नेपालको प्रवेश परीक्षा पास नगरी डाक्टर पढिरहेका विदेशीलाई उच्च अदालतले दियो मान्यता, भविष्यमा भने यसो गर्न नमिल्ने

नेसनल मेडिकल कलेजले आइओएमको भर्नासम्बन्धी सर्तविपरीत नेपालको प्रवेश परीक्षा पास नगरेका ४० भन्दा बढी विद्यार्थीलाई गरेको भर्नालाई प्रदेश २ उच्च अदालतले मान्यता दिएको छ । तर, अदालतले आगामी दिनका सन्दर्भमा भने आइओएमअन्तर्गतका कलेजमा भर्नाका लागि आइओएमको प्रवेश परीक्षा पास गरेकै हुनुपर्ने व्यवस्थालाई सदर गरेको छ ।

आफूले पाएको सिटमा विद्यार्थी भर्ना नभएपछि कलेजले तोकिएको विदेशी विद्यार्थी कोटाभन्दा अतिरिक्त सिटमा समेत भारतको नेसनल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट पास गरेका विद्यार्थीलाई भर्ना गराएको थियो ।

आइओएमले २१ भदौ ०७४ मा जारी गरेको भर्नासम्बन्धी सूचनाको ८ (च) र (छ) को प्रावधान विदेशी विद्यार्थीका हकमा बदर गर्न माग गर्दै नेसनल कलेजका तर्फबाट डा. जैनुदिन अन्सारीले रिट दायर गरेका थिए । आफूले पाएको सिटमा विद्यार्थी भर्ना नभएपछि कलेजले तोकिएको विदेशी विद्यार्थी कोटाभन्दा अतिरिक्त सिटमा समेत भारतको नेसनल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट पास गरेका विद्यार्थीलाई भर्ना गराएको थियो । सो भर्नालाई आइओएम, नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले समेत मान्यता नदिने निर्णय गरेपछि उक्त निर्णय बदर गर्न माग गर्दै सञ्चालकले जनकपुरस्थित प्रदेश २ उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले तत्कालै अन्तरिम आदेश दिएपछि विद्यार्थी पढ्दै आएका थिए ।

सरकारले विदेशी विद्यार्थीले पनि नेपालका मेडिकल कलेजमा भर्ना हुनका लागि नेपालका विश्वविद्यालयले लिएको प्रवेश परीक्षा पास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो ।

रिटमाथि अन्तिम सुनुवाइ गर्दै ३ मंसिरमा उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र सत्यमोहन जोशी थारूको संयुक्त इजलासले ‘तोकिएको सिट संख्यामा कलेजमा भर्ना भइसकेको देखिँदा भर्ना कानुनविपरीत नदेखिँदा भर्ना भएको विद्यार्थीको अपूरणीय क्षति पुग्न जाने’ भन्दै शैक्षिक वर्ष ०७४÷७५ मा ती विद्यार्थीको हकमा उल्लेखित भर्नाको सर्त कार्यान्वयन नगर्नू÷नगराउनू भनी परमादेशयुक्त निषेधाज्ञा जारी गरेको छ ।

डा. अन्सारीले त्रिविलाई विपक्षी बनाएको मुद्दामा गरेको मागअनुसार आइओएमले जारी सूचनामा विदेशी विद्यार्थीका सन्दर्भमा उल्लेख गरेको प्रावधान निवेदकको मागबमोजिम उत्प्रेषणको आदेशद्वारा बदर गर्न मिल्ने नदेखिएको आदेशमा उल्लेख छ ।

सरकारले विदेशी विद्यार्थीले पनि नेपालका मेडिकल कलेजमा भर्ना हुनका लागि नेपालका विश्वविद्यालयले लिएको प्रवेश परीक्षा पास गरेको हुनुपर्ने व्यवस्था गरेको थियो । तर, गत वर्ष सरकारले सो कलेजका लागि विदेशी विद्यार्थी कोटा ४० प्रतिशत तोके पनि कलेजले नेपाली विद्यार्थीको समेत खाली सिटमा भारतीय विद्यार्थीलाई भारतकै प्रवेश परीक्षा पास गरेका आधारमा धमाधम भर्ना गरिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय