डेंगु न मान्छेबाट मान्छेमा सर्छ, न त संक्रमण हुँदैमा मर्छ


हिजो मात्रै डेंगु संक्रमित काठमाडौं ढुंगेधारा निवासी एकजना महिलासँग मेरो भेट भयो । भेटमा उनले डेंगुका कारण आफू र आफ्नो परिवारका सबैजना बिरामी भएको बताइन् । उनलाई पहिले नै डेंगु भएको भए पनि उपचारका लागि ढिलो मात्रै अस्पताल आइपुगेकी थिइन् । उपचारका क्रममा आउँदा उनले आफ्नो बसोवास क्षेत्रवरिपरि असंख्य लामखुट्टे भएको बताएकी थिइन् । बसोवासवरिपरि धेरै ढल तथा अन्य फोहोरयुक्त स्थान भएका कारण आफूलाई उक्त रोग लागेको उनको गुनासो थियो ।

चिसो समयमा डेंगु संक्रमण हुन नहुने सामान्य बुझाइ भए पनि गर्मी सकिएर जाडो सुरु हुने समय डेंगु संक्रमणको जोखिम समय मानिएको छ । न धेरै जाडो न त धेरै गर्मी समय नै डेंगु फैलाउन सक्ने लामखुट्टेका लागि उपयुक्त वातावरण भएकाले यस समयमा डेंगु संक्रमण बढ्दै गइरहेको हो ।

डेंगु लागेका सबै बिरामी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल आउने गर्दैनन् । कतिपय रोगी आफूअनुकूल नजिकको क्लिनिकमा जाने गर्छन् । यो रोगले सबै बिरामीलाई नाजुक स्वास्थ्यअवस्था पनि पुर्याउँदैन ।

डेंगु मान्छेबाट मान्छेमा सर्ने प्रकारको रोग होइन, लामखुट्टेको टोकाइका कारण मात्र लाग्ने रोग हो । हरेक वर्ष नेपालको चितवन, बुटवल, सर्लाही, धादिङलगायत भू–भागमा डेंगुको प्रकोप फैलिने गरेको छ । धादिङमा गत वर्ष डेंगुको संक्रमण गराउने लामखुट्टेको वासस्थान पहिचान तथा निर्मूल गराउने कार्यक्रम नै सञ्चालन गरिएको थियो । मैले नै बिरामी आएको अनुभवका आधारमा उक्त कार्यक्रम सञ्चालन आवश्यक रहेको बताएको थिएँ ।

मेरो उपचार अनुभवमा धादिङबाट डेंगु संक्रमणका बिरामी धेरै आएका छन् । त्यसैगरी वीरगन्जबाट पनि बिरामी आउने गरेको पाएको छु । चिसो समयमा डेंगु संक्रमण हुन नहुने सामान्य बुझाइ भए पनि गर्मी सकिएर जाडो सुरु हुने समय डेंगु संक्रमणको जोखिम समय मानिएको छ । न धेरै जाडो न त धेरै गर्मी समय नै डेंगु फैलाउन सक्ने लामखुट्टेका लागि उपयुक्त वातावरण भएकाले यस समयमा डेंगु संक्रमण बढ्दै गइरहेको हो ।

पानी परिरहेको समयमा पनि जमेको पानी हल्लिएको हल्लियै हुने भएकाले पनि यो समय डेंगु संक्रमण गराउने लामखुट्टेका लागि उपयुक्त समय हो । मनसुनका वेला भएको वर्षाभन्दा यो समयमा सहरी क्षेत्रमा खाल्डाखुल्डीमा स्थिर रूपमा पानी जमिरहने भएकाले पनि यो समय यस्ता लामखुट्टेका लागि अनुकूल मानिएको छ ।

प्रायः डेंगु संक्रमण गराउन सक्ने लामखुट्टे बिहान सूर्योदय तथा साँझ सूर्यास्त हुने समयमा बढी सक्रिय हुने गर्छन् । यसको संक्रमण रोक्नका लागि उपचारका क्रममा झुल लगाउनुपर्ने परिपाटी विकास गराउनुपर्ने हुन्छ । यदि उपचारका क्रममा रहेका वेला बिरामीलाई टोकेको लामखुट्टेले स्वास्थ्यकर्मीलाई समेत टोकेमा उसलाई पनि डेंगुको संक्रमण हुन सक्छ ।

सहरी विकाससँगै गाडी ग्यारेजको विकास, गमलामा फूल रोप्ने प्रचलन, तापक्रममा वृद्धिलगायत कारण पनि यसप्रकारको रोग बढ्न गएको हो । प्लास्टिकमा रेडिमेड खाना खाने प्रचलन र जथाभावी उक्त प्लास्टिक फाल्ने प्रचलनले पनि पनि डेंगुको प्रकोप बढेको हो ।

नेपालमा मात्रै नभई भारत तथा बंगलादेशमा पनि डेंगुको प्रकोप बढ्दै गएको छ । डेंगुरोगका ती क्षेत्रका कतिपय बिरामी उपचारका लागि टेकु अस्पताल पनि आउने गरेका छन् । मलेसियाबाट पनि डेंगुका बिरामी उपचारका लागि नेपाल आउने गरेका छन् । जंगली क्षेत्र बढी भएको ठाउँमा डेंगुको प्रकोप बढी पाइन्छ । जनघनत्व बढ्दै जाँदा यसको प्रकोप बढ्दै जान्छ । एउटै लामखुट्टेले पनि अनेकौँ व्यक्तिलाई डेंगु सार्न सक्छ । जहाँ सहरी विकास बढी हुन्छ, जनसंख्या बढी हुन्छ, त्यस्तो क्षेत्रमा डेंगुको प्रकोप बढी हुन्छ ।

व्यापक रूपमा भएको सहरीकरण, निर्माण तथा मर्मतका लागि बनाइएका कारखाना बढी भएकाले पनि काठमाडौंमा पछिल्लो समयमा डेंगुको प्रकोप एकदमै बढ्दै गएको छ । टोल–टोल, समुदाय–समुदायमा रहेका खाल्डाखुल्डी पुर्ने काम गर्नुपर्छ ।

प्रायः डेंगु संक्रमण गराउन सक्ने लामखुट्टे बिहान सूर्योदय तथा साँझ सूर्यास्त हुने समयमा बढी सक्रिय हुने गर्छन् । यसको संक्रमण रोक्नका लागि उपचारका क्रममा झुल लगाउनुपर्ने परिपाटी विकास गराउनुपर्ने हुन्छ । यदि उपचारका क्रममा रहेका वेला बिरामीलाई टोकेको लामखुट्टेले स्वास्थ्यकर्मीलाई समेत टोकेमा उसलाई पनि डेंगुको संक्रमण हुन सक्छ । नेपालको मेची अञ्चल अस्पतालमा भने उपचारका क्रममा झुल लगाउने परिपाटीसमेत विकास भइसकेको छ । त्यो एकदमै सह्रानीय कदम हो ।

लक्षण
– मनसुनको अन्त्य भएसँगै एक्कासि ज्वरो आउने । यस्तोमा तुरुन्त स्वास्थ्यपरीक्षणका लागि जानु आवश्यक हुन्छ ।
– आँखाको गेडी दुख्ने ।
– जोर्नी दुख्ने ।
– एलर्जी हुने ।
– पेट दुख्ने ।
– वाकवाकी लाग्ने ।
– गिजा, नाक तथा दिसा–पिसाबमा रगत देखापर्ने ।
उल्लिखित सबै कुराको सम्मिश्रण भएमा डेंगु भएको शंका गर्नुपर्ने हुन्छ ।

उपचार
लक्षणका आधारमा डेंगुको उपचार गर्ने गरिन्छ । यसको विशेषखालको औषधि भने छैन । भ्याक्सिनको चर्चा गरिए पनि त्यो प्रयोगमा भने आएको छैन । त्यसैले उपचार विधिभन्दा पनि कसरी बच्ने भन्नेमा ध्यान दिनु आवश्यक छ । रोग लागिहालेमा पनि यसका कारण मर्ने सम्भावना कमै हुन्छ ।

रोकथाम
– लामखुट्टेका लागि उपयुक्त वातावरण सिर्जना गर्नु भएन ।
– डेंगु गराउने लामखुट्टे भएको क्षेत्रको पहिचान गरी त्यसलाई सखाप पार्ने ।
– उपचारका क्रममा झुल लगाउने प्रविधि अपनाउने ।

डा.पुन शुक्रराज ट्रपिकल अस्पताल टेकूमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय