यसरी बिग्रन्छ ‘मास्टर कन्ट्रोल’ अंग मिर्गौला

मिर्गौला हाम्रो शरीर चलाउने महत्वपूर्ण अंग हो । दिमाग, फोक्सो, मुटु, कलेजो, मिर्गौला, यी ५ अंगलाई शरीरका प्रमुख अंगका रूपमा लिने गरेको पाइन्छ । यीमध्ये कुनै पनि एउटा रहेन, चलेन वा काम गरेन भने हाम्रो शरीरले काम गर्दैन । यी सबैलाई सही तरिकाले चल्ने वातावरण बनाउने काम मिर्गौलाले गर्छ । मिर्गौला मानव शरीरका अनेक उतार–चढावसित जुध्नका लागि तयार बनाउने महत्वपूर्ण अंग हो ।
किन चाहिन्छ मिर्गौला तन्द्रुस्त जीवको उत्पत्ति समुद्रबाट भएको थियो । समुद्रमा भएको जीवलाई मिर्गौलाको काम थिएन । सामुद्रिक जीवको काम भनेको नुन–पानी लियो, त्यही पानीलाई फिल्टर गर्यो फाल्यो, त्यहीँ आएको न्युट्रिसनहरू, खाद्य पदार्थलाई चुस्यो । जब जमिनमा प्राणीको उदय हुन थाल्यो, त्यो समयमा शरीरमा मिर्गौला नभइनहुने भयो ।

जमिनमा खाना कतिवेला पाइने, के खान पाइने भन्ने टुंगो छैन । अन्न पाइने हो कि साग पाइने हो, भात पाइने हो कि मासु, काँचो पाइने हो कि पाकेको, पानी कतिखेर पाइने हो, मरुभूमिमा बस्नुपर्ने हो कि खोलाको किनारामा, सफा खानुपर्ने हो कि फोहर थाहा छैन । यी सबै स्थितिमा अब यी बाँकी ४ अंगहरू चल्ने बनाउने कामचाहिँ मिर्गौैलाले गर्छ । अहिलेसम्म हामीलाई मिर्गौलाको काम शरीरका दूषित तथा विकारयुक्त उत्पादनलाई फ्याल्ने भनेर बुझाइएको छ, जुन एकदमै गलत हो । मिर्गौलाले किन दूषित पदार्थ फाल्नुपरेको हो भने दूषित पदार्थ हामीले खाइरहेका छौँ, लिइरहेका छौँ ।

हाम्रो शरीरमा मेटाबोलिज्मबाट केही चिजहरू उत्पादन भएका छन्, यो शरीरमा जम्मा भइराख्यो भने हानि गर्छ । ती चिजहरूलाई सफा गरेर शरीरलाई चल्ने बनाउने काम मिर्गौलाको हो ।
अर्थात् शरीरलाई चलाउन चाहिने जुन आन्तरिक वातावरण छ, त्यो सबै चिज मिलाउने काम मिर्गौलाको हो । दिनमा आधा लिटर पानी पियो भने त्यो दिन पिसाब नै बन्दैन । हामीले न्यूनतम १० लिटर पानी खायौँ भने साढे ९ लिटर पिसाब बन्नुपर्यो । एकदिनमा ५ सय ग्राम वा १ ग्राम मात्र नुन खाएको खण्डमा पनि सबै नुनलाई छानेर चाहिएका वेला खिचेर लिने र नचाहिएका वेला फाल्न सक्ने काम मिर्गौलाले गर्छ । शरीरलाई नियन्त्रण गर्ने वा आवश्यकताअनुसार चलाउन दिने एउटा ‘मास्टर कन्ट्रोल’ अंग हो मिर्गौला, यो भनेको धेरै नयाँ अवधारणा हो ।

मिर्गौलामा यसभित्र विभिन्न भाग हुन्छन्, मिर्गौलामा रगत लैजाने नसा, रगत फिल्टर गर्ने जालीे, त्यसपछि त्यो फिल्टर भएको रगतलाई ‘फाइनल’ पिसाब बनाउने नलीहरू, त्यसपछि यी सबै नली तथा फिल्टरहरू झुन्डिएर बस्ने किड्नीको आफ्नो म्याट्रिक्स त्यहाँभित्र छ । यी सबै आन्तरिक मिर्गौलाका अभिन्न अंग तत्वहरू छन् ।

मिगौलामा समस्या
मिर्गौलामा समस्या धेरै कारणले हुन्छन् । मिर्गौलामा यसभित्र विभिन्न भाग हुन्छन्, मिर्गौलामा रगत लैजाने नसा, रगत फिल्टर गर्ने जालीे, त्यसपछि त्यो फिल्टर भएको रगतलाई ‘फाइनल’ पिसाब बनाउने नलीहरू, त्यसपछि यी सबै नली तथा फिल्टरहरू झुन्डिएर बस्ने किड्नीको आफ्नो म्याट्रिक्स त्यहाँभित्र छ । यी सबै आन्तरिक मिर्गौलाका अभिन्न अंग तत्वहरू छन् । यिनै भित्री भागहरूबाट समस्याहरू आउँछन् । फेरि सँगसँगै महत्वपूर्ण पाटो के छ भने शरीरका अरू भागमा देखापर्ने अन्य रोगहरूले पनि मिर्गौलामा असर पर्छ ।

मिर्गौैलाका प्राइमरी र सेकेन्डरी समस्या हुन्छन् । प्राइमरी भनेको मिर्गौलाभित्रैबाट उब्जने रोगहरू जस्तै : रगत फिल्टर गर्ने जाली, रगतका नसाहरूको ग्लोमोरोनेफ्राइटिस, पिसाब बनाउने नलीहरूका रोग, मिर्गौैलामा पानीका फोकाहरू बन्ने रोगहरू, पत्थरी आदि मिर्गौलाका आन्तरिक रोग हुन् । सबैभन्दा ठूलो मिर्गौलालाई असर गर्ने भनेको सिस्टमिक रोगहरू छन् । जस्तै, शारीरिक रोगहरू, शरीरमा सुगर छ भने त्यो मिर्गौलालाई हानि गर्ने कारण बन्छ । उच्च रक्तचाप पनि मिर्गौला हानि गर्ने एक कारण हो । त्यस्तै, विभिन्न बाथरोगले पनि मिर्गौलालाई असर गरिरहेका हुन्छन् । महिलाहरूमा बाथरोग धेरै देखिएका छन् । युरिक एसिडलगायत समस्याले पनि मिर्गौलामा असर गर्छ । मिर्गौलामा क्षति पुर्याउने अर्को कुरा इन्फेक्सन हो ।

शरीर, छाती, पिसाबको होस् या अरू ठाउँको, सङक्रमणले मिर्गौलामा असर पुग्छ । ड्रग्स, टक्सिन तथा अन्य औषधि, वातावरणमा हुने टक्सिन, खानेकुरामा हुने केमिकल वा अखाद्य वस्तु, तरकारीमा विषादीको प्रयोग, अन्डरग्राउन्ड खानेपानीमा आउने टक्सिनले पनि मिर्गौलामा असर गर्छ । यी सबै चिजले कुनै न कुनै रूपमा असर गरिरहेका हुन्छन् । अर्को कारण भनेको पिसाब प्रणालीको गडबडी हो ।

पिसाब खुलेर बग्नुपर्ने ठाउँमा कुनै रोकावट भयो भने पनि त्यसको ब्याक प्रेसरले मिर्गौलामा असर गर्छ र सुन्निने रोग हुन्छ र मिर्गौलालाई बिगार्छ । किड्नीपछाडिका कारणहरू (पोस्टरिनल)– पिसाबथैलीका समस्या, प्रोस्टेट ग्रन्थिका समस्या, पाठेघर अण्डदानीका समस्या, पिसाबका बाहिरी नलीहरूको समस्या, यी सबैले मिर्गौलारोग निम्त्याउँछन् ।

उच्च रक्तचापपछि आन्तरिक रोगहरू पनि मिर्गौलारोगका कारण हुन् । मिर्गौला बिग्रने २ वटा अवस्था हुन्छन् । एउटा अकस्मात् हुन्छ, जसलाई मिर्गौलाघात भनिन्छ । एक्कासि बिग्रेको मिर्गौला उपचारपछि निको हुन्छ । झाडापखाला हुँदा पनि मिर्गौला बिग्रने हुन्छन्, पेनकिलरको प्रयोगले पनि मिर्गौला बिग्रने हुन्छ, जुन उपचारपछि निको पनि हुन्छ ।

मधुमेहलाई संसारभर नै मिर्गौलारोगको साझा कारणका रूपमा लिइन्छ । त्यस्तै, अर्को साझा कारण भनेको उच्च रक्तचाप हो । रक्तचाप निकाल्ने अंग नै मिर्गौला हो । मिर्गौलामा केही न केही गडबडी भएपछि त्यसले शृंखलाबद्ध रूपमा रक्तचाप बढाउँछ, पछि त्यही उच्च रक्तचापले हान्ने हो कि जस्तो लाग्छ । मिर्गौलाको आन्तरिक रोगको कारण र प्रमुख लक्षण नै उच्च रक्तचाप हो । त्यसकारण उच्च रक्तचाप मिर्गौलारोगको कारणले भएको हो या उच्च रक्तचापका कारणले मिर्गौला बिग्रेको हो भन्नेबारे अध्ययन हुनु जरुरी छ ।

उच्च रक्तचापपछि आन्तरिक रोगहरू पनि मिर्गौलारोगका कारण हुन् । मिर्गौला बिग्रने २ वटा अवस्था हुन्छन् । एउटा अकस्मात् हुन्छ, जसलाई मिर्गौलाघात भनिन्छ । एक्कासि बिग्रेको मिर्गौला उपचारपछि निको हुन्छ । झाडापखाला हुँदा पनि मिर्गौला बिग्रने हुन्छन्, पेनकिलरको प्रयोगले पनि मिर्गौला बिग्रने हुन्छ, जुन उपचारपछि निको पनि हुन्छ । दोस्रो भनेको दीर्घकालीन रूपमा बिग्रनु हो । मिर्गौलामा भित्रबाट घाउ हुँदै–हुदैँ पूर्ण रूपमा खतम बनिसकेपछि भने शरीरलाई धान्नै नसक्ने अवस्थामा पुग्छ । त्यसवेला बल्ल हामीले मिर्गौला काम नलाग्ने गरी बिग्रेको वा दीर्घकालीन रूपमा बिग्रको भन्छौँ । त्यस समयमा बिरामीसँग विकल्प हुँदैन ।

त्यसका पनि विभिन्न चरण पार गर्दै अन्तिम अवस्थामा पुगेपछि रगत सफा गर्नुपर्ने हुन्छ, जसलाई डायलाइसिस भनिन्छ । मिर्गौला बिग्रन घाउबाट सुरु हुन्छ, घाउ हुँदै गएपछि त्यसलाई नियन्त्रण गर्न शरीरले आफ्नो बाटो खोज्न थाल्छ । खत बस्न थाल्छ, पूर्ण रूपले खतले भरिएपछि मिर्गौलामा स्कार्ड हुन्छ । मिर्गौला खुम्चिएर जान्छ, साइज सानो हुन्छ ।

सामान्यतया हामीले देख्दा दिनमा २ लिटर पिसाब हुन्छ । तर, हाम्रो मिर्गौलाले दिनमा १ सय ८० लिटर फिल्टर गर्छ । १ मिनेटमा १ सय २५ एमएल फिल्टर गर्छ । त्यस हिसाबले दिनमा १ सय ८० लिटर फिल्टर हुन्छ । त्यो १ सय ८० लिटर मध्ये १ सय ७८ लिटर मिर्गौलाले पुनः सोसेर लिएपछि बल्ल शरीरको वातावरण मिल्ने हो । मिर्गौलामा खराबीका कारण त्यो फिल्टर गर्ने क्षमता कम हुँदै–हुँदै गएपछि सफा गर्नेक्रम कम हुँदै जान्छ । शरीरमा मिर्गौलाले निश्चित लेबलमा पुर्याउनुपर्ने टक्सिनहरू शरीरमा जम्मा हुन थाल्छन् । त्यसका असर बाहिर देखिन थाल्छन् र शरीरमा हेमोग्लोबिनको कमी हुँदै जान्छ ।

हड्डीहरू कमजोर भएर जान्छन् । शरीरमा पानीको मात्रा बढ्न थाल्छ । गोडाहरू सुन्निन थाल्छन् । थकान महसुुुस हुने, छालाको रङ परिवर्तन हुने, खानामा रुचि नहुने, पिसाब कम हुँदै जाने, वाकवाक लाग्ने, उल्टी हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखापर्छन् । कहिलेकाहीँ बेहोस हुने तथा छारेरोग पनि लाग्ने गर्छ । कहिलेकाहीँ मुटुमा असर परेर हृदयाघात पनि हुन्छ ।

मिर्गौलारोगबाट बच्न सुगर र प्रेसरलाई सधैँ नियन्त्रणमा राख्नुपर्छ । अस्वस्थ जीवनशैलीका कारण रोग निम्तिने गरेको छ । रक्सी नखानेको पनि कलेजो बिग्रेको छ भने खानेको पनि बिग्रिएको हुँदैन । तसर्थ, नियमित खानपान महत्वपूर्ण कुरा हो । बासी, सडेगलेका खानेकुरा र टक्सिनहरूले पनि यस्ता समस्या आउँछन् ।

कुनै व्यक्तिको जन्मजात नै एउटा मात्र मिर्गौला रहेछ भने एउटा मिर्गौला बिग्रिएको भन्न सकिन्छ । त्यसबाहेक अन्य कारणले मिर्गौला बिग्रेको छ भने त्यो एउटाको मात्र समस्या नभएर दुवैको हो । सामान्यतया मिर्गौला बिग्रँदा २ वटैमा समस्या आउँछ । एउटा मात्र बिग्रनु भनेको चाहिँ दुर्लभ अवस्था हो । जस्तो कि, एउटा मिर्गौलामा पत्थरी हुन्छ, हुन त दुवैमा हुन्छ तर एउटामा बिगार्नेतहसम्मको हुन्छ । एउटा मात्र बिग्रने अर्को अवस्था ट्युमर तथा क्यान्सरहरू हुन्, जुन प्रायः एउटा मिर्गौलामा हुने गर्छ । जन्मजातै कसैको एउटा मिर्गौला सानो हुन्छ । त्यसबाहेक जति पनि अवस्थामा मिर्गौला बिग्रन्छन्, ती सब दुवैमा आउने समस्या हुन्, एउटा मात्र भन्ने हुँदैन । त्यसकारण मिर्गौला फेल छ वा कम काम गरेको छ भन्ने भयो भने दुवै मिर्गौला बिग्रेको भनेर बुझ्नुपर्छ ।

बच्ने उपाय
मिर्गौलारोगबाट बच्न सुगर र प्रेसरलाई सधैँ नियन्त्रणमा राख्नुपर्छ । अस्वस्थ जीवनशैलीका कारण रोग निम्तिने गरेको छ । रक्सी नखानेको पनि कलेजो बिग्रेको छ भने खानेको पनि बिग्रिएको हुँदैन । तसर्थ, नियमित खानपान महत्वपूर्ण कुरा हो । बासी, सडेगलेका खानेकुरा र टक्सिनहरूले पनि यस्ता समस्या आउँछन् ।

नियमित सुगर हुनेले कन्ट्रोल गर्नुपर्ने हुन्छ । ब्लड प्रेसर कन्ट्रोल गरेर पनि मिर्गौला बचाउन सकिन्छ । सकेसम्म पेन किलर नखाने, एन्टिबायोटिक औषधिको प्रयोग कम गर्नुपर्छ । रोगबाट बचाउन सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका हुन्छ । नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । पिसाब परीक्षणबाट प्रोटिनहरू फाले–नफालेको हेर्नुपर्छ । रगतको जाँच गर्नुपर्छ । मिर्गौलामा पानीको फोका, पत्थरी छ कि छैन भनी निरन्तर अल्ट्रासाउन्ड गरिरहनुपर्छ । गोडा सुन्नियो भने सचेत हुनुपर्छ । रोगसम्बन्धी सूचना तथा जानकारी लिने वा पढ्ने गर्नुपर्छ ।

(कुराकानीमा आधारि)

 

One thought on “यसरी बिग्रन्छ ‘मास्टर कन्ट्रोल’ अंग मिर्गौला

  1. This is well written summary of whole Nephrology in Nepali understandable to general population.
    This should be published as booklet.
    Need a great vision on subject to write such article.
    Thank you sir.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय