चिसोमा देखिने रोगका घरेलु उपचार

हेल्थपोस्ट
प्रकाशित
२०७५ मंसिर ८ गते १२:१३

जाडो मौसमको सुरुवातसँगै चिसोका कारण देखिने समस्या बढ्दै छन् । आयुर्वेद चिकित्सक वैकुण्ठ सुवेदीका अनुुसार ज्वरो, रुघाखोकी, दम, श्वासकाश, बाथ, जोर्नीको दुखाइ, पिनासजस्ता समस्या जाडो समयमा देखिने गर्छन् । चिसोका कारण देखिने यस्ता समस्याको उपचार स्थानीय रूपमा उपलब्ध खनिजपदार्थ तथा जडीबुटीको प्रयोग गरी घरेलु पद्धतिबाटै गर्न सकिन्छ ।

जाडोमा देखिने प्रमुख स्वास्थ्य समस्या
– टाउको दुख्ने ।
– वाकवाकी लाग्ने ।
– शरीरका भागहरू दुख्ने ।
– रुघाखोकी लाग्ने ।

घरेलु उपचार
– तातोपानी पिउने ।
– बेसार, ज्वानो, जिराजस्ता उष्ण खानेकुराको सुप खाने ।
– अदुवाको सुठो बनाएर खाने ।
– केही मरिचका दाना मुखमा राखेर खाने ।
– तुलसीको रसमा मह मिसाएर खाने ।
– एक गिलास तातो दूधमा एक चम्चा बेसार घोलेर खाने ।
– चिल्लो खानेकुरा खाएपछि तातोपानी खाने ।
– न्यानो लुगा लगाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय