मेडिसिटीमा प्रचण्डको होलबडी चेकअप

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भैसेपार्टीस्थित मेडिसिटी अस्पतालमा ‘होलबडी चेकअप’ गराएका छन् ।
केही दिनअघि अस्पताल गएर रगतका विभिन्न जाँच गराएका दाहालले आइतबार दाँत र कानको परीक्षणसमेत गराएका थिए । दाहालको आधिकारिक वेइसाइड सिएमप्रचण्डडटकममा तस्वीरसहित विवरण उल्लेख गरिएको छ ।

वेइभसाइटमा उल्लेख छ– ‘नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आज अस्पताल पुग्नुभएको छ । केही दिन अघि सम्पूर्ण शरीरको चेकजाँच गराउनु भएका अध्यक्ष प्रचण्ड आज दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएको छ ।’
दाहाल स्वास्थ्यमा पछिल्लो समयमा थप कुनै जटिलता नदेखिएको र पुरानो समस्या उच्चरक्तचाप र मधुमेह पनि नियन्त्रणमै रहेको अस्पताले जनाएको छ ।

तस्विर: सिएप्रचण्डडटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय