पाल्पाको रामपुर अस्पताल ५० बेडमा विस्तार, अत्याधुनिक भवन निर्माण जारी

कृष्ण मल्ल
प्रकाशित
२०७५ पुष १ गते १५:४२

पाल्पाको व्यापारिक केन्द्र रामपुरमा रामपुर अस्पतालको सेवा ५० बेडमा विस्तारका लागि भवन निर्माणको काम भइरहेको छ । नगरपालिकामा निर्माणाधीन उक्त अस्पताल जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल हो । विस्तारित सेवामा अस्पताल सञ्चालनमा आएपश्चात् पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका गण्डकीबेसी क्षेत्रका पाँच लाखभन्दा बढी जनता लाभान्वित हुने स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

अहिले रामपुर अस्पताल अहिले १५ बेडको क्षमतामा सञ्चालित छ भने पाल्पाको सदरमुकाम तानसेनमा रहेको जिल्ला अस्पताल, पाल्पा पनि १५ बेडकै छ । रामपुर अस्पतालको क्षमताविस्तार गरी ५० शय्याको सुविधासम्पन्न भवन निर्माणका लागि २२ करोड २२ लाख ५ हजार ३ सय ८३ रुपैयाँ बजेट विनियोजन भएको थियो । भवन निर्माणका लागि रविना कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग करिब १८ करोड ५० लाखमा सम्झौता भई निर्माण कार्य भइरहेको अस्पतालले जनाएको छ ।

अहिले बन्दै गरेको भवनको निर्माणकार्य सकिएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिस्टलगायत अत्याधुनिक सेवा–सुविधा उपलब्ध गराइने अस्पतालका मेसु डा. विनेश झाले बताए ।

आर्थिक वर्ष ०७२/७३ को पुसदेखि निर्माण सुरु भएको उक्त भवनको हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको कम्पनीका इन्जिनियर जितेन्द्र चौधरीले जानकारी दिए । निर्माण सम्पन्न गर्ने अन्तिम मिति १६ कात्तिक ०७५ लाई तोकिए पनि समयमै काम सम्पन्न हुन नसकेपछि पुनः डेढ वर्षका लागि म्याद थप गरिएको इन्जिनियर चौधरीको भनाइ छ ।

०५२ मा स्थापना भएको प्राथमिक स्वास्थ्यकेन्द्रको ०६७ मा १५ शय्याको अस्पतालका रूपमा स्तरोन्नति भई सेवा दिइँदै आएको थियो । अहिले बन्दै गरेको भवनको निर्माणकार्य सकिएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिस्टलगायत अत्याधुनिक सेवा–सुविधा उपलब्ध गराइने अस्पतालका मेसु डा. विनेश झाले बताए । गगन थापा स्वास्थ्यमन्त्री भएका वेला क्षमता वृद्धिको निर्णय भई अस्पतालको भवन निर्माणका लागि बजेट छुट्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय