लुभु प्राथमिक स्वास्थ्यकेन्द्रको सेवाविस्तार, अब २४ घण्टे प्रसूति सेवा

हेल्थपोस्ट
प्रकाशित
२०७५ मंसिर २४ गते ९:२९

महालक्ष्मी नगरपालिकाले लुभु प्राथमिक स्वास्थ्यकेन्द्रमा सेवाविस्तार गरेको छ । नगरपालिकाले प्राथमिक स्वास्थ्यकेन्द्र (पिएसी)लाई २४ शैय्यामा विस्तार गरेको हो । पिएसीको पुरानै भवनमा सरसफाइ गरी सेवाविस्तार गर्ने क्रममा २४ घण्टै बर्थिङ सेन्टरसमेत सुरु गरिएको छ । उक्त बर्थिङ सेन्टरबाट महिनामा करिब १० वटासम्म डेलिभरी हुने गरेको महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा बताउँछिन् ।
अघिल्लो वर्ष स्थापना गरिएको उक्त बर्थिङ सेन्टरबाट हालसम्म करिब २ सयजनाले सेवा लिइसकेको उपमेयर थापा बताउँछिन् । पिएसीमार्फत नगरपालिकाले हाडजोर्नीबाहेक अन्य सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

नगरपालिकाभित्र समय–समयमा सुविधासम्पन्न स्वास्थ्यशिविरहरू चलाइनु र अस्पतालमै उपचार गराउनुपर्ने अवस्थामा पनि सुविधासम्पन्न अस्पतालहरू नजिकै उपलब्ध हुनुले सरकारले ल्याएको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम महालक्ष्मी नगरपालिकाका लागि त्यति आवश्यक नरहेको दाबी उपमेयर थापाको छ ।

नेपाल सरकारले १३ प्रकारका दीर्घरोगीलाई उपलब्ध गराउँदै आएको १ लाख रूपैयाँमा नगरपालिकाले ७ हजार रूपैयाँ यातायात खर्चबापत थप उपलब्ध गराउँदै आएको छ । उपमेयर थापाका अनुसार उक्त सुविधा करिब ३० जनाले लिइसकेका छन् ।
नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा १० वर्षमाथिका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरणको कार्यक्रमसमेत सञ्चालन गरेको छ । महिनावारीका समय विद्यालय आउँदा आइपर्न सक्ने असहज परिस्थितिमा छात्राहरूको सहयोगी बन्न नगरपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको हो । छात्राहरूसहित महिला शिक्षकले पनि उक्त कार्यक्रमबाट लाभ लिन सक्नेछन् । कार्यक्रमअन्तर्गत अहिलेसम्म नगरपालिकाले सेनिटरी प्याड वितरण गर्दै आएकोमा आगामी दिनमा त्यसबापत आर्थिक सहयोग उपलब्ध गराएर कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको उपमेयर थापा बताउँछिन् । महालक्ष्मी नगरपालिकाभित्र विभिन्न तहका गरी जम्मा १५ वटा सामुदायिक विद्यालय छन्, जसमा करिब १५ सय छात्रा अध्ययनरत छन् ।

‘आगामी चैत महिनासम्मका लागि पर्याप्त औषधि स्टकमा छ, करिब ५२ प्रकारका औषधि उपलब्ध छन्,’ उनी भन्छिन्, ‘जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भइसकेको अवस्थामा नगरपालिको आन्तरिक स्रोतबाटै औषधि उपलब्ध गराइरहेका छौँ । सुगर, प्रेसरलगायत विभिन्न रोगका औषधि उपलब्ध छन् ।’

नगरपालिकाले समय–समयमा स्त्रीरोगसम्बन्धी विभिन्न स्वास्थ्यशिविरसमेत सञ्चालन गरिरहेको छ । पटक–पटक गरी नगरपालिकाका वडाहरूमा हालसम्म १०–१२ वटा स्वास्थ्यशिविर सञ्चालन गरिसकिएको छ ।
नगरपालिकाभित्र समय–समयमा सुविधासम्पन्न स्वास्थ्यशिविरहरू चलाइनु र अस्पतालमै उपचार गराउनुपर्ने अवस्थामा पनि सुविधासम्पन्न अस्पतालहरू नजिकै उपलब्ध हुनुले सरकारले ल्याएको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम महालक्ष्मी नगरपालिकाका लागि त्यति आवश्यक नरहेको दाबी उपमेयर थापाको छ ।
अन्य नगरपालिकाका स्वास्थ्यसंस्थाहरूमा औषधि अभाव भएका समाचारहरू आउने गरे पनि लुभु पिएसीमा भने पर्याप्त मात्रामा औषधि उपलब्ध रहेको थापा बताउँछिन् । ‘आगामी चैत महिनासम्मका लागि पर्याप्त औषधि स्टकमा छ, करिब ५२ प्रकारका औषधि उपलब्ध छन्,’ उनी भन्छिन्, ‘जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भइसकेको अवस्थामा नगरपालिको आन्तरिक स्रोतबाटै औषधि उपलब्ध गराइरहेका छौँ । सुगर, प्रेसरलगायत विभिन्न रोगका औषधि उपलब्ध छन् ।’
नगरपालिकाले सामान्य चेकजाँचको सुविधा स्थानीयस्तरमै उपलब्ध गराएकाले त्यसका निम्ति अस्पताल नै धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीयस्तरमै स्वास्थ्यपरीक्षण सेवासँगै नगरपालिकाले कमन रोगका औषधिसमेत निःशुल्क उपलब्ध गराउँदै आएको उपमेयर थापा बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय