कानुनी बन्देजविपरीत झन् बढ्दै छ सार्वजनिकस्थलमा धूमपान

चितवनका अधिकांश स्थानमा खुलेआम सुर्तीजन्य पदार्थको सेवन तथा बिक्री–वितरण हुँदै आएको छ । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, २०६८ कार्यान्वयनमा ल्याए पनि चितवनमा भने फुटकर तथा प्याकेटका रूपमा सुर्ती, चुरोटलगायत सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा सेवन आमरूपमा भइ नै रहेको छ ।
शिक्षणसंस्था, स्वास्थ्यसंस्था, बालगृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालयजस्ता सार्वजनिकस्थलको एक सय मिटरको घर–पसलबाट सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने कानुनी व्यवस्था भए पनि जिल्लाका अधिकांश ठाउँमा त्यस्ता पदार्थको बिक्री–वितरण खुलमखुला हुँदै आएको छ ।

होटेलव्यवसायी संघ चितवनका पूर्वअध्यक्ष डासिराम ढकालका अनुसार चितवनमा उच्च वर्गका मानिसले नै होटेलमा आएर चुरोट सेवन गर्नेको प्रवृत्ति बढ्दै गएको छ । ‘होटेलमा खाजा खान आउँछन् । खाजाभन्दा पहिले चुरोट माग्छन् । उनीहरूलाई छैन भन्न पनि सकिँदैन,’ उनले भने, ‘खुला रूपमा चुरोट बिक्री गर्नु हाम्रो बाध्यता बनेको छ ।’ चितवनमा विशेषगरी युवा–युवती होटेलमा धूमपान गर्न आउने गरेको उनले बताए ।

सुर्तीजन्य पदार्थको खुलेआम प्रयोग नियन्त्रण गर्ने जिम्मा पाएको निकाय स्वास्थ्य कार्यालयले प्रभावकारी अनुगमन गर्न नसकेको सर्वसाधारण बताउँछन् । यस्तै, व्यापारीले समेत ऐनकोे उल्लंघन गरी मनोमानी ढंगले फुटकर रूपमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण गर्दै आएका छन् । बालबालिकालाई सानै उमेरदेखि सुर्तीजन्य पदार्थ किनमेल गर्न पठाएका कारण उनीहरू पनि सानै उमेरदेखि सुर्ती तथा चुरोटको कुलतमा फस्ने गरेको उनले बताए ।

‘धूमपानबाट विशेषगरी श्वास–प्रश्वाससम्बन्धी दम, युपिडी, युकिप ब्रोकाइडिपजस्ता रोगका साथै हृदयाघात, कोलेस्टेरोरसम्बन्धी रोगहरू लाग्न सक्छन्,’ डा. गौतमले भने, ‘विशेषगरी फोक्सोको क्यान्सर र शरीरको कुनै पनि अंगमा क्यान्सर हुन सक्छ ।’

 

बजारमा सुर्तीजन्य पदार्थको सजावट गर्न नपाइने व्यवस्था भए पनि विक्रेताले अधिकांश पसलमा सजाएर फुटकर रूपमा बिक्री–वितरण गर्दै आएका छन् । अस्पताल क्षेत्रमा समेत सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री–वितरण हुने गरेको निवर्तमान अध्यक्ष ढकालले बताए । ऐनअनुसार सार्वजनिकस्थलमा बिक्री–वितरण गरेको पाइएमा १० हजार जरिवाना हुन्छ । त्यसैगरी, १८ वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाइने ऐनमा व्यवस्था रहेको स्मरण गर्दै जिल्ला जनस्वास्थ्य अधिकृत अनुप अधिकारी भन्छन्, ‘फुटकर रूपमा बिक्री–वितरण गरेमा, सजाएर राखेको पाइएमा, विद्यालय वा सार्वजनिकस्थलदेखि १ सय मिटरभित्र बिक्री गरेको पाइएमा १० हजार जरिवानासमेत हुने व्यवस्था छ,’ उनले भने, ‘सरकारले सार्वजनिकस्थलमा धूमपान गर्नेलाई जरिवाना गर्न सक्छ । सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्धन गर्न पाइँदैन, न त त्यस्ता पदार्थको उत्पादक कम्पनीले कुनै कार्यक्रमको प्रायोजन गर्न नै पाउँछन् ।’

‘फुटकर रूपमा बिक्री–वितरण गरेमा, सजाएर राखेको पाइएमा, विद्यालय वा सार्वजनिकस्थलदेखि १ सय मिटरभित्र बिक्री गरेको पाइएमा १० हजार जरिवानासमेत हुने व्यवस्था छ,’ उनले भने, ‘सरकारले सार्वजनिकस्थलमा धूमपान गर्नेलाई जरिवाना गर्न सक्छ । सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्धन गर्न पाइँदैन,

सम्बन्धित पक्षले निरीक्षण तथा अनुगमन नगरेका कारण चितवनमा खुला रूपमा सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र प्रयोग हुँदै आएको छ । चुरोटलगायत अन्य सुर्तीजन्य पदार्थको बिक्रीका लागि छुट्टै पसल दर्ता गर्नुपर्ने कानुनी व्यवस्था भए पनि चितवनका चियापसलदेखि किरानापसलमा समेत छ्याप्छयाप्ती चुरोटको बिक्री–वितरण हुँदै आएको छ । यसरी जथाभावी सुर्ती तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र प्रयोग हुनाले मानव स्वास्थ्यमा गम्भीर अस पुगिरहेको फिजिसियन डा. किशोर गौतम बताउँछन् । ‘धूमपानबाट विशेषगरी श्वास–प्रश्वाससम्बन्धी दम, सिअाेपिडी, ब्रोनकाइटिस जस्ता रोगका साथै हृदयाघात, कोलेस्टेरोरसम्बन्धी रोगहरू लाग्न सक्छन्,’ डा. गौतमले भने, ‘विशेषगरी फोक्सोको क्यान्सर र शरीरको कुनै पनि अंगमा क्यान्सर हुन सक्छ ।’

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले स्वास्थ्यसम्बन्धी नयाँ कानुन नआएका कारण धूमपान नियन्त्रणमा समस्या आएको बताए । ‘विगतमा सार्वजनिक रूपमा सुर्तीजन्य पदार्थको सेवन गर्नेलाई कारबाही पनि गर्दै आएका थियौँ । ०६८ मा आएको धूमपान नियन्त्रणसम्बन्धी ऐन र ०७२ मा आएको निर्देशिका भदौदेखि निष्क्रिय भएका छन् । स्वास्थ्यसम्बन्धी नयाँ कानुन आएको छैन,’ डिएसपी शाहले भने, ‘हामीलाई कानुन आवश्यक छ ।’ गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय चितवनले बसपार्क, प्रतीक्षालयजस्ता सार्वजनिकस्थलमा धूमपान गर्ने ४ सय ६० जनालाई प्रकाउ गरेको थियो । अहिले प्रक्राउ नगरी सम्झाउने गरेको शाहले बताए ।
पछिल्लो समय जिल्ला जनस्वास्थ्य कार्यालय पनि प्रदेश सरकारमातहात आएको छ, कार्यालयले कुनै पनि नयाँ योजना बनाएको छैन । जनस्वास्थ्य कार्यालय चितवनले बजेट नहुँदा अनुगमन गर्न नसकिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय