर्नमा अमेरिकन औषधि कम्पनीको पनि हात हुन सक्छ ।

महिनावारी सुक्नुलाई रजोनिवृत्ति भनिन्छ र यसपछि महिलाले प्राकृतिक रुपले बच्चा जन्माउन सक्दैनन् । महिलाको महिनावारी सामान्यतया ४५–५० वर्ष उमेरको हाराहारीमा पुगेपछि बन्द हुन्छ । अन्तर्राष्ट्रियस्तरमा अमेरिकन तथा जापानी महिलाबीच अधिकांश रजोनिवृत्तिपछिको अवस्थालाई लिएर धेरै अनुसन्धान भएको पाइन्छ ।

नेपाली महिलाको स्वास्थ्यबारे कुरा गर्दा प्रजनन स्वास्थ्य, आमा बन्दाको समस्या, परिवार नियोजनको समस्याबारे छलफल गरिन्छ । तर, जब आमाबन्ने उमेर अर्थात् प्रजनन उमेर सिद्धिन्छ (प्रायः ५० वर्षपछि), त्यसपछि उनको स्वास्थ्यबारे केही छलफल हुँदैन । त्यसबेला कसरी व्यवस्थापन गर्ने भन्ने छलफल गरिँदैन ।
कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवारनियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ । ४५–५० वर्षको उमेरसम्म पनि यी साधनहरू प्रयोग गरिरहन्छन् । महिनावारी सुकेको हो कि यो साधनको प्रभावले भएको हो भन्ने छुट्याउन सकिन्न । त्यसैले ४० वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ ।

रजोनिवृत्तिका वेला कमैलाई केही समस्या हुँदैन । तर, भोजन, आराम, सकारात्मक विचारले चाहिँ स्वास्थ्य राम्रो हुन्छ, समस्या हुनेलाई र समस्या नहुनेलाई पनि ।
तर, युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौँला भनियो भने रजोनिवृत्तिमा समस्या हुन सक्छ । त्यसैले पहिले नै होस पु¥याउनु आवश्यक छ ।

महिनावारी सुरुवात हुँदा किशोरीहरूमा केही साधारण समस्या आइपरेझैँ महिनावारी बन्द हुने वेला पनि कतिपयलाई केही साधारण समस्या भने आउन सक्छ । राति निन्द्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसैकसैलाई योनि चिलाउने र स्तनको आकार सानो हँुदै जान सक्छ । शरीरमा एस्ट्रोजेनको कमी हुँदै जाने, छालामा रहेको चिल्लोपन हराउँदै जाने हुन सक्छ । शरीरसमेत चिलाउने समस्या हुन सक्छ । यो समस्यालाई तेल (तोरी, नरिवल) लगाएर समाधान गर्न सकिन्छ । चुरोट र सुर्ती प्रयोग गर्ने महिलालाई यस्तो समस्या बढी हुने गरेको पाइएको छ ।

अमेरिकी महिलामा रजोनिवृत्तिका समस्या बढी देखिन्छन् । तर, जापानी महिलामा यस्तो समस्या कम देखिन्छ । यस्तो हुनुको कारण परम्परा र संस्कृतिसँग जोडिएको छ । अमेरिकामा प्रत्येक महिलालाई जवान, राम्री देखिनै पर्छ । उनीहरू वृद्ध हुने प्रक्रियाबारे कुरा गर्न त्यति रुचाउँदैनन् । तर, जापनिज समाजले पूर्वीय संस्कृतिलाई अपनाइरहेको छ ।

महिनावारी बन्द हुने प्रक्रिया एकैपटक देखा पर्दैन । सुरुवातमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुने गर्छ ।
यस विषयमा भएका अनुसन्धानहरूले के देखाएका छन् भने–यस्ता समस्यालाई महिलाको भोजन, शारीरिक व्यायाम, जीवनप्रतिको दृष्टिकोण, मानसिकताजस्ता कुराले धेरै फरक पार्छ । उदाहरणका लागि अमेरिकी महिलामा रजोनिवृत्तिका समस्या बढी देखिन्छन् । तर, जापानी महिलामा यस्तो समस्या कम देखिन्छ । यस्तो हुनुको कारण परम्परा र संस्कृतिसँग जोडिएको छ । अमेरिकामा प्रत्येक महिलालाई जवान, राम्री देखिनै पर्छ । उनीहरू वृद्ध हुने प्रक्रियाबारे कुरा गर्न त्यति रुचाउँदैनन् । तर, जापनिज समाजले पूर्वीय संस्कृतिलाई अपनाइरहेको छ ।
त्यसैले रजोनिवृत्तिलाई जापानी महिलाहरू समस्याका रुपमालिने गर्दैनन् । अमेरिकामा रजोनिवृत्ति भएका महिलामध्ये ४६ प्रतिशतले हर्मोनको प्रयोग गर्ने गर्छन् । तर, जापानमा जम्मा ६ प्रतिशतले मात्र हर्मोनको प्रयोग गर्छन् । नेपाली महिलाले पनि यसलाई उमेरअनुसारको स्वाभाविक प्रक्रिया ठान्छन् ।

रजोनिवृत्ति हुँदा आइपर्ने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नुपर्ने हुन्छ, जसमा प्रोटिन र लौह तत्व पाइन्छ । भटमासमा रहेको विशेष तत्वले मुटुरोगबाट बचाउन मद्दत गर्छ । जापानी महिलामा रजोनिवृत्ति हुँदा हुने समस्या कम हुनुको एउटा कारण उनीहरूको भोजनमा भटमास समावेश हुनु पनि हो ।

रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ख्याल चाहिँ राख्नु पर्ने हुन्छ । हुनत स्वास्थ्यको ध्यान जहिले पनि राख्नै पर्छ । तर, रजोनिवृत्तिका वेला शरीरका हाडहरूमा घनत्व कम हुँदै जाने भएकाले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ ।

रजोनिवृत्ति हुँदा आइपर्ने समस्यालाई कम गर्न भटमासको प्रयोग गर्नुपर्ने हुन्छ, जसमा प्रोटिन र लौह तत्व पाइन्छ । भटमासमा रहेको विशेष तत्वले मुटुरोगबाट बचाउन मद्दत गर्छ । जापानी महिलामा रजोनिवृत्ति हुँदा हुने समस्या कम हुनुको एउटा कारण उनीहरूको भोजनमा भटमास समावेश हुनु पनि हो ।

प्रत्येक महिलाले जुनसुकै उमेरमा पनि आफ्नो स्वास्थ्यको ख्याल राख्नैपर्छ । तर, महिनावारी वा रजोनिवृत्तिलाई रोग भनी भ्रम पाल्नु चाहिँ आवश्यक छैन ।

कुराकानीमा आधारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय