ललितपुर महानगरमा स्वास्थ्यपरीक्षण अभियान सुरु, २० दिनसम्म चल्ने

‘बिरामी भएपछि होइन, बिरामी नहुनका लागि स्वास्थ्यपरीक्षण गरौँ’ भन्ने मूल नाराका साथ सम्झना ल्याबोेरेटरी क्लिनिकको आयोजनामा २० दिने स्वास्थ्यपरीक्षण अभियान आइतबार सुरु भएको छ । ललितपुर महानगरपालिकाकी उपमेयर गीता सन्त्यालले मंगलबजार हौगलस्थित सम्झना ल्याबोरेटरीपरिसरमा आयोजित कार्यक्रममा स्वास्थ्यपरीक्षणको शुभारम्भ गरिन् ।
सम्झनाका अध्यक्ष उर्दीप जोशीले स्वास्थ्यसम्बन्धी सोचमा परिवर्तन आवश्यक रहेकाले बिरामी हुनुभन्दा पहिल्यै स्वास्थ्यपरीक्षण गर्नु उपयुक्त हुने सन्देश दिन परीक्षण अभियान सुरु गरेको बताए । २० दिने अभियानमा ५ हजार जनालाई निःशुल्क परीक्षण सेवा दिने लक्ष्य रहेको उनले जानकारी दिए । सम्झनाले एक दशकअघि ‘पिसाब जचाऔँ, मिर्गौला बचाऔँ’ भन्ने नाराका साथ अभियान चलाएको स्मरण गर्दै जोशीले त्यसैको निरन्तरताका रूपमा स्वास्थ्यपरीक्षण सुरु गरेको जानकारी दिए ।

सम्झनाले ललितपुर महानगरका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, विकलांग, क्यान्सरका बिरामी, अंगप्रत्यारोपण र डायलाइसिसमा रहेका बिरामीलाई नेपालमा हुने ल्याब परीक्षणमा ५० प्रतिशत र विदेश पठाउनुपर्ने परीक्षणमा १५ प्रतिशत छुट दिने जनाएको छ । एक्स–रे, एमआरआई, युएसजी, इको आदि परीक्षणमा भने २५ प्रतिशत छुट दिइनेछ ।

२० दिने अभियानमा सम्झनाले थाइराइड फंक्सन टेस्ट, ब्लड सुगर, डाइबेटिज, आइ चेकअपलगायत चिकित्सकीय परामर्श सेवा निःशुल्क उपलब्ध गराउनेछ उपलब्ध गराउनेछ । त्यस्तै, होलबडी चेकअप प्याकेजमा पनि ५० प्रतिशत छुटको व्यवस्था छ । अरु समयमा ५ हजार ६ सय पर्ने प्याकेज चेकअप अभियानभर २ हजार ८ सय रूपैयाँमा गरिने सम्झनाले जानकारी दिएको छ ।

त्यस्तै, सम्झनाले ललितपुर महानगरका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक, विकलांग, क्यान्सरका बिरामी, अंगप्रत्यारोपण र डायलाइसिसमा रहेका बिरामीलाई नेपालमा हुने ल्याब परीक्षणमा ५० प्रतिशत र विदेश पठाउनुपर्ने परीक्षणमा १५ प्रतिशत छुट दिने जनाएको छ । एक्स–रे, एमआरआई, युएसजी, इको आदि परीक्षणमा भने २५ प्रतिशत छुट दिइनेछ ।
सम्झनासँगको सहकार्यबाट उत्साहित रहेको बताउँदै उपमेयर सत्यालले अभियानको सफलताका लागि शुभकामना दिइन् । ललितपुर–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले सम्झना र वडा कार्यालयले आउने दिनमा वडाअन्तर्गतका टोल–टोलमा स्वास्थ्यशिविर सञ्चालनका लागि सहकार्य गर्ने योजना रहेको बताए ।
सो अवसरमा २०३५ मा स्थापित सम्झना ल्याबोरेटरीकी संस्थापकमध्येकी एक श्यामादेवी जोशीलाई सम्मानसमेत गरिएको थियो । महानगरकी उपमेयर सत्याल र सम्झनाका अध्यक्ष जोशीले उनलाई सम्मान गरेका थिए । अर्की संस्थापक विन्दुदेवी जोशीको भने निधन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय