आठ आनीबानी, जुन २० को उमेरमा जरुरी छ

हेल्थपोस्ट
प्रकाशित
२०७५ मंसिर २४ गते १३:४४


स्वस्थ कसरी रहने ? यो धेरैको जिज्ञासा हो । यदि तपाईंलाई स्वास्थ्यसम्बन्धी एकतर्फी सुझाब मात्र दियो भने यो अपूरो हुन सक्छ । महत्वपूर्ण कुरा, खासगरी तपाईं २० को उमेर (२०–२९ वर्ष)मा सचेत रहनुभयो भने यो जीवनभरि स्वास्थ रहने उत्तम उपाय हुनेछ ।
यहाँ विभिन्न क्षेत्रका जस्तै, पोषण, मोटोपन, मुटुसम्बन्धी विज्ञहरूले २० को उमेरमा कसरी अनुशासित रहने भन्ने सुझाब दिएका छन् । धेरैलाई लाग्न सक्छ, २० वर्षको उमेरमा खासै स्वास्थ्यबारे चिन्तित हुनुपर्दैन । तर, विज्ञहरूले भनेका छन्– हामीले आफ्नो जीवनको तेस्रो दशकमा अपनाउने जीवनशैली र स्वास्थ्य निर्णयले बाँकी जीवन लम्ब्याउन नाटकीय रूपमा सहयोग गर्छ ।
नर्थवेस्ट्रन युनिभर्सिटीकाअनुसार २० को उमेरमा स्वास्थ जीवनशैली अपनाउने मानिसलाई मुटुरोग लाग्ने सम्भावना पनि निकै कम हुन्छ । यो अध्ययनले जीवनको तेस्रो दशकमा बिएमआई ब्यालेन्समा राख्ने, अति न्यून मात्र अल्कोहल सेवन गर्ने, धूमपान नगर्ने, स्वस्थ खानपान र नियमित शारीरिक व्यायाम गर्ने व्यक्ति उसको मध्य उमेरमा पनि स्वस्थ हुने पुष्टि गरेको छ ।

१. बारम्बार आफ्नो तौल जाँच गरिरहनुहोस्
तपाईंको तौल अचानक १० पाउन्ड बढेपछि थाहा पाउनु र २–३ पाउन्ड मात्र बढेपछि थाहा पाउनुमा धेरै फरक पर्छ । २–३ पाउन्ड बढ्नासाथ थाहा पाउनुभयो भने सजिलै नियन्त्रण गर्नसक्नुहुन्छ । तर, एकै पटक ५–१० पाउन्ड बढेपछि थाहा पाउनुभयो भने नियन्त्रण गर्न गाह्रो हुन्छ । वैज्ञानिक रूपले नै यदि तपाईं बारम्बार आफ्नो तौल लिइरहनुहुन्छ भने स्वाभाविक रूपमा आफ्नो तौलप्रति सचेतना बढेर जान्छ ।

अहिले धेरै मानिसको गुनासो छ कि, नियमित शारीरिक व्यायामका लागि समय नै छैन । त्यसको मतलब यो होइन कि, तपार्इंसित सक्रिय जीवन जिउने समय छैन । आफ्नो दैनिक क्रियाकलापमा पनि शारीरिक गतिविधि समेट्न सक्नुहुन्छ ।

२. खाना पकाउन सिक्नुहोस्
आफ्नो लागि आफैँले खाना बनाउनुभयो भने तपाईंको पैसा पनि बचत हुन्छ र स्वस्थ खाना पनि खान पाउनुहुन्छ । पोषणयुक्त गेडागुडी, फलफूल र विभिन्न भेजिटेबललाई प्राथमिकतामा राख्नुपर्छ । यदि तपाईं नयाँ–नयाँ हब्र्स र रेसायुक्त खाना खानुहुन्छ भने आफसेआफ आफ्नो खानामा चिल्लो, सुगर, नुन कम गर्न सक्नुहुनेछ । बिस्तारै तपाईं साधारण र स्वस्थ खानामा रमाउँदै जानुहुनेछ ।

३. चिनीको मात्रा पूरै घटाउनुहोस्
मुटुरोग विशेषज्ञहरूले युवालाई सुगरयुक्त खाना घटाउन सल्लाह दिएका छन् । जस्तै, सफ्ट ड्रिंक ब्रेकफास्ट तथा चियाकफीमा चिनीको मात्रा कम गर्नुहोस् । खानामा चिनी थपेर खाने आदत त्याग्नुहोस् । अत्यधिक चिनी मोटोपन र डायबिटिजसँग सम्बन्धित छन् भने यी दुवै मुटुरोगसँग सम्बन्धित छन् । ब्यालेन्स डाइटका लागि चाहिने कुनै पनि पोषकतत्व चिनीमा हुँदैन ।

४. सक्रिय जीवन बाँच्नुहोस्
अहिले धेरै मानिसको गुनासो छ कि, नियमित शारीरिक व्यायामका लागि समय नै छैन । त्यसको मतलब यो होइन कि, तपार्इंसित सक्रिय जीवन जिउने समय छैन । आफ्नो दैनिक क्रियाकलापमा पनि शारीरिक गतिविधि समेट्न सक्नुहुन्छ । काममा सकभर हिँडेर जाने, कामको बीचमा पनि हिँडिरहने, भर्याङ चढ्ने गरेर भए पनि दिनमा कम्तीमा २० देखि ३० मिनेट हिँड्ने समय पुर्याउनुहोस् ।

५. शाकाहारी खानालाई प्राथमिकता दिनुहोस्
पोषण विज्ञान सधैँ अधुरो र विवादित छ । तर, केही आधारभूत मान्यता भने अनन्तकालदेखि यथावत् छन् । प्रशस्त वनस्पतिजन्य खाना खानु, जंकफुड हत्तपत्त नखानु स्वास्थ्यका लागि सबैभन्दा राम्रो हो । उत्तम उपाय भनेको आफ्नो खानामा रमाउनुहोस् । अति धेरै र अति कम खाने नगर्नुहोस् ।

६. बिस्तारै–विस्तारै खानामा नियन्त्रण गर्ने प्रयास गर्नुहोस्
खानामा बिस्तारै र थोरै–थोरै गरेर नियन्त्रण गर्नुहोस् । धेरै खानालाई एकैपटक निषेध नगर्नुहोस् । अत्यन्तै थोरै खाँदा तपाईंको मन अतृप्त रहन सक्छ, जसले स्वास्थ्यलाई फाइदा पु¥याउँदै । बरु धेरै मात्रामा स्वस्थ खाना, जस्तै ः शाकाहारी खाना, खाएर मन भर्न सक्नुहुन्छ । गाजर, केराजस्ता खानाबाट फ्याट प्राप्त हुँदैन । अस्वस्थ खाना, जस्तै ः मिठाइ, अल्कोहल र प्रशोधित खाना, खानै परे थोरै मात्र खानुहोस् । कहिलेकाहीँ बाहिर खान परे मन फुकाएर खान सक्नुहुन्छ ।

७. पार्टीपछि व्यायाम गर्ने तालिका बनाउनुहोस्
यदि तपाईं आफ्नो सप्ताहान्तमा धेरै ड्रिंक्स, स्न्याकिङमा संलग्न हुनुपर्छ भने तपाईं शुक्रबारदेखि आइतबारसम्म खाएको अतिरिक्त क्यालोरी खपत गर्ने गरी अतिरिक्त व्यायाम गर्ने तालिका बनाउनुहोस् । अध्ययनहरूले देखाएका छन् कि, युवाले १ सय १५ प्रतिशत बढी क्यालोरी खान्छन्, विशेषगरी सप्ताहान्तमा अल्कोहल र चिल्लो खानाबाट । र, उनीहरू सप्ताहान्तमा व्यायाम पनि गर्दैनन्, जुन हानिकारक हुन्छ ।

८. आफूले माया गर्ने काम गर्नुहोस्
अमेरिकाको ओहायो स्टेट अफ युनिभर्सिटीको अध्ययनले देखाएको छ कि, तपाईंले २० को उमेरमा कस्तो काम गर्नुभयो, त्यसले तपाईंको मध्य उमेरको मानसिक स्वास्थ्यलाई प्रभाव पार्छ । यो उमेरमा जो आफ्नो काममा खुसी हुँदैन, उनीहरूलाई डिप्रेसन, तनाव, सुताइमा समस्या हुने सम्भावना उच्च हुन्छ । २० को उमेरमा एउटा मात्र स्वास्थ्य सल्लाह दिनुपर्यो भने विशेषज्ञहरू तपाईंलाई आफ्नो लगाव हुने काम मात्र खोज्ने सल्लाह दिन्छन् । लगावले सधैँ उत्साहित बनाउन, जीवनको अर्थ बुझ्न र भविष्यप्रति आशावादी बनाउन सघाउँछ । यसले सधैँ सक्रिय हुन र स्वस्थ व्यवहार अपनाउन सघाउँछ । जसको प्रभाव आजीवन परिरहन्छ ।

One thought on “आठ आनीबानी, जुन २० को उमेरमा जरुरी छ

  1. Sir M Lai Dherai Ramro lagyeo Tapai Ko Salah
    M Aasha Gar Xu Ki Asari Nai Tapai Salah Di Rakhnu hunu hunx
    Sir mero euta problem X Ki Mero Age matr 20 Xan Ani Mero Pet Bahir aai sake X Sir Yes Ko woooaye batai d in Nu plzzz Sir

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय