डेढो आँखा भाग्यमानीको संकेत होइन, संभव छ उपचार

 

को हो डेढोपन ?
हाम्रा दुईवटा आँखा भए पनि एउटाले मात्र पनि देख्नचाहिँ सक्छ । तर, दुवै आँखा राम्रो देख्ने भएमा वस्तुहरू बढी प्रस्ट देखिने, त्यसको आकार–प्रकार र सही गहिराइ र दूरी मापन सहज हुने तथा दृष्टि क्षेत्र पनि बढ्ने हुन्छ । तसर्थ, हाम्रा दुवै आँखाले देख्नु जरुरी छ । दुवै आँखाले देख्न सामान्य अवस्थामा दुवै आँखाका दृष्टिपर्दाका दृष्टिकेन्द्रमा आकृति बन्नुपर्दछ । त्यसका लागि हामीले कुनै पनि वस्तु हेर्दा दुवै आँखाले एउटै विन्दुमा हेर्ने गर्छन्, दुवै आँखा सँगसँगै घुम्ने गर्छन् ।

आँखाको डेढोपन जुनसुकै उमेरका व्यक्तिमा हुने गर्छ । तर, यसको जटिलता भने साना नानीबाबुमा बढी हुन्छ । उनीहरूमा यसको असर बढी पर्ने हुनाले बच्चाको डेढोपनको उपचार ठूला व्यक्तिको भन्दा बढी जरुरी हुन्छ ।

आँखालाई यसरी घुमाउन दुवै आँखामा ६–६ वटा मांसपेशी हुन्छन्, जसले आँखालाई सबै दिशामा एकैसाथ घुमाउन सहयोग गर्छन् । यो क्रियामा दुवै आँखाका मांसपेशी अलग–अलग भए पनि यसको समन्वयात्मक भूमिका हुन्छ । कुनै पनि कारणले आँखाका यी मांसपेशीको समन्वयमा गडबडी आएमा वा कुनै मांसपेशी कमजोर भएमा दुवै आँखा एकैतिर एकैसाथ घुम्न वा हेर्न नसक्ने वा अप्ठ्यारो हुने गर्छ । आँखाको यो अवस्थालाई डेढो आँखा भन्ने गरिन्छ ।

समस्याको व्यापकता
आँखाको डेढोपन जुनसुकै उमेरका व्यक्तिमा हुने गर्छ । तर, यसको जटिलता भने साना नानीबाबुमा बढी हुन्छ । उनीहरूमा यसको असर बढी पर्ने हुनाले बच्चाको डेढोपनको उपचार ठूला व्यक्तिको भन्दा बढी जरुरी हुन्छ ।
झन्डै ५ प्रतिशत बच्चा सामान्यदेखि जटिल अवस्थाको डेढोपनको समस्याबाट ग्रस्त रहेको तथ्यांकले देखाएको छ । बच्चामा डेढो आँखा पाइएमा त्यसको उपचार सकेसम्म चाँडै गराउनुपर्छ । ढिलोमा पनि बच्चा ६–७ वर्षको उमेर नकट्दै उपचार गराउनुपर्छ । यसो गरेमा बच्चाको आँखा सीधा हुनुका साथै दुवै आँखाको दृष्टिसमेत जोगाउन सकिन्छ । अन्यथा, उपचारमामार्फत आँखा सीधा भए पनि दृष्टिमा सुधार नआउन सक्छ । यसर्थ, बच्चामा डेढोपन देखिएमा चाँडै आँखा अस्पताल लैजानु जरुरी हुन्छ ।

हामीले हेरेको वस्तुको चित्र दिमागमा पर्दा एकै ठाउँमा केन्द्रीकृत हुन्छ, जसका कारण हामी दुवै आँखाले हेरेको वस्तु एउटै देख्छौँ । तर, आँखा डेढो हुँदा दुई आँखाले हेरेको वस्तुको चित्र आँखाको दृष्टिपर्दामा फरक–फरक ठाउँमा केन्द्रीकृत हुन पुग्छ ।

डेढोपनका कारण
डेढो आँखा विभिन्न कारणले हुन सक्छ । चस्मा लगाउनुपर्ने कारणले वा अन्य कारणले दृष्टि कम भएमा, आँखाको गेडीलाई चलाउने मांसपेशी वा स्नायुको खराबीजस्ता कारणले पनि आँखा डेढो हुन सक्छ । केटाकेटी अवस्थामै एउटा आँखाभन्दा अर्काे आँखाको दृष्टि क्षमतामा कमी, न्यूनदृष्टि वा अन्धोपनको समस्या भएमा पनि यो समस्या देखिन सक्छ ।

डेढो आँखाको असर
हामीले हेरेको वस्तुको चित्र दिमागमा पर्दा एकै ठाउँमा केन्द्रीकृत हुन्छ, जसका कारण हामी दुवै आँखाले हेरेको वस्तु एउटै देख्छौँ । तर, आँखा डेढो हुँदा दुई आँखाले हेरेको वस्तुको चित्र आँखाको दृष्टिपर्दामा फरक–फरक ठाउँमा केन्द्रीकृत हुन पुग्छ । जसले गर्दा दिमाग भ्रमित हुन पुग्छ र बिस्तारै दिमागले भ्रमित आकृति पठाउनुका साथै आँखाबाट आएका आकृति स्वीकार गर्न छोडिदिन्छ । फलस्वरूप डेढो आँखाले पछि बिस्तारै नदेख्ने हुन थाल्छ ।

उपचार
धेरैजसो डेढोपन दुईवटा आँखाको दृष्टि क्षमतामा भएको फरक तथा मांसपेशीको समन्वय नहुनाले हुने गर्छ । यस्तोकिसिमको डेढोपनलाई चस्माको प्रयोग तथा समयमै आँखाको मांसपेशीको व्यायाम गराएर निको पार्न सकिन्छ । यदि यसबाट पनि निको नभएमा शल्यक्रियाद्वारा मांसपेशीलाई ठीक पार्न सकिन्छ । तर, यसको उपचार बच्चा ६–७ वर्ष नपुग्दै गरेमा मात्र दृष्टि क्षमतामा सुधार आउने सम्भावना हुन्छ । त्यसैले समयमै उपचार गराउनु राम्रो मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय