बैठकमा गणपूरक संख्या नपुग्दा पाल्पा अस्पताल स्तरोन्नतिमा बाधा

अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले समय नदिँदा जिल्ला अस्पताल पाल्पामा अस्पताल सुदृढीकरणका लागि सरकारबाट आएको बजेटबाट काम सुरु हुन सकेको छैन् । विकास समितिको बैठकमा गणपूरक संख्या नपुगेपछि निर्णय हुन नसक्दा काम रोकिएको हो ।
जिल्ला अस्पताल तथा स्थानीय तहका अस्पतालबाट प्रदान गरिने सेवामा जनताको आकांक्षा र आवश्यकताअनुसार सुधार गर्ने उद्देश्यले अस्पताल सेवा सुदृढीकरणका लागि प्राप्त रकम दोस्रो चौमासिकको मध्यमा पुग्दासमेत खर्च हुन सकेको छैन ।

नगर प्रमुखर उद्योग वाणिज्य संघका अध्यक्षले समय दिन नसक्दा बैठकका लागि गणपूरक संख्या नपुगेकाले पटक–पटक बैठक स्थगित भएको बताइएको छ । समितिका सदस्य–सचिव तथा अस्पताल प्रमुख पुष्पराज ज्ञवालीले खातामा पैसा भए पनि निर्णय नहुँदा काम रोकिएको बताए ।

प्रदेश सरकार मातहत आएको जिल्ला अस्पतालको व्यवस्थापन समितिमा जनप्रतिनिधिसहित सामाजिक संघ–संस्थाका प्रतिनिधि सदस्य रहने प्रावधान छ । जनप्रतिनिधिले अस्पतालको बैठकलाई बेवास्ता गरेपछि सरकारबाट प्राप्त २५ लाख रुपैयाँ खर्चको निर्णय हुन सकेको छैन । जिल्ला समन्वय समितिका सभापति अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान छ । त्यसैगरी नगर प्रमुख, उद्योग वाणिज्य संघका अध्यक्ष सदस्य र जिल्ला अस्पतालका प्रमुख सदस्य–सचिव रहने व्यवस्था छ ।
नगर प्रमुखर उद्योग वाणिज्य संघका अध्यक्षले समय दिन नसक्दा बैठकका लागि गणपूरक संख्या नपुगेकाले पटक–पटक बैठक स्थगित भएको बताइएको छ । समितिका सदस्य–सचिव तथा अस्पताल प्रमुख पुष्पराज ज्ञवालीले खातामा पैसा भए पनि निर्णय नहुँदा काम रोकिएको बताए । ‘निर्णयविना खर्च गर्न मिल्दैन,’ उनले भने, ‘निर्णय गर्न गणपूरक संख्या पुग्दैन ।’ दोस्रो चौमासिकको बीचसम्म आइपुग्दासमेत निर्णय नहुँदा काम गर्ने समय छोटिँदै गएको डा. ज्ञवालीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय