प्रदेश ३ सरकारद्वारा ९ अस्पताल अध्यक्ष नियुक्त

प्रदेश ३ सरकारले आफूमातहत आएका ९ वटा अस्पतालमा अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति अध्यक्ष नियक्त्त गरेको छ । प्रदेश मन्त्रीस्तरीय निर्णयबाट ४ वर्षको कार्यकाल रहने गरी अध्यक्ष नियुक्त गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा जनस्वास्थ्य प्रशासक सतिस विष्टले जानकारी दिए । प्रदेश सरकारले जारी गरेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठन आदेश २०७५ अनुसार समितिका अध्यक्षको नियुक्त गरिएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्यसेवा महाशाखाका प्रमुखसमेत रहेका सतिस विष्टका अनुसार गठन आदेश निर्देशिकाको दफा ३ (१) मा प्रदेशमातहत आएका अस्पतालका लागि अस्पताल व्यवस्थापन तथा सञ्चालन गर्न एक समिति रहने उल्लेख छ । दफा ३ (२) मा समिति ७ सदस्यीय हुने र सामाजिक क्षेत्रमा क्रियाशील लब्धप्रतिष्ठित व्यक्तिबाट मन्त्रालयले नियुक्त गरेको व्यक्ति अध्यक्ष हुने व्यवस्था छ ।

मनोनीत सदस्यको कार्यकाल ४ वर्षको हुने निर्देशिकामा उल्लेख छ । मनोनीत अध्यक्षहरूमध्ये ७ जनाले पत्र बुझिसकेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्टले बताए ।

मन्त्रालयका सूचना अधिकारी कृष्ण अधिकारीका अनुसार त्यसरी समितिको अध्यक्षमा मनोनीत हुनेमा खिमलाल भण्डारी– भरतपुर अस्पताल, मिलन सुवास– भक्तपुर अस्पताल, डेगराज पौडेल– हेटौँडा अस्पताल, महेन्द्र धमला क्षेत्री– धादिङ अस्पताल, प्रह्लादकुमार पोख्रेल– सिन्धुली अस्पताल, रामशरण कुइँकेल– जिल्ला अस्पताल रसुवा, रोश पाख्रिन– जिल्ला अस्पताल रामेछाप, अर्जुनप्रसाद न्यौपाने– त्रिशूली अस्पताल नुवाकोट, ईश्वरीप्रसाद श्रेष्ठ– जिल्ला अस्पताल सिन्धुपाल्चोक छन् ।
भरतपुरका अध्यक्ष नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका बहिनी ज्वाई हुन् ।

नियुक्त सदस्यको कार्यकाल ४ वर्षको हुने निर्देशिकामा उल्लेख छ । नियुक्त अध्यक्षहरूमध्ये ७ जनाले पत्र बुझिसकेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्टले बताए । त्यसैगरी अन्य सदस्यहरूमा स्थानीय तहको प्रमुख वा निजले तोकेको कार्यपालिकाको कुनै एक सदस्य, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, प्रदेश लेखा कार्यालयका प्रतिनिधि, सम्बन्धित अस्पतालको वरिष्ठ चिकित्सक, सम्बन्धित अस्पतालको नर्सिङ प्रमुख र सम्बन्धित अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट सदस्य–सचिव रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय