सामुदायिक अस्पताललाई जग्गा दिँदा वडाध्यक्षको राजीनामा

तिलोत्तमा नगरपालिका रूपन्देहीले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवललाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको ४८औँ बैठकले अस्पताललाई वडा नं. ४ मा रहेको १० बिघा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्यसंस्था, बुटवलले तिलोत्तमा नगरपालिकालाई मुटु अस्पताल भवन निर्माणका लागि जग्गाको व्यवस्था मिलाइदिन पत्रमार्फत अनुरोध गरेको थियो । उक्त अस्पताल विगत ५ वर्षदेखि बुटवल–१० रामनगरमा भाडाका घरहरूमा सञ्चालन भइरहेको छ ।

अस्पतालले तिलोत्तमा नगरपालिकासँग १२ विघा जग्गा प्राप्तिका लागि प्रस्ताव गरेकोमा कार्यपालिका बैठकले वडा नं. ४ को कित्ता नं. ६४ को सार्वजनिक जग्गा ८ बिघा ५ कठ्ठा १९ धुर र त्यससँग जोडिएको नदीउकास क्षेत्रसमेत गरी १० बिघा जग्गा उपलब्ध गराउन सिफारिस गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

भवन निर्माणका लागि यसअघि बुटवल–१० रामनगरमा रहेको वनको जग्गा प्रस्ताव गरे पनि जग्गाप्राप्तिमा ढिलाइ भएपछि अस्पतालले तिलोत्तमाको विकल्प रोजेको थियो । मुटु तथा मिर्गौलारोगको उपचार गर्दै आएको अस्पतालले जग्गाप्राप्तिसँगै कम्तीमा ५० वर्षको दीर्घकालीन योजनाका साथ अत्याधुनिक सुविधासम्पन्न अस्पताल भवन निर्माण गर्ने जनाएको छ ।

वडाध्यक्षद्वारा राजीनामा

मुटु अस्पताललाई जथाभावी जग्गा दिएको भन्दै तिलोत्तमा नगरपालिका–७ का अध्यक्ष दुर्गाप्रसाद पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले इमेल र पोस्टमार्फत नगरपालिकामा आफ्नो राजीनामा पेस गरेका हुन् । उनले सहयोग गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका सबै कार्यपालिका सदस्य र कर्मचारीलाई धन्यवाद दिएका छन् । उनले सिफारिस गर्ने निर्णय गर्दा अस्पतालले माग गरेअनुसार १० बिघाभन्दा आधा कम ५ बिघा जग्गा दिनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय