विचरा एन्टिबायोटिक !

डा. समीर लामा
प्रकाशित
२०७५ मंसिर २५ गते ८:४६

ऊ एक हप्ताअघि आइपुगेको थियो । उसलाई जन्म दिनका लागि विभिन्नथरीका फर्मुला प्रयोग गरेर धेरै दुःख गरिएको थियो । अझ अहिले त ठूला–ठूला उद्योगहरूमा मेसिनहरूले निकाल्छन्, सुरुमा उसलाई पत्ता लगाउन, उसको उपयोगिताबारे खोज गर्न वैज्ञानिकहरूलाई कम्ता गाह्रो परेको हैन । उसको जन्म नै ब्याक्टेरियाहरूसँग लड्नका लागि भएको थियो, विभिन्नखाले ब्याक्टेरियाले गराउने संक्रमणका कारण बिरामी परेकाहरूलाई निको बनाउनका लागि प्रयोग गरिन्थ्यो, त्यसैका लागि अद्भुत शक्ति दिएर उसलाई बनाइन्थ्यो ।

बिरामीले प्याकेट खोलेर उसलाई निकाले र मुखमा हाले । पानीसँग बिस्तारै भिज्दै घाँटी भएर ऊ बिरामीको पेटमा पुग्यो । त्यहाँ उसलाई उसको कामका लागि सहयोग गर्ने धेरै थिए, तिनले उसलाई पेट र आन्द्राबाट सोसिएर बिरामीको रगतमा पुग्न मद्दत गरे, जहाँबाट उसको वास्तविक यात्रा सुरु हुन्थ्यो । ऊ खुसी थियो, उत्साहित पनि । रगतमा बग्दै डुल्न थाल्यो, ब्याक्टेरियाहरूलाई खोज्दै । भिडमभिड थियो, ट्राफिक जामजस्तै, राता रक्तकोषहरू अक्सिजन बोकेर हतार–हतार दौडिरहेका देखिन्थे, प्लेटलेटहरू सुस्त–सुस्त गफ गर्दै बग्दै थिए, विभिन्न आकारका सेता रक्तकोषहरू विभिन्नखाले हतियार बोकेर शंकालु नजर यताउता लगाउँदै गस्तीमा हिँडेझैँ देखिन्थे ।

अँ, उसको नाम ‘एजिथ्रोमाइसिन’ थियो, साथीभाइले माया गरेर ‘एजिथ्रो’ भनी बोलाउँथे । ऊ एक हप्ताअघि मात्र फार्मेसीमा आइपुगेको थियो । काँधमा ठूलो जिम्मेवारी बोकेर, मानव जातिको उद्धारका लागि, ठुल्ठूला ब्याक्टेरियल संक्रमणसँग लड्नका लागि तयार भएर आउँदा ऊ कम्ता खुसी थिएन । यति ठूलो अभिभारा बोकेर आउन पाउँदा उसको छाती गर्वले फुलेको थियो । हरेकपल्ट फार्मेसीमा बिरामी आउँदा पुर्लुक्क हेथ्र्यो ऊ, मेरो जिम्मेवारी निभाउने वेला आयो कि, ब्याक्टेरियाको संक्रमणले थलिएका कसैलाई मैले सहयोग गर्न पाउँछु कि भनी । एक हप्ता कुरिसकेको थियो उसले । उसँगै अरू थुप्रै दाजुभाइ, दिदीबहिनी पनि आ–आफ्नो कोठामा मिलेर बसिरहेका थिए । धेरै नयाँ साथीहरू उत्साहित देखिन्थे, अलि पुराना, धुलो जमिसकेकाहरू ‘फ्रस्टेटेड’ देखिन्थे, भन्थे– हेर भाइहरू, तिमीहरू धेरै नचम्किए हुन्छ, आखिरमा के हुन्छ हामीलाई थाहा छ, हामीले देख्या’छौँ । तर, जवानीको जोस एन्टिबायोटिकहरूमा नि कहाँ कम हुन्थ्यो र ?

एकदिन उसको पालो आयो, आफ्नो शक्ति देखाउने समय आयो । बिहानीको समय थियो, ऊ ब्युँझिसकेको थिएन, फार्मेसीमा बसेको दाइले टपक्क टिपिहाले । उसले आफ्ना साथीभाइसँग राम्ररी बिदाइ पनि गर्न पाएन, टाढाबाटै बाइबाई गर्यो । उसले आँखा उठाएर पुर्लुक्क आफ्नो बिरामीलाई हेर्यो, खोकिरहेको थियो । उसलाई उसको ट्रेनिङमा भनेको ‘सिकिस्त बिरामी हुन्छन्, डाक्टरले जाँचेर तिम्लाई काम सुम्पिन्छन्, जथाभावी नजानू है’ भन्ने याद आयो । बिरामी त्यस्तो त देखिन्थेन, डाक्टरले जाँचेको जस्तो पनि लाग्थेन । तैपनि ठिकै छ, कहिलेकाहीँ सिकिस्त नहुन पनि त सक्छन्, डाक्टरले जाँच्या होलान्, मैले देखिनँ कि भन्ने सोचेर ऊ कामका लागि तयार भयो ।

बिरामीले प्याकेट खोलेर उसलाई निकाले र मुखमा हाले । पानीसँग बिस्तारै भिज्दै घाँटी भएर ऊ बिरामीको पेटमा पुग्यो । त्यहाँ उसलाई उसको कामका लागि सहयोग गर्ने धेरै थिए, तिनले उसलाई पेट र आन्द्राबाट सोसिएर बिरामीको रगतमा पुग्न मद्दत गरे, जहाँबाट उसको वास्तविक यात्रा सुरु हुन्थ्यो । ऊ खुसी थियो, उत्साहित पनि । रगतमा बग्दै डुल्न थाल्यो, ब्याक्टेरियाहरूलाई खोज्दै । भिडमभिड थियो, ट्राफिक जामजस्तै, राता रक्तकोषहरू अक्सिजन बोकेर हतार–हतार दौडिरहेका देखिन्थे, प्लेटलेटहरू सुस्त–सुस्त गफ गर्दै बग्दै थिए, विभिन्न आकारका सेता रक्तकोषहरू विभिन्नखाले हतियार बोकेर शंकालु नजर यताउता लगाउँदै गस्तीमा हिँडेझैँ देखिन्थे । उसलाई त्यहाँका सेता रक्तकोषहरू अचम्म मान्दै हेर्दै जान्थे । सबैले त्यसरी हेर्न थालेपछि उसले एउटाको अलि नजिक गएर सोध्यो– दाइ नमस्ते ! सुन्नुस् न, मलाई किन सबैले यसरी अचम्म मानेर हेरेको ?

सेतो रक्तकोषले भन्न थाल्यो, ‘तिमीले भनेजस्तो ब्याक्टेरियाको संक्रमणमा मात्र एन्टिबायोटिक प्रयोग त विदेशमा हुन्छ रे । यहाँजस्तो चना, बदामजसरी बेचिन्न एन्टिबायोटिक । लक्षणका आधारमा शंका लाग्यो भने ल्याब जाँचहरू गरेर, धेरैजसो कडा एन्टिबायोटिक त रगत, पिसाब आदिको कल्चर गरेर मात्र चलाइन्छन् । जोसुकैले पनि चलाउन पाउँदैन, दर्ता भएका डाक्टरले मात्र चलाउन पाउँछन् ।

सेतो रक्तकोषले भन्यो– भाइ, तिमी ‘एजिथ्रो’ होइनौ ? किन आएको तिमी ?
‘हो दाइ, ब्याक्टेरिया मार्न, रोग निको पार्न, शरीरलाई स्वस्थ बनाउन,’ ट्रेनिङमा घोकेको कुरा खररर भन्यो उसले ।
‘हो र ’ पहिले–पहिले यो शरीरमा ब्याक्टेरियाको संक्रमण हुँदा हामीले नसकेर तिमीजस्ता एन्टिबायोटिक आउँथे, मिलेर ती दुस्मन ब्याक्टेरियालाई माथ्र्यौं । अचेल तिमीहरू यत्तिकै आउन थालेछौ, यो शरीरमा कहीँ कतै ब्याक्टेरियाको संक्रमण भएजस्तो लाग्दैन, बेकारमा किन आएको, कसले पठाएछ भनेर सबैले त्यसरी हेरेका हुन् ।’
‘लौ, हो र ! हैन होला । हामीलाई त हाम्रो फ्याक्ट्रीमा ट्रेनिङ दिएको हुन्छ, हामीबारे पढेका, जानेका, बुझेकाहरूले मात्र हाम्लाई चलाउँछन्, जथाभावी नजानू, फेरि शरीरलाई हानि गर्छ भनेको हुन्छ त,’ एजिथ्रोले अलि शंका गर्दै भन्यो ।
‘हा–हा–हा…’ सेतो रक्तकोष जोडसँग हाँस्यो र भन्यो, ‘भाइ, तिमी नयाँ रहेछौ, अहिले अवस्था धेरै बदलिसकेको छ । तिमीले भनेजस्तो त विकसित देशमा हुन्छ रे, मैले पनि सुनेको मात्र छु ।’
‘हो र दाइ, सुनाउनुस् न । अनि हामी यो शरीरका अंगहरूमा पनि जाँदै गरौँ है, कतै कुनै लुकेको ब्याक्टेरिया संक्रमण पो छ कि !’
सेता रक्तकोषले छड्के नजरले हेर्दै भने– हुन्छ, हेरौँ, कुनै ब्याक्टेरिया देखिए मिलेर मारौँला, बरु सुरुमा कहाँ जाने भन ।
एजिथ्रोले भन्यो– हाम्रो शरीरले खोकेको सुनेको थिएँ, फोक्सोमा ब्याक्टेरियाले गर्दा निमोनिया पो भएको हो कि, त्यतातिर जाऔँ न दाइ । तपाईंको कुरा पनि सुन्दै जाऔँ ।
‘हुन्छ,’ सेतो रक्तकोषले भन्न थाल्यो, ‘तिमीले भनेजस्तो ब्याक्टेरियाको संक्रमणमा मात्र एन्टिबायोटिक प्रयोग त विदेशमा हुन्छ रे । यहाँजस्तो चना, बदामजसरी बेचिन्न एन्टिबायोटिक । लक्षणका आधारमा शंका लाग्यो भने ल्याब जाँचहरू गरेर, धेरैजसो कडा एन्टिबायोटिक त रगत, पिसाब आदिको कल्चर गरेर मात्र चलाइन्छन् । जोसुकैले पनि चलाउन पाउँदैन, दर्ता भएका डाक्टरले मात्र चलाउन पाउँछन् । अनि जुन ब्याक्टेरियाको शंका लाग्छ वा देखिन्छ, सकेसम्म त्यसलाई मात्र मार्ने गरी सबैभन्दा सानो एन्टिबायोटिक चलाइन्छ ।’

‘त्यही त भाइ, यहाँ त औषधि चलाउने नि उस्तै, खाने पनि उस्तै भइसकेछन् । घाँटी दुखे एजिथ्रो, पखाला लागे सिप्रो, मेट्रो, ज्वरो आए सेफिक्जिम, सेफोडोक्सिम, खोकी लागे एमोक्सी–क्लाभ खान्छन् । अनि १–२ दिन खाँदा निको नभए त्योभन्दा माथिको एन्टिबायोटिक खोज्छन् । दिनेले केका लागि दिएको र खानेले के खाइरहेको नै थाहा छैन ।

ट्रेनिङमा पढेको कुराजस्तै सुनेर अचम्म मान्दै एजिथ्रो भन्छ– त्यस्तो है, यहाँ त सुरुमै कडा एन्टिबायोटिक चाहिन्छ भन्छन् रे नि, बिरामीले पनि !
‘त्यही त भाइ, यहाँ त औषधि चलाउने नि उस्तै, खाने पनि उस्तै भइसकेछन् । घाँटी दुखे एजिथ्रो, पखाला लागे सिप्रो, मेट्रो, ज्वरो आए सेफिक्जिम, सेफोडोक्सिम, खोकी लागे एमोक्सी–क्लाभ खान्छन् । अनि १–२ दिन खाँदा निको नभए त्योभन्दा माथिको एन्टिबायोटिक खोज्छन् । दिनेले केका लागि दिएको र खानेले के खाइरहेको नै थाहा छैन । एकातिर पैसाको नाश, अर्कातिर ज्यानलाई खतरा, अझ अर्कोतर्फ साँच्चै परेका वेला ती ब्याक्टेरिया दुस्मनहरूका अघि काम नगर्ला भन्ने डर,’ सोतो रक्तकोषले भन्यो ।
‘ल, फोक्सो पनि आइपुग्यो,’ सेतो रक्तकोषले फोक्सोको ‘म्याक्रोफेज’लाई सोध्यो– नमस्ते दाइ ! यहाँ कुनै ब्याक्टेरिया आएको हो र ? यी एन्टिबायोटिक भाइ आएका रहेछन्, ब्याक्टेरिया खोज्दै छन् ।
‘छैन छैन, निमोनिया भनेर आएको होला, केही कुनै ब्याक्टेरियाको संक्रमण छैन यहाँ,’ म्याक्रोफेज भन्छ ।
‘अर्को फोक्सोतिर पो छ कि ?’ एजिथ्रो सानो स्वरमा भन्छ ।
‘छैन छैन, अर्कोतिर नि छैन, कतै नि छैन, तिम्रो काम छैन यहाँ, हैन बाहिरका विद्वान् भनाउँदा मान्छेहरूले काम पाउँदैनन् कि के हो ? जहिल्यै बेकाममा एन्टिबायोटिक पठाउँछन्, वाहियात !’ म्याक्रोफेज झर्किंदै रुखो बोली फर्काउँछ ।
‘नरिसाउनू न म्याक्रोफेज दाइ, यसमा यी एन्टिबायोटिक भाइको के दोष ! विचरा ऊ त केही काम पाउने भएँ, ब्याक्टेरिया मार्न पाउने भएँ, जीवन बचाउन पाउने भएँ भनेर आएको हो । प्रयोग गर्नेले अलि होस पुर्याएर गरिदिए हुन्थ्यो क्यार !’ रातो रक्तकोष सम्झउँदै भन्छ ।
विचरा एजिथ्रो छेउमा ट्वाँ परेर हेरिरहेको थियो ।
‘ल त दाइ, अहिले हामी लाग्छौँ, यी भाइलाई आएका बेला यसो सबैतिर घुमाइदिनु छ,’ रातो रक्तकोष बिदा माग्दै भन्छ ।
म्याक्रोफेज अझै रिसमै देखिन्थ्यो, राम्रोसँग नबोली अर्कोतिर फर्कियो ।
म्याक्रोफेज रिसाएको देखेर एजिथ्रोको मुड अफ हुन्छ । सम्झाउँदै सेतो रक्तकोषले भन्छ– चित्त नदुखाऊ भाइ, मान्छेहरूलाई नै आफ्नो स्वास्थ्यको ख्याल छैन, एन्टिबायोटिक के हो, किन खाने भन्ने थाहा छैन भने तिमी–हामीले मात्र पिर गरेर केही हुन्न ।
दुवै एकछिन नबोली हिँड्छन्, वेलावेलामा छेउछेउमा हतार–हतार दौडिरहेका राता रक्तकोषहरू ठोक्किन आइपुग्छन् । ती एकपटक फर्केर पनि नहेरी कुदिहाल्छन् । ‘हैन के सारो हतार भएको यी राता रक्तकोषहरूलाई,’ एजिथ्रो मनमनै मुर्मुरिन्छ ।
सेतो रक्तकोषले देखाउँदै भन्छ– ल हेर उतातिर, हामी आन्द्रामा आइपुग्यौँ, यहाँ एकपटक सोधिहेरौँ न त ।
आन्द्राले केही सोध्नुअघि नै जवाफ दिन्छ– ए हे, सेतो रक्तकोष भाइ, कसलाई लिएर आयौ ? एन्टिबायोटिक हो ? यहाँ कोही ब्याक्टेरिया छैनन्, यी एन्टिबायोटिक जहिले घुमिर’का हुन्छन्, १–२ पटक पखाला लाग्न पा’को छैन, पेट दुख्न पा’को छैन, मेट्रोन, सेफ्ट्रायक्जोन, सिप्रो नामका एन्टिबायोटिकहरू दौडिँदै आइपुग्छन्, हाम्रो त केही पनि कामै छैन जस्तो । अस्ति पनि सिप्रो, मेट्रोन आ’का थिए, त्यसै गए । आज फेरि अर्को आएछ । यता तिम्रो केही काम छैन भाइ, गए हुन्छ ।
अब योभन्दा बढी के बोल्नु ? दुवै फरक्क फर्किए ।
अब भने एजिथ्रोलाई साह्रै झोक चलेछ, मुर्मुरिँदै भन्न थाल्यो– कस्ता हावा मान्छेहरू रैछन् भन्या, थाहा नभएको काम त नगर्नु नि । के कामका लागि बनेको हुन्छ, कत्रो जिम्मेवारी हुन्छ अर्काको, पैसा छ भनेर हावैमा खाइदिने ? धेरै रिस उठ्यो भने त म पनि फेरि मुटुमै गडबड गर्दिन्छु, डरलाग्दो एलर्जिक रियाक्सन गर्दिन्छु नि !
सेतो रक्तकोष अलि झस्किन्छ, किनकि उसलाई थाहा छ, कहिलेकाहीँ एजिथ्रोले राता रक्तकोष, सेता रक्तकोष सबैलाई मारिदिन सक्छ भनेर, ऊसँग त्यति शक्ति छ भनेर । ऊ सम्झाउँदै भन्छ– नरिसाऊ न भाइ, यस्तै हो, नियम–कानुन नलाग्ने हाम्रो देशमा गाइडलाइनहरू धेरै बन्छन्, कुरा ठूला–ठूला हुन्छन्, तर धरातल यस्तो छ । अस्ति भर्खर पनि यस्तै गलत मेडिकल प्राक्टिस सुधार्न भनेर नेपाल मेडिकल काउन्सिलले ‘सिपिडी’ भनेर डाक्टरहरूलाई ५–५ वर्षमा प्राक्टिस लाइसेन्स नवीकरण गर्नुपर्ने नियम ल्याउन लागेको छ भन्ने खबर आ’को थियो । कुरा राम्रै हो, तर गाँठी कुरा के भने नि– भाइजस्ता एन्टिबायोटिक र अरू धेरै औषधि प्रयोग गर्न डाक्टर नै चाहिँदैन, आधाभन्दा बढी एन्टिबायोटिक त फार्मेसीबाट चना, भटमासजसरी बिक्री हुन्छन्, त्यो कसले कन्ट्रोल गर्ने ?
‘हामीजस्तो एकदमै काम लाग्ने औषधि पनि किन यस्तो जथाभावी चलाएको होला है ! कसको गल्ती हो यो दाइ ? कसरी सुध्रिएला त यो अवस्था ?’ अलि शान्त भएर एजिथ्रोले जिज्ञासा राख्यो ।

१०, १५, २० वर्षअघि पढेका सिएमए, एचए, अनमीहरूले जस्तोसुकै एन्टिबायोटिक पनि लेख्न पाउँछन्, किताब नखोलेको, मेडिकल क्षेत्रमा भएका नयाँ–नयाँ परिवर्तनबारे जानकार नभएको जुग भइसकेको हुन्छ, तर पनि तिनलाई औषधि चलाउनबाट रोक्न खोजे आन्दोलन हुन्छ । ५–५ वर्षमा डाक्टरले जाँच दिनुपर्ने भए यी पारामेडिक्ससा’बहरूले पनि त दिनुपर्ने होला नि ! यो कसले हेर्ने ? यो त झन् मेडिकल काउन्सिलको भागमा पनि परेन ।

‘बल्ल चुरो कुरोमा आयौ भाइ । हेर, यसमा गल्ती एउटाको मात्र छैन, सबैको छ । सबैले आ–आफ्नो तरिकाले गल्ती गरेका छन् । डाक्टरहरूको पनि गल्ती छ, नामचलेका डाक्टरहरू पनि दुईपटक नसोची अन्धाधुन्द एन्टिबायोटिक चलाउँछन् । बिरामीसँग २ शब्द बढी बोल्नु, काउन्सेलिङ गर्नुभन्दा २ थरी थप औषधि लेखिदिन सजिलो मान्छन् । किन रिस्क लिने भन्दै ‘सिजेरियन’, ‘ल्याप कोली’, ‘हर्निया’जस्ता साधारणतया संक्रमण नहुनेखाले ‘इलेक्टिभ’ अप्रेसनहरूमा पनि ठूला–ठूला एन्टिबायोटिक सजिलै चलाइरहेका हुन्छन् । तिनले शरीरका विभिन्न अंगलाई के असर गर्लान् भन्ने पढेको त सबै बिर्सिसके उनीहरूले । कति पुराना, ठूलाहरूले त बिर्सिए–बिर्सिए, नयाँ जेनेरेसनका डाक्सा’बहरू पनि कम्ता छैनन्, त्यस्ता डाक्सा’बहरूको गलत प्राक्टिसलाई प्रश्न सोध्ने हिम्मत कसले गर्ने ? काउन्सिलले गर्न सक्नुपर्छ ।’
‘अब फार्मेसी अर्थात् औषधि पसलमा बस्नेहरूको गल्ती सुन । त्यहाँ धेरै त औषधिबारे पढेका, जानेका नै भेटिन्नन् । अनि विनाज्ञान, सीप गफ गरेको भरमा किराना र फेन्सी पसलमा जस्तो ‘त्योभन्दा यो लिनुस् न, धेरै राम्रो छ’ भन्दै एन्टिबायोटिक भिडाउँछन् । रोग के हो थाहा छैन, आफ्नो क्षेत्र के हो थाहा छैन । १०, १५, २० वर्षअघि पढेका सिएमए, एचए, अनमीहरूले जस्तोसुकै एन्टिबायोटिक पनि लेख्न पाउँछन्, किताब नखोलेको, मेडिकल क्षेत्रमा भएका नयाँ–नयाँ परिवर्तनबारे जानकार नभएको जुग भइसकेको हुन्छ, तर पनि तिनलाई औषधि चलाउनबाट रोक्न खोजे आन्दोलन हुन्छ । ५–५ वर्षमा डाक्टरले जाँच दिनुपर्ने भए यी पारामेडिक्ससा’बहरूले पनि त दिनुपर्ने होला नि ! यो कसले हेर्ने ? यो त झन् मेडिकल काउन्सिलको भागमा पनि परेन । फार्मेसीमा औषधिबारे पढेको नै बस्नुपर्ने भनेर हिजोआज अलि कडाइ गर्न थालिएको छ, तर अझै धेरै सुधार हुन बाँकी छ ।’
एजिथ्रो टाउको हल्लाएर सुनिरहेको हुन्छ ।
‘गल्ती बिरामी र तिनका परिवारको पनि छ । गफ र हल्लाको भरमा मात्र नचलेर स्वास्थ्यबारे जागरुक हुनुपर्छ । जागरुक भन्नाले सबै जानेको छु भनेर फुर्ती लाउने होइन कि, के सही, के गलत भनेर बुझ्न प्रयास गर्ने, विज्ञको कुरा सुन्ने, कुनै पनि कुरामा विश्वास गर्नुअघि प्रमाण हेर्ने हो । आफैँ जान्ने भएर ‘मलाई त एन्टिबायोटिकको बानी लागिसक्यो, मेरो बच्चालाई त कडा एन्टिबायोटिक नभईकन ज्वरै निको हुन्न’ भन्दै डाक्टरको सल्लाहै नसुनी एन्टिबायोटिक लेख्न दबाब दिनुहुन्न । फेसबुक र गुगलले भनेको भरमा, कुनै साथी वा आफन्तले उसलाई ठिक भयो भनेको भरमा औषधि खाने गर्नुहुन्न । धेरै औषधि खाने भन्दा पनि स्वास्थ्यकर्मीको सल्लाह सुन्ने गर्नुपर्छ । धेरै बिरामी हतारमा हेर्ने डाक्टरभन्दा पनि थोरै बिरामीलाई धेरै समय दिने डाक्टरलाई देखाउने गर्नुपर्छ । ‘धेरै औषधि लेख्ने डाक्टर नै राम्रो हो’, ‘एकपटक औषधि खाएपछि समस्या चट हुनुपर्छ’ जस्ता गलत सोच राख्नुहुन्न । हामीजस्तो सेता रक्तकोषलगायत विभिन्न कोषहरू पनि त छौँ, तिनलाई रोगबाट बचाउने । हाम्लाई त केही भ्यालु नै नदिने के !’ रातो रक्तकोष भन्छ, ‘यी सबैबाहेक नियम बनाउने, कार्यान्वयन गर्ने, अनुगमन गर्ने निकायहरूको पनि दोष छ । कागजमा, किताबमा मात्र नियम बनाएर हुँदैन, व्यवहारमा ती लागू भएका छन् कि छैनन् हेर्ने, छैन भने किन छैन भनी छलफल गर्ने, सुधारका लागि सुझाब दिने, कारबाही गर्ने गर्नुपर्छ । एन्टिबायोटिकको महत्व बुझ्नुपर्छ । आज चना, भटमासजसरी एन्टिबायोटिक खाए भोलि साँच्चिकै आवश्यकता पर्दा यिनले काम नगरे के गर्ने भनी गम्भीर भएर सोच्नुपर्छ । त्यसैले भाइ, सबैले आ–आफ्नो स्तरबाट सुध्रनु जरुरी छ ।’
उनीहरू एक राउन्ड शरीर घुमेर फेरि ‘हेपाटिक आर्टरी’ भएर कलेजो छिर्दै हुन्छन् । उनीहरू एकछिन नजिकैका हेपाटोसाइट (कलेजोका कोष)हरूसँग कुरा गर्न थाल्छन् ।
‘हेपाटोसाइट दाइ, के छ खबर ?’
‘के भनौँ र भाइ !’ उनीहरू पसिना पुछ्दै आफ्ना दुःखका कथा खोल्छन्, ‘हेर्नुस्, अचेल यस्ता कडा–कडा एन्टिबायोटिक त कति हो कति आउँछन् । सेता रक्तकोषहरूले ब्याक्टेरियाको संक्रमण केही छैन भनेका हुन्छन्, तैपनि किन यसरी बाढीका बाढी एन्टिबायोटिक आउने होला ? अब आएपछि धेरैजसोलाई त हामीले नै हेर्नुपर्छ, शरीरलाई तिनको नराम्रो असरबाट बचाउनुपर्छ नै, भ्याईनभ्याई काम हुन्छ । कतिवेला त हाम्लाई नै असर गर्छ, कतिवेला शरीरका विभिन्न अंगलाई असर गरिरहेको हुन्छ । ब्याक्टेरियाको संक्रमण भएर नै चलाइएको भए त ठिकै छ भन्न हुन्थ्यो, हावैहावामा यस्ता एन्टिबायोटिक झेल्नुपरिरहेको छ, कसलाई के भन्नु खै !’
‘उ हेर न, ती हेपाटोसाइटहरू तिम्रो कारणले गर्दा मरेका हुन्, तिमीलाई थाहै छैन होला, ‘कुप्फर’ कोषहरूले तिनको लाश बोकेर लाँदै छन्,’ नजिकैबाट ‘कुप्फर’ कोषहरूले मरेका ‘हेपाटोसाइट’ बोकेर लगेको लस्कर देखिन्छ । ती पनि रिसाउँदै एजिथ्रोलाई हेर्दै जान्छन् । उसको मन गह्रौँ हुन्छ, केही बोल्न सक्दैन ।

यत्तिकैमा सबैको आँखा पिरो भएर आयो, पूरै वातावरण नै तातो भएजस्तो लाग्यो, सबैजना ‘के भयो, के भयो’ भनेर आत्तिन थाले । एक हुल एन्टिबायोटिक अटोमेटिक राइफल, विभिन्नखाले हतियार बोकेर हुल बाँधेर आउँदै थिए । उसको ‘बोस’जस्तो देखिनेले भन्दै थियो– ए कसैलाई नछोड्, सबलाई ठोक्दे, मार्दे, एउटा ब्याक्टेरियालाई छोड्ने हैन, बरु अरू कोषहरू पनि मरे मरून्, केही छैन, कुनै ब्याक्टेरियालाई छाडिन्न । गोली चला, बम पड्का, सब खतम गर्दे । उसको आदेश सुनेर एन्टिबायोटिकहरू झन् जोसिए, चारैतिर गोली चलाउँदै थिए ।

यत्तिकैमा सबैको आँखा पिरो भएर आयो, पूरै वातावरण नै तातो भएजस्तो लाग्यो, सबैजना ‘के भयो, के भयो’ भनेर आत्तिन थाले । एक हुल एन्टिबायोटिक अटोमेटिक राइफल, विभिन्नखाले हतियार बोकेर हुल बाँधेर आउँदै थिए । उसको ‘बोस’जस्तो देखिनेले भन्दै थियो– ए कसैलाई नछोड्, सबलाई ठोक्दे, मार्दे, एउटा ब्याक्टेरियालाई छोड्ने हैन, बरु अरू कोषहरू पनि मरे मरून्, केही छैन, कुनै ब्याक्टेरियालाई छाडिन्न । गोली चला, बम पड्का, सब खतम गर्दे । उसको आदेश सुनेर एन्टिबायोटिकहरू झन् जोसिए, चारैतिर गोली चलाउँदै थिए । राता, सेता रक्तकोषहरू भागाभाग गर्दै थिए, हेपाटोसाइटहरू पनि लुक्न थाले । केही कुप्फर कोष लड्न खोज्दै थिए, केही घाइतेहरू घस्रँदै थिए ।
सेतो रक्तकोषले आत्तिँदै एजिथ्रोलाई भन्यो– यो मान्छेले तिमीले काम गरेनौ भनेर अर्को एन्टिबायोटिक सुईबाट लिएजस्तो छ, अब यसले सबैतिर तहल्का मच्चाउने भयो, भागौँ ।
एकैछिनमा वातावरण डरलाग्दो बन्यो, युद्धक्षेत्र नै बन्यो ।
एजिथ्रोले भन्यो– दाइ, मेरो त बाहिर जाने वेला पनि हुन लाग्यो, अब म त निस्कन्छु होला, बरु छिटो–छिटो किड्नीतिर जानुपर्यो । भेट भएर खुसी लाग्यो । धेरै कुरा सिकाउनुभयो, मान्छेहरूले नि यी कुरा बुझिदिए कति राम्रो हुन्थ्यो होला !
दुवैजना छुट्टिए ।
नयाँ आएको एन्टिबायोटिकले तहल्का मच्चाउँदै थियो ।
एजिथ्रो दौडिँदै जाँदा एउटासँग नराम्ररी ठोक्कियो, यसो हेरेको त ‘राइनो भाइरस’ पो रहेछ, खोकी–ज्वरोको कारण त यो पो रहेछ । भाइरसले उसलाई जिस्काउँदै, गाली गर्दै गयो, एजिथ्रोले त्यसलाई हेरिरहनबाहेक केही गर्न सकेन, किनकि भाइरसलाई मार्नेखाले बन्दुक ऊसँग छँदैथिएन ।

13 thoughts on “विचरा एन्टिबायोटिक !

  1. Dear Dr. Samir LAMA,
    Congratulations for writing this article. This is the best way to advocate the public on issues of AMR. AMR-AntiMicrobial Resistance is an increasing threat in Nepal.
    Let me add another perspective.
    The irrational use of antibiotics in Chicken is another growing challenge in Nepal. Due to the food chain, it impacts the human health badly. I mean another factor for increasing AMR in Nepal.

    Best Wishes
    Dr. Surya B. Parajuli
    http://www.suryaparajuli.com.np

  2. कति मज्जा आयो अनि दिमागमा ज्ञान पनि भरियो । सारै चित्त बुज्यो

  3. ओहो ! कत्ती राम्रो हो अनि सहज भाषाको लेख हो । निक्कै चाखलाग्दो शब्दमा लेख्नु भाछ । जो सुकै ले बुझ्न सक्छ ।



    रुघा खोकी ज्वरो ल्याउने अन्य भाइरस र राइनो भाइरस ले उक्त #एजिथ्रो लाई भनेका शब्दहरु लाई यसै गरि बुझ्नी शब्दमा ढालेको भए,
    र जो कोहिले बुझ्ने, माग्ने र खानेगरेको #सिप्रो, #मेट्रो_न जस्ता एन्टिबायोटिक हरु को बारेमा नि प्रकाश पार्नु भएको भए जनचेतना अनि अझै निपुण हुने थियो ।
    #धन्यबाद हजुर !

  4. अति राम्राे, पठनिय लेख। अागामि दिनमा पनि एस्तै लेखहरू पढ्ने अास राख्दछु।

  5. सर्वप्रथम सरल शब्द र सरल भाषाको लागि धेरै धेरै धन्यवाद सर । आजको यो ब्यस्त युगमा जानीनजानी बाध्यताले यस्तो औसधिको प्रयोग गर्नुपरेको छ । के गर्नु सर डाक्टर भन्दा हामी सर्वसाधारण ठुलो परिएन उहाँहरूले यो औषधि खानुपर्छ है भनेपछि नखाई सुखै छैन । नत्र मरिएला भन्ने डर ।उहाँहरुले नै ( डाक्टर ) सुरुवात साधारण तरिकाले गर्ने र सबैकुरा बिस्तृत विवरण सरल भाषामा भन्ने हो भने नमान्ने सायद कोहिपनी हुन्नहोला । आशा गरौं हजुरको यो लेखले मानवजाती मै आमूल परिवर्तन ल्याउने छ ।विज्ञहरुले पनि आफ्नो सोचमा परिवर्तन ल्याउनेछ र सम्पुर्ण मानवजातीको कल्याण हुनेछ । जयहोस ।

  6. मुरि-मुरि धन्यवाद डा.लामालाई।
    यो लेखले आज आँखा खुलेको छ।
    यस्तै रोचक र सरल भाषामा अरु पनि लेखको आशा गर्दछु।

  7. This article is so nice, which is reflecting the uses and side effects of antibiotics in interesting form. Thank you so much Dr. Lama. We expect some more articles like this. 🙂

  8. This article/story should be incorporated in secondary level school curriculum to enlighten the consequences of misuse of antibiotics which is prevailing in our CULTURE. This kind of story will definitely ignite the young minds to act locally so as to reduce the further emergence of antimicrobial drug resistance. This action can perpetuate in the national level, hence mitigating the AMR crisis.

  9. भित्र अन्तर मन देखि चित्त बुझेर आयो लामा सर तर के गर्नु डा, ले भनेको कुर मान्नै पर्छ Bt म चै dr. Umesh guragai बाहेक अरु सङ्ग जादिन हो यस्तै डर ले गर्दा

  10. मुरि-मुरि धन्यवाद डा.समीर लामालाई।
    यो लेखले आज आँखा खुलेको छ।
    यस्तै रोचक र सरल भाषामा अरु पनि लेखको आशा गर्दछु।✊✊✊✊

  11. चिकित्सकमा एस्तो चेताना आएको दिन जनताहरू पनि सचेत हुन्छन् | जनता निको हुन चाहन्छन् तर चिकित्सक तेसै चाहनामा उभिएर कमाउन चाहन्छन् | यही ज्ञ्याप हो | लेखको लागि साधुवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय