मुटुरोगीको संख्या यसरी नै बढ्दै जाने हो भने गंगालालजस्ता अस्पताल जति बनाए पनि अपुग हुन्छ

मुटुरोग अहिले भयावह अवस्थामा छ भनिन्छ, सत्य हो ?
मुटु तथा शरीरमा रगतको आपूर्ति गर्ने रक्तनली बन्द भएर रगत सञ्चालन कम भएका कारण मस्तिष्काघात र हृदयाघात हुने रोगहरूलाई मुटुरोग अथवा कार्डियोभास्कुलर डिजिज भन्ने गरिन्छ ।

पहिले–पहिले शरीरमा अलिअलि अल्कोहलको मात्रा आवश्यक पर्ने भएकाले थोरै मात्रामा अल्कोहल खानु शरीरका लागि राम्रो मानिन्थ्यो । तर, हालैको एक नयाँ अनुसन्धानले कुनै पनि मात्राको अल्कोहल शरीरका लागि आवश्यक छैन भन्ने तथ्य पत्ता लगाएको छ ।

मुटुका कारण हुने मृत्युमध्ये ६० देखि ७० प्रतिशत मृत्यु हृदयाघातका कारण हुने गर्छ भने बाँकी मस्तिष्कघात र अन्य कारण । उमेर बढेसँगै मानिसको रक्तनली पनि साँधुरिँदै जान्छ । मुटुरोगको भार बढिरहेको छ । अहिले यस्तो अवस्थामा जोखिमको पहिचान गरेर त्यसको रोकथाममा लाग्नु अत्यन्तै जरुरी छ । खानपान, तनाव, अस्वस्तकर जीवनशैली र कुनै मानिसले धूमपान गर्छ भने त्यसले मुटुरोगलाई थप गर्न सहयोग पु¥याउँछ । रक्तनली ब्लक हुनुको एक बलियो कारण धूमपान हो ।
धूमपान नगर्ने मानिसमा मुटुरोगको जोखिम आउन १५ वर्ष लाग्छ । प्रत्यक्ष रूपमा धूमपान गर्दा र अप्रत्यक्ष रूपमा धूमपान गरिरहेको मानिसको वरिपरि बस्दा उत्तिकै असर परिरहेको हुन्छ ।
पहिले–पहिले शरीरमा अलिअलि अल्कोहलको मात्रा आवश्यक पर्ने भएकाले थोरै मात्रामा अल्कोहल खानु शरीरका लागि राम्रो मानिन्थ्यो । तर, हालैको एक नयाँ अनुसन्धानले कुनै पनि मात्राको अल्कोहल शरीरका लागि आवश्यक छैन भन्ने तथ्य पत्ता लगाएको छ ।
डाइबिटिजका बिरामीमा मुटुरोग बढी हुने गरेको पाइएको छ । जीवनशैली एकदमै अल्छी भएका मानिसमा मुटुरोगको जोखिम बढी हुने गरेको पाइन्छ । जोखिमका तत्वहरू जति बढ्यो, मुटुको जोखिम त्यति नै बढ्दै जाने हो ।

सहरी क्षेत्रका करिब एकतिहाइ मानिसलाई मधुमेह तथा उच्च रक्तचापको समस्या छ । त्यसको कारण पनि अस्वस्थ जीवनशैली नै हो । यसलाई विश्लेषण गर्दा भन्न सकिन्छ कि– उनीहरूलाई अन्ततः मुटुसम्बन्धी समस्या हुन्छ ।

रोगको भार बढी हुँदा पनि मुटु किन विशेष प्राथमिकतामा नपरेको होला त ?
विश्वभरका मुटुरोगीको तथ्यांकलाई हेर्ने हो भने प्रत्येक वर्ष १ करोड ७० लाख मानिसको मृत्युको कारण मुटुरोग बनेको छ । यसरी नै मुटुरोगीको संख्या बढ्दै जाने हो भने सन् २०३० सम्ममा २ करोड ३० लाख मानिसको मृत्युको कारण मुटुरोग बन्नेछ ।
नसर्ने रोगका कारण हुने मृत्युमध्ये सबैभन्दा बढी मृत्यु मुटुरोगका कारण हुने गर्छ । नसर्ने अन्य रोगका कारण हुने मृत्युको संख्या जोड्ने हो भने मुटुरोगको आधा पनि हुँदैन । युवापुस्तामा मुटुरोग बढ्दै जानु अहिलेको विकराल समस्या हो । मुटुरोगका विभिन्न प्रकार छन्– बाथ मुटुरोग, जन्मजात मुटुरोग आदि । विकसित मुलुकमा भने बाथ मुटुरोग तथा जन्मजात मुटुरोगका समस्या ज्यादै न्यून मात्रामा देखिने गर्छन् । मुटुरोगको प्रमुख कारण अस्वस्थ जीवनशैली नै हो ।

अस्वस्थकर जीवनशैलीलाई पनि मान्छेले आ–आफ्नो सन्दर्भअनुसार व्याख्या गरेको पाइन्छ, खासमा कस्तो जीवनशैलीलाई अस्वस्थ मान्ने ?
मानिसले नजिकैको दूरी तय गर्न समेत सवारीसाधनको प्रयोग गर्ने परिपाटी बढ्दो छ । मानिसले दैनिक शारीरिक अभ्यास गर्नु आवश्यक छ । दैनिक गर्न नसकेको खण्डमा हप्ताको ५ दिन शारीरिक अभ्यास गरेमा पनि मानिसले मुटुलाई स्वस्थ राख्न सक्छ ।
लिफ्टको सट्टा भर्याङको प्रयोग गर्दा, दैनिक घरको काम गर्दासमेत मानिसलाई शारीरिक अभ्यास भइरहेको हुन्छ । मानिसले दैनिक आहारमा सन्तुलन नै मुटुरोग कम गराउनका लागि अपनाउन सकिने खानपानशैली हो । घरबाहिरको तयारी खानेकुरालाई प्राथमिकता दिनाले मुटुरोग बढ्न गएको हो । तयारी खानेकुरा खानु अस्वस्थ जीवनशैलीको एउटा भाग हो ।
सहरी क्षेत्रका करिब एकतिहाइ मानिसलाई मधुमेह तथा उच्च रक्तचापको समस्या छ । त्यसको कारण पनि अस्वस्थ जीवनशैली नै हो । यसलाई विश्लेषण गर्दा भन्न सकिन्छ कि– उनीहरूलाई अन्ततः मुटुसम्बन्धी समस्या हुन्छ ।
मुटुरोगीको संख्या यसरी नै बढ्दै जाने हो भने सहिद गंगालाल हृदयरोग केन्द्रजस्ता अस्पताल जति नै बनाए पनि अपुग हुन सक्छ । यसका लागि उपचारभन्दा पनि जनचेतना बढाउनु आवश्यक छ । अहिले मानिसले परिश्रम गर्नै छोडिसकेका छन् । यसले पनि मुटुरोगको भयावह अवस्था निम्त्याइरहेको छ ।
पहिले विकसित मुलुकको तुलनामा नेपालको खानपिन राम्रो थियो । साथै, नेपाली परिश्रमी थिए । अहिले बढ्दै गएको विलासिताका कारण मुटुरोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको हो ।
अहिलेका मानिस काम गर्न रुचाउँदैनन् । व्यापक रूपमा बढ्दै गएको सहरीकरणका कारण बच्चालाई खेल्नका लागि कतै पनि खाली ठाउँसमेत पाउन मुस्किल छ ।
गत वर्ष विश्व मुटुदिवसका अवसरमा मुटुरोगीको संख्या कम गर्न बच्चालाई खेल्ने खुला ठाउँको समेत आवश्यकता रहेको भन्दै सरकारलाई दबाब दिन नारासमेत बनाइएको थियो ।

जन्मजात लाग्ने मुटुरोगको अवस्था कस्तो छ ? यसका प्रमुख कारण के हुन् ?
बच्चामा हुने मुटुरोग भने स्थिर नै देखिएको छ । अहिले गाउँ–गाउँमा पनि स्वास्थ्यसेवाको पहुँच भएका कारण हामीकहाँ रेफर भएका बिरामीको संख्या धेरै देखिएको हो । गर्भावस्थामा आमाले धूमपान तथा मद्यपान गर्नाले पनि बच्चामा जन्मजात रूपमा मुटुरोग देखिने गर्छ । कसैकसैमा उमेर छिप्पिएर बच्चा पाएमा पनि बच्चामा मुटुसम्बन्धी रोग लाग्ने गर्छ ।

मुटुरोग कुन उमेर समूहका मानिसलाई बढी हुने गर्छ ?
मुटुरोग सामान्यतया मध्यम उमेर समूहका मानिसमा बढी हुने गर्छ । हाम्रो अस्पतालको पुरानो तथ्यांकलाई हेर्ने हो भने नेपालमा बाथ मुटुरोगीको संख्या अत्यधिक थियो । हाल अस्पतालमा मुटुमा रक्तनली बन्द भएर हृदयाघात भएर आउने बिरामीको संख्या बढ्दो छ । अस्पताल आउने बिरामीमा रक्तनली बन्द भएर आउने बिरामीको संख्या बढ्दो मात्रामा छ ।
विश्व मुटु संगठनका अनुसार विश्वमा यस्ता बिरामीको संख्या बढ्दो मात्रामा छ । विदेशमा धेरैजसो ६०–७० वर्षका मानिसलाई मुटुरोग लाग्ने गर्छ भने नेपालमा ४०–५० वर्षकै उमेरमा मुटुरोग लाग्ने गरेको छ । हामीकहाँ ३० वर्षकै उमेरमा पनि हृदयाघात भएर आउने बिरामीको संख्या पर्याप्त छ । यो समय भनेको एकदमै उत्पादनशील समय हो । परिवार, समाज तथा देशकै लागि पनि महत्वपूर्ण योगदान दिने यो ऊर्जाशील समयमा हृदयाघात भयो भने देशको समेत उत्पादन घट्न जान्छ । यस्तो अवस्था परिवार, समाज तथा राष्ट्रकै लागि पनि घातक हो ।

लैंगिक हिसाबले मुटुरोग अनुपात के छ ?
महिलामा महिनावारी भएसम्म मुटुरोगको जोखिम कमै हुने गर्छ । तर, महिनावारी रोकिएपछि भने महिला तथा पुरुष दुवैमा यसको जोखिम बराबर नै हुने गर्छ ।

मुटुरोगका प्रकार के–के हुन् ?
विशेषगरी, मुटुको रक्तनली ब्लक हुने, बाथ मुटुरोगलगायत प्रकार छन् । हामीकहाँ उपचारका क्रममा आउने बिरामीमध्ये ४० प्रतिशत बाथ मुटुरोगका बिरामी छन् । अन्य मूलुकमा भने बाथ मुटुरोगका बिरामीको संख्या घट्दै गएको छ । कतिपय ठाउँमा त निर्मूल नै भइसकेको छ । तर, नेपाल तथा अन्य अविकसित मुलुकमा भने कायम छ । अर्काे डिजेनेरेटिभ मुटुरोग छ, जुन उमेरसँगै बढ्दै जाने मुटुको समस्या हो । यो पूर्ण रूपमा उमेरसँग सम्बन्धित छ । उमेरसँगै छालामा चाउरीपन आएजस्तै मुटुका भल्भहरू पनि कमजोर हुँदै जान्छन् । त्यस्तै, मुटुका रक्तनलीहरू फुट्ने, फुल्नेलगायत मुटुरोग पनि छन् ।

मुटुरोगीको संख्या बढिरहँदा बिरामीको उपचारमा पहुँच कत्तिको पाउनुभएको छ ?
मेरो दृष्टिमा बिरामीको उपचारमा पहुँच जति हुनुपर्ने हो, त्यति छैन । त्यसका विविध कारणहरूमा एउटा मानवीय स्रोत–साधनको कमी हो । नेपालमा आवश्यक मात्रामा कार्डियोलोजिस्ट छैनन् । दोस्रो कुरा, नेपालमा भौतिक संरचना नै छैन । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बजेट घट्दै गएको छ । मुटुरोगको उपचारमा पहुँच विस्तार गर्न नेपालगन्जमा गंगालालको शाखा विस्तारका लागि नेपाल सरकारले सहमति दिँदै सम्झौता गरेको अवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय