प्रचण्डको ‘ग्रिन सिग्नल’ नआउँदा क्यान्सर अस्पताल अध्यक्ष नियुक्तिमा ढिलाइ

सरकारको ठूलो विशिष्टीकृत अस्पताल बिपी कोइराला क्यान्सर अस्पताल भरतपुर अध्यक्षविहीन बनेको २ महिना बितिसक्दा पनि नियुक्ति प्रक्रिया सुरु हुन सकेको छैन ।
अस्पतालको १४ सदस्यीय सञ्चालक समितिको नेतृत्व गर्ने अध्यक्ष नहुँदा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या परेपछि ‘बाधाअड्काउ फुकाउ’ गर्दै काम चलाइराखिएको छ । महानगर प्रमुखका हैसियतमा पदेन सदस्य रहेकी रेणु दाहाललाई पहिलो बैठकबाट अर्को अध्यक्ष नियुक्त नहुँदासम्मका लागि अध्यक्षता गर्ने जिम्मेवारी बोर्डले दिएको थियो । एक साताअघि बसेको बोर्ड बैठकले दाहाललाई खाता सञ्चालनको अधिकारसमेत दिएको छ ।

मन्त्री यादवले अध्यक्षका आकांक्षीहरूलाई भेटका क्रममा सो पद प्रचण्डले मागेको भन्दै उतै जान सुझाब दिने गरेका छन् । राजनीतिक रूपमा नेकपाका नेतामध्ये दाहालसँग राम्रो दोस्ती भएकाले पनि यादव भरतपुर क्यान्सर अस्पतालको अध्यक्षमा दायाँबायाँ गर्न चाहन्नन् । अर्कोतर्फ अध्यक्षका लागि मन्त्री यादवको पार्टीनिकट योग्य उम्मेदवार नभएकाले पनि दाहालकै ‘ग्रिन सिग्नल’ कुरिरहेको मन्त्रीनिकट स्रोतको भनाइ छ ।

बोर्डका एक सदस्यका अनुसार मूल खातामा अध्यक्ष र कार्यकारी निर्देशकको हस्ताक्षर चल्छ भने दैनिक खातामा कार्यकारी निर्देशक र लेखाप्रमुखको हस्ताक्षर चल्ने प्रावधान छ । मूल खातामा पैसा भए पनि अध्यक्ष नभएका कारण तलब खुवाउनै धौ–धौ भएपछि अध्यक्ष नहुँदा खाता सञ्चालनको अधिकारसमेत दाहाललाई दिइएको हो ।
अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउनुपर्ने स्वास्थ्य मन्त्रालयले त्यससम्बन्धमा कुनै चासो दिएको छैन । योग्यता पुगेको अस्पतालको चिकित्सकलाई स्वास्थ्यमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्ने व्यवस्था छ । मन्त्रीले रुचाएको चिकित्सक नियुक्तिका लागि प्रस्तावित हुन सक्ने व्यवस्था भए पनि स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चासो नदिएको चर्चा मन्त्रालयमा हुने गरेको छ ।
अध्यक्ष नियुक्तिमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालको चासो र स्वार्थ जोडिँदा मन्त्रीस्तरबाट अध्यक्षको टुंगो लाग्ने अवस्था नदेखिएको मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन् । अस्पताल प्रचण्डको निर्वाचन क्षेत्रअन्तर्गत पर्छ भने भरतपुर महानगरपालिकाकी मेयर रेणु उनकी छोरी हुन् । महानगर प्रमुख अस्पताल सञ्चालक समितिको पदेन सदस्य हुने कानुनी व्यवस्था छ ।

नेकपा र त्यसमा पनि स्पष्ट रूपमा दाहालनिकटका कोही पनि उम्मेदवार नियुक्तिका लागि योग्य नहुनु ढिलाइको प्रमुख कारण हो । पछिल्लो समय अस्पतालभित्रबाट अध्यक्षका लागि योग्यता पुगेका आकांक्षीहरूमा डा. विजय न्यौपाने, डा. लक्ष्मीनारायण सिंह, डा. निर्मल लामिछाने, डा. भोला रौनियार, डा. सिबी पुन र डा. विनय ठाकुर छन् ।

मन्त्री यादवले अध्यक्षका आकांक्षीहरूलाई भेटका क्रममा सो पद प्रचण्डले मागेको भन्दै उतै जान सुझाब दिने गरेका छन् । राजनीतिक रूपमा नेकपाका नेतामध्ये दाहालसँग राम्रो दोस्ती भएकाले पनि यादव भरतपुर क्यान्सर अस्पतालको अध्यक्षमा दायाँबायाँ गर्न चाहन्नन् । अर्कोतर्फ अध्यक्षका लागि मन्त्री यादवको पार्टीनिकट योग्य उम्मेदवार नभएकाले पनि दाहालकै ‘ग्रिन सिग्नल’ कुरिरहेको मन्त्रीनिकट स्रोतको भनाइ छ ।

को–को छन् आकांक्षी ? के छन् फ्याक्टर ?
ऐनले अध्यक्ष बन्नका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगका क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको चिकित्सक हुनुपर्ने व्यवस्था गरेको छ । क्यान्सररोग विशेषज्ञ नभएको अवस्थामा मान्यताप्राप्त शिक्षणसंस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभवप्राप्त वरिष्ठ चिकित्सकमध्येबाट अध्यक्ष बनाउन सकिन्छ ।
नेकपा र त्यसमा पनि स्पष्ट रूपमा दाहालनिकटका कोही पनि उम्मेदवार नियुक्तिका लागि योग्य नहुनु ढिलाइको प्रमुख कारण हो । पछिल्लो समय अस्पतालभित्रबाट अध्यक्षका लागि योग्यता पुगेका आकांक्षीहरूमा डा. विजय न्यौपाने, डा. लक्ष्मीनारायण सिंह, डा. निर्मल लामिछाने, डा. भोला रौनियार, डा. सिबी पुन र डा. विनय ठाकुर छन् । तीमध्ये पुन स्पष्ट देखिएका नेकपानिकट उम्मेदवार हुन् । स्वतन्त्र छवि बनाएका डा. लामिछानेलाई पूर्वएमाले तप्काले आफ्नो उम्मेदवार बनाउने सम्भावना देखिए पनि उनी वरिष्ठतममध्ये नभएकाले सबैले स्विकार्ने सम्भावना कम छ । यस अर्थमा अस्पतालभित्रबाट हेर्दा कांग्रेसनिकट मानिए पनि सफ्ट कर्नर चिकित्सकलाई अध्यक्ष बनाउने विकल्प बढी सहज देखिएको छ । त्यसबाहेक चितवनबाहिरबाट अध्यक्ष बनाउँदा त्यसको प्रभाव दाहालको स्थानीय राजनीतिमा पर्न सक्ने भएकाले यो विकल्प त्यति सहज छैन ।
क्यान्सर अस्पतालबाहिरबाट अध्यक्षका लागि डा. महेश मास्के र डा. दामोदर गजुरेलको समेत नाम अगाडि आएको छ । मास्के राजदूत भइसकेको व्यक्ति भएकाले अध्यक्ष नरोज्ने र डा. गजुरेल काउन्सिलको अध्यक्ष हुँदा विवादमा तानिएकाले फेरि दोहोर्याएर पद लिने पक्षमा नदेखिएको स्रोतको भनाइ छ । ‘त्यसैले पनि उहाँ अहिले कामचलाउ भए पनि छोरी अध्यक्ष भएको अवस्थालाई लम्ब्याउन चाहनुहुन्छ,’ स्रोतले भन्यो, ‘तत्काल क्यान्सर अस्पतालले अध्यक्ष पाउने सम्भावना कम छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय