न्याम्स उपकुलपति तत्काल नियुक्त गर्न कर्मचारी युनियनको माग, ५० प्रतिशत पद प्रतिष्ठानतर्फ कार्यरतले पाउनुपर्ने

हेल्थपोस्ट नेपाल

चार महिनादेखि पदाधिकारीविहीन रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको कर्मचारी युनियनले तत्काल उपकुलपति नियुक्त गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै युनियनले स्वास्थ्य मन्त्रालयबाट गठित कमिटीको सिफारिसमा परेका उम्मेदवारमध्येबाटै अविलम्ब उपकुलपति नियुक्त गर्न दबाब सिर्जना गरेको हो ।

उपकुलपति नियुक्तिपश्चात् बाँकी पदमा कम्तीमा ५० प्रतिशत प्रतिष्ठानतर्फ कार्यरत कर्मचारीबाट नियुक्ति गर्नसमेत युनियनले जोडदार माग गरेको छ । प्रतिष्ठानमा कार्यरत कुल कर्मचारी संख्याको आधा हिस्सा प्रतिष्ठानतर्फका कर्मचारीले ओगटेकाले सोहीबमोजिमको प्रतिनिधित्व पदाधिकारी नियुक्तिमा समेत आफूले पाउनुपर्ने युनियनको दाबी छ ।

लामो समयदेखि प्रतिष्ठान नेतृत्वविहीन हुँदा प्रतिष्ठानबाट हुने सेवाप्रवाह, दैनिक कामकाज, पठन–पाठनलगायत काममा प्रत्यक्ष असर पुग्न गई जनमानसमा समेत नकारात्मक सन्देश गइरहेको ठहर गर्दै युनियनले तत्काल उपकुलपति तथा अन्य पदाधिकारीको नियुक्ति गर्न माग गरेको छ । उपकुलपति नियुक्तिपश्चात् बाँकी पदमा कम्तीमा ५० प्रतिशत प्रतिष्ठानतर्फ कार्यरत कर्मचारीबाट नियुक्ति गर्नसमेत युनियनले जोडदार माग गरेको छ । प्रतिष्ठानमा कार्यरत कुल कर्मचारी संख्याको आधा हिस्सा प्रतिष्ठानतर्फका कर्मचारीले ओगटेकाले सोहीबमोजिमको प्रतिनिधित्व पदाधिकारी नियुक्तिमा समेत आफूले पाउनुपर्ने युनियनको दाबी छ ।

प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा गठित उपकुलपति सिफारिस समितिले इतिहासमै निष्पक्ष र पारदर्शी प्रक्रिया अपनाउँदै आवेदन माग गरी विभिन्न प्रतिष्ठित विशेषज्ञहरूमार्फत परीक्षा लिई १ असोजमा तीनजनाको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो । तर, सिफारिसको झन्डै ३ महिना पुग्न लाग्दा पनि कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिमा कुनै चासो नदेखाई सिफारिसलाई पेन्डिङमा राख्दा प्रतिष्ठान ४ महिनादेखि पदाधिकारीविहीन बन्न पुगेको हो ।

उपकुलपतिका लागि सिफारिस हुनेमा क्रमशः डा. डिएन साह, डा. ढुण्डीराज पौडेल र डा. अजित रायमाझी छन् । यीमध्ये डा. पौडेल मात्र न्याम्सअन्तर्गतका चिकित्सक हुन् । सिफारिस नाममध्येबाट उपकुलपति नियुक्त गर्ने अधिकार प्रधानमन्त्रीमा निहीत छ ।



One thought on “न्याम्स उपकुलपति तत्काल नियुक्त गर्न कर्मचारी युनियनको माग, ५० प्रतिशत पद प्रतिष्ठानतर्फ कार्यरतले पाउनुपर्ने

  1. बजाउ आ आफ्नो डम्फु । फेरि त्यहि भाग बन्डा , कस्का लागि आफ्नै लागि । भ्रष्टाचार गर्न नपाएर तलतल लागे जस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *