भिटामिन डी कम भए स्तनक्यान्सरको जोखिम बढी

हेल्थपोस्ट
प्रकाशित
२०७५ मंसिर १२ गते १६:३२

सामान्य घामबाट प्राप्त गर्न सकिने भिटामिन डीको कमी हुँदा महिलामा हुने प्रमुख रोग स्तनक्यान्सरको जोखिम हुने पाइएको छ । भिटामिन डी लेबल ठिक भएमा स्तनक्यान्सरको जोखिम घट्छ । भिटामिन डी मानव स्वास्थ्यका लागि चाहिने महत्वपूर्ण पोषणमध्येमा पर्छ । यसको कमी हुँदा मांसपेशी तथा हड्डी कमजोर भएर अनेक समस्या निम्तिन्छन् भन्ने धेरैलाई थाहा छ । तर, यो स्तनक्यान्सरसँग सम्बन्धित छ भन्ने कमैलाई मात्रै थाहा होला ।

अध्ययनका क्रममा भिटामिन डीको लेबल २० एमएलभन्दा कम भएका महिलामा ६० एमएलभन्दा माथि हुने महिलाको तुलनामा स्तनक्यान्सर हुने सम्भावना पाँच गुणा बढी हुने पाइएको थियो । धेरै यस्ता अध्ययनले पुष्टि गरिसकेका छन् कि, भिटामिन डीको लेबल कम हुँदा स्तनक्यान्सरको सम्भावना बढी हुन्छ ।

भिटामिन डीको परिपूर्ति सर्वसुलभ सूर्यकिरणबाट हुन्छ । सन् २००२ देखि २०१७ सम्म करिब १५ वर्ष लगाएर गरिएको एउटा गहन अध्ययनका क्रममा हरेक वर्ष अनुसन्धानकर्ताले निश्चित सहभागीको भिटामिन डीको लेबल जाँचेका थिए । यस अवधिमा अनुसन्धानमा सरिकमध्ये ७७ जना महिलामा नयाँ स्तनक्यान्सर पत्ता लागेको थियो । अध्ययनका क्रममा भिटामिन डीको लेबल २० एमएलभन्दा कम भएका महिलामा ६० एमएलभन्दा माथि हुने महिलाको तुलनामा स्तनक्यान्सर हुने सम्भावना पाँच गुणा बढी हुने पाइएको थियो । धेरै यस्ता अध्ययनले पुष्टि गरिसकेका छन् कि, भिटामिन डीको लेबल कम हुँदा स्तनक्यान्सरको सम्भावना बढी हुन्छ ।

भिटानिम डीको कमी हुन नदिन दैनिक कम्तीमा २० देखि ३० मिनेट शरीरले सोस्ने गरी घाम ताप्नुपर्छ । सूर्यमा सीधा सम्पर्क भएर शरीरले ताप सोस्न पाएन भने शरीरमा भिटामिन डीको कमी हुन्छ । घामबाहेक सामुद्रिक खानाहरू, माछा–मासु तथा अन्डामा पनि भिटामिन डी पाइन्छ । यी खानेकुराको कमीले पनि भिटामिन डीको कमी हुन सक्छ ।

शरीरमा भिटामिन डीको मात्रा बढाउनुका साथै निम्न कुरामा सचेत रहेमा स्तनक्यान्सरको जोखिम घटाउन सकिने अध्ययनकर्ता विज्ञहरूले सिफारिस गरेका छन् ।

स्तनक्यान्सरबाट बच्न–
१. शरीरको तौलप्रति सचेत रहने ।
२. नियमित व्यायाम गर्ने ।
३. धूमपान तथा मद्यपान त्याग्ने ।
४. बच्चालाई पूर्ण रूपमा स्तनपान गराउने ।
५. हरेक दिन मस्त र पूर्ण निद्रा सुत्ने ।
६. स्वस्थ खानपानमा जोड दिने ।

के हुन् भिटामिन डी कमीका लक्षण ?
– हड्डी र मांसपेशी दुख्ने र कमजोर हुने ।
– तनाव र थकान महसुस हुने ।
– संक्रमण भइरहने ।
– छालाको रङ गाढा हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय