भेरी ५०० शय्या, अन्य पाँच प्रदेशमा ट्रसरी अस्पताल बनाउन मन्त्रिपरिषद्को सहमति

हेल्थपोस्ट
प्रकाशित
२०७५ मंसिर २१ गते १५:३९

सरकारले नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई ५ सय शय्यामा विस्तार गर्न र थप पाँचवटा प्रदेश तहका ठूला अस्पताललाई ट्रसरी अस्पताल बनाउन प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रस्ताव पेस गर्न सैद्धान्तिक सहमति दिएको हो । बहुविशेषज्ञ ६ वटै ट्रसरी अस्पताल केन्द्रीय अस्पतालका रूपमा केन्द्र सरकारमातहतमा सञ्चालन हुनेछन् ।

स्वास्थ्य मन्त्रालयका निमित्तसचिव डा. सुशीलनाथ प्याकुरेलका अनुसार कोसी अञ्चल अस्पताल विराटनगर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र भरतपुर अस्पताल चितवन, भेरी अञ्चल अस्पताल नेपालगन्ज र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई विशिष्ट सेवासहितको अस्पतालमा रूपान्तरण गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । ती अस्पतालहरू ३ सय शय्याभन्दा माथिका हुनेछन् ।

प्रदेश तहमा ठूला अस्पताल र प्रर्याप्त विशेषज्ञ जनशक्ति अभावमा सामान्य रोगको उपचारका लागि पनि अहिले सीमित ठूला सहर र केन्द्रमै धाउनुपर्ने बाध्यता छ ।
मन्त्रिपरिषद्को निर्णयमा सामाजिक समितिमा छलफल गरी पेस गर्ने उल्लेख छ । भेरी अञ्चल अस्पताललाई ५ सय बेडको बनाउने प्रस्ताव २५ कात्तिकमा स्वास्थ्यमन्त्रीस्तरीय निर्णयबाट भएको थियो । उल्लिखित पाँच अस्पताललाई प्रदेशस्तरीय ट्रसरी अस्पताल बनाउने प्रस्ताव ३ मंसिरमा स्वास्थ्यमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो ।

हाल भेरी अञ्चल अस्पताल नेपाल सरकारबाट १०० शय्या स्वीकृत भई विकास समितिबाट ५० शय्या गरी जम्मा १ सय ५० सञ्चालनरत छ । मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको प्रस्तावअनुसार यो अस्पताल प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको समेत ट्रसरी अस्पतालका रूपमा छ ।

हाल भेरी अञ्चल अस्पताल नेपाल सरकारबाट १०० शय्या स्वीकृत भई विकास समितिबाट ५० शय्या गरी जम्मा १ सय ५० सञ्चालनरत छ । मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको प्रस्तावअनुसार यो अस्पताल प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको समेत ट्रसरी अस्पतालका रूपमा छ ।
निमित्तसचिव डा. प्याकुरेलका अनुसार यस क्षेत्रका २४ जिल्लाका करिब ५५ लाख जनसंख्यालाई यस अस्पतालले सेवा दिइरहेको छ । अस्पतालको पुरानो स्वीकृत बेडसंख्या र दरबन्दीले हालको चापलाई धान्न सकिरहेको छैन । विशेषज्ञ चिकित्सकको दरबन्दी पुनरावलोकन गरिए पनि अन्य पद नथपिँदा गुणस्तरीय सेवा दिन कठिनाइ भएकाले स्तरोन्नति गर्न आवश्यक देखिएको हो ।

मन्त्रालयका अनुसार विशिष्टीकृत सेवा र शय्या अभावले गर्दा संविधानप्रदत्त स्वास्थ्यसेवामा आमनागरिकको सहज पहुँच पुर्याउन सकिएको छैन । विपन्न नागरिकका लागि सहुलियत प्रदान गरिएका सेवाहरू डायलाइसिस, मुटुरोग, क्यान्सर, स्पाइनल इन्जुरीलगायत रोगमा बिरामीको चापअनुरूपको सेवा प्रदेश तहमै पु¥याउन अस्पतालको स्तरोन्नतिको प्रस्ताव गरिएको हो ।

One thought on “भेरी ५०० शय्या, अन्य पाँच प्रदेशमा ट्रसरी अस्पताल बनाउन मन्त्रिपरिषद्को सहमति

  1. Pradesh 7 ko dadeldhurama practically phisible n bhayeko . Dhangadi sabai dristikon le upyukta bhayeko .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय