ट्रकोमा निवारणमा दक्षिणपूर्वी एसियामा नेपाल पहिलो

 

अन्धोपनको प्रमुख कारकका रूपमा चिनिने आँखाको सरुवारोग ट्रकोमा (खस्रेरोग) निवारण गर्ने नेपाल दक्षिणपूर्वी एसियामा पहिलो बनेको छ । झन्डै १५ वर्षदेखि गरिएको एकीकृत विशेष अभियान एवम् कार्यक्रमपछि नेपाल रोग निवारण गर्न सफल भएको हो ।

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा डब्लुएचओकी दक्षिणपूर्वी एसिया क्षेत्र निर्देशक डा. पुनम क्षेत्रपाल सिंहको उपस्थितिमा रोग निवारणको औपचारिक घोषणा गरिएको हो । यद्यपि, विश्व स्वास्थ्य संगठनले नै नेपालमा उक्त रोग निवारणको अवस्थामा पुगेको परीक्षण र प्रमाणीकरण गरिसकेको थियो । विश्व स्वास्थ्य संगठनको संरचनामा दक्षिणपूर्वी एसिया क्षेत्रमा जम्मा ११ देश छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार १ देखि ९ वर्षभित्रका बालबालिकामा ५ प्रतिशतभन्दा कममा र सम्पूर्ण जनसंख्यामा १ हजारजनामा १ भन्दा कममा संक्रमण भएको अवस्थालाई निवारण भनिन्छ । संक्रमणपश्चात् आँखा चिलाउने र माथिल्लो ढकनीमुनिको भाग खस्रो हुँदै जीवाणुले बिस्तारै ५–७ वर्षभित्र आँखाको नानीमा असर गरेर अन्धोपन गराउँछ । अन्धोपनअगावै रोग पहिचान भएमा शल्यक्रियामार्फत निको हुन्छ ।

कार्यक्रममा डा. सिंहले दक्षिणपूर्वी एसियामै जनस्वास्थ्य समस्याका रूपमा रहेको ट्रकोमा निवारण गर्न सफल भएकोमा नेपाललाई बधाई दिइन् । ‘यो क्षेत्रमा यो रोगबाट १ दशमलव ९ मिलियन जनसंख्या ट्रकोमाको जोखिममा छन्, तर नेपाल त्यसमा रहेन,’ उनले भनिन् ।
‘नेपाल ट्रकोमा निवारणका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्रोतको समुचित प्रयोग गरेर उत्कृष्ट नतिजा दिन सफल भयो,’ उनले भनिन्, ‘अब यो रोगलाई फर्किन नदिन काम गर्नुस् ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ट्रकोमा निवारणका लागि अहोरात्र खटेर लाखौँ नेपालीलाई दृष्टिविहीन हुनबाट जोगाउने नेत्रज्योति संघलाई विशेष धन्यवाद दिए । उनले यसलाई पुनः बढ्न नदिन नयाँ रणनीति र कार्यक्रममा लाग्न नदिन शुभकामनासमेत दिए । कार्यक्रममा संघका संरक्षक डा. रामप्रसाद पोखरेल, संघका अध्यक्ष तीर्थ मिश्र, डा. मदनप्रसाद उपाध्याय, डा. सन्दुक रुइत र संस्थातर्फ तिलगंगा आँखा प्रतिष्ठानलाई सम्मान गरियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार १ देखि ९ वर्षभित्रका बालबालिकामा ५ प्रतिशतभन्दा कममा र सम्पूर्ण जनसंख्यामा १ हजारजनामा १ भन्दा कममा संक्रमण भएको अवस्थालाई निवारण भनिन्छ । संक्रमणपश्चात् आँखा चिलाउने र माथिल्लो ढकनीमुनिको भाग खस्रो हुँदै जीवाणुले बिस्तारै ५–७ वर्षभित्र आँखाको नानीमा असर गरेर अन्धोपन गराउँछ । अन्धोपनअगावै रोग पहिचान भएमा शल्यक्रियामार्फत निको हुन्छ ।

सन् १९८१ को पूर्ण जनसंख्यामा आधारित सर्वेक्षण (प्रिभ्यालेन्स सर्वे)ले कुल जनसंख्याको ६ दशमलव ९ प्रतिशत जनसंख्यामा खस्रेरोग पाइएको थियो भने २ दशमलव ४ प्रतिशत ट्रकोमाका कारण दृष्टिविहीन बनेका थिए । २० भन्दा बढी जिल्लामा १० प्रतिशत जनसंख्यामा खस्रेरोग संक्रमण भइसकेको अवस्था (एक्टिभ ट्रकोमा) थियो । यस आधारमा ट्रकोमा अन्धोपनको दोस्रो प्रमुख कारण थियो । सोलगत्तै सरकारले नेपाल नेत्रज्योति संघलाई जिम्मा दिएर कार्यक्रम सञ्चालन गरेको थियो ।

सरकारले आँखा उपचारको क्षेत्रमा ४ दशकदेखि क्रियाशील संस्था नेपाल नेत्रज्योति संघलाई सन् १९८१ देखि नै आँखा स्वास्थ्य सेवाको राष्ट्रिय दायित्व सुम्पेको थियो । राष्ट्रिय नीतिअनुसार सन् २०१७ भित्रमा खस्रेरोग निवारण गर्न लक्ष्य राखेर संघले शल्यक्रिया, एन्टिबायोटिक्स खुवाउने, हात–मुख धुने र वातावरणीय सुधारका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरेको थियो । एकीकृत अभियानपछि यो सम्भव भएको हो ।

संघका अनुसार झन्डै १५ वर्षको अवधिमा खस्रेरोग भएका ३० हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरिएको थियो । १० प्रतिशतभन्दा बढी संक्रमण भएका २० जिल्लाका १ करोड ४७ लाख जनसंख्यालाई एन्टिबायोटिक्स खुवाउनुका साथै लाखौँमा सरसफाइ र चेतना विस्तारपछि निवारण सम्भव भएको संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले बताए ।

सरकारले आँखा उपचारको क्षेत्रमा ४ दशकदेखि क्रियाशील संस्था नेपाल नेत्रज्योति संघलाई सन् १९८१ देखि नै आँखा स्वास्थ्य सेवाको राष्ट्रिय दायित्व सुम्पेको थियो । राष्ट्रिय नीतिअनुसार सन् २०१७ भित्रमा खस्रेरोग निवारण गर्न लक्ष्य राखेर संघले शल्यक्रिया, एन्टिबायोटिक्स खुवाउने, हात–मुख धुने र वातावरणीय सुधारका कार्यक्रम एकीकृत रूपमा सञ्चालन गरेको थियो । एकीकृत अभियानपछि यो सम्भव भएको हो । क्लाइमेडिया ट्रकोमाइटिस नामक जीवाणुको संक्रमणबाट यो रोग सर्छ । संक्रमित व्यक्तिले प्रयोग गरेको रुमाल, टावेलदेखि झिँगामार्फत पनि यो रोग सर्छ । खुला दिसा वा खानेपानी, फोहोर वातावरणले यो रोग फैलिन सघाउँछ ।

संघअन्तर्गत १८ आँखा अस्पताल र ८० उपचार केन्द्र छन् । अस्पताल, केन्द्र र स्वयंसेवकमार्फत बढी प्रकोप र जोखिम भएका जिल्लामा विशेष कार्यक्रम गरिएको थियो । संघका अनुसार बैतडी, डोटी, कञ्चनपुर, कैलाली, अछाम, दैलेख, सुर्खेत, बर्दिया बढी संक्रमण भएका जिल्ला थिए । बाँके, रुकुम, रोल्पा, दाङ, कपिलवस्तु नवलपरासी, चितवन, रसुवा, पर्सा, बारा रौतहट र सर्लाहीमा १० प्रतिशतभन्दा बढी जनसंख्यामा खस्रेरोगको संक्रमण थियो । ‘जनसंख्याको ० दशमलव ८४ प्रतिशतमा अन्धोपन थियो, अहिले ० दशमलव ३५ प्रतिशतमा मात्रै छ,’ अधिकृत शैलेशले भने, ‘अहिलेको अन्धोपनको ८० प्रतिशत कारण मोतियाविन्दु हो ।’

विनाशकारी भूकम्प, तराई क्षेत्रमा बाढी एवम् राजनीतिक संक्रमणजस्ता कारणले लक्ष्यभन्दा केही ढिला गरेर निवारणको अवस्थामा आइपुगेको संघले जनाएको छ । संघले खस्रेरोग निवारणको अवस्थामा रहेको विभिन्न सर्वेक्षण रिपोर्ट, प्रमाण एवम् दस्तावेजहरू स्वास्थ्य मन्त्रालयले बुधबारै हस्तान्तरण गरेको संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले जानकारी दिए ।

विश्व अन्धोपनका विभिन्न कारकमध्ये खस्रेरोग विश्वका ४१ देशमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा छ । विश्वभर १९ लाख मानिस दृष्टिविहीन वा दृष्टिदोषपीडित छन्, जसको प्रमुख कारक खस्रेरोग हो । विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा १९ करोड २० लाख मानिसमा खस्रेरोगको उच्च जोखिमयुक्त बसोवास रहेको जनाएको छ ।

संघले नेपालका सबै जिल्लामा खस्रेरोगसम्बन्धी सर्वेक्षण सम्पन्न गरेपछि निवारणको अवस्थाको यकिन भएको अधिकृत मिश्रले बताए । शैलेशका अनुसार विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेको मापदण्डअनुसार नेपालमा खस्रेरोग निवारण भइसकेको छ । हाल नेपालमा यो रोग जनस्वास्थ्य समस्याका रूपमा नरहेको उनले बताए ।

विश्व अन्धोपनका विभिन्न कारकमध्ये खस्रेरोग विश्वका ४१ देशमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा छ । विश्वभर १९ लाख मानिस दृष्टिविहीन वा दृष्टिदोषपीडित छन्, जसको प्रमुख कारक खस्रेरोग हो । विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा १९ करोड २० लाख मानिसमा खस्रेरोगको उच्च जोखिमयुक्त बसोवास रहेको जनाएको छ ।

मानिसको संसर्गबाट सहजै सर्ने भएकाले यो रोगको बढ्दो प्रकोपलाई न्यूनीकरण गर्न सन् १९९८ मा खस्रेरोगको विश्वव्यापी उन्मूलनसम्बन्धी प्रस्ताव पारित भएको थियो । डब्लुएचओले सन् २०२० मा खस्रेरोगलाई विश्वव्यापी रूपमै उन्मूलन गर्ने लक्ष्य लिएको छ । निवारण घोषणापछि पनि रोगको निरन्तर निगरानी राख्ने र नयाँ बिरामीको खोजीका साथै कुनै ठाउँमा शंकास्पद प्रकोपको सम्भावना रहे विशेष कार्यक्रम चलाउनुपर्ने डा. मिश्रले बताए । ‘अहिले पनि छिमेकी भारतका धेरै जिल्लामा खस्रोरोगको संक्रमणदर उच्च छ । हाम्रो खुला सिमाना भएकाले पनि सर्भिलेन्स र नयाँ केस खोजी जारी राख्नुपर्छ,’ डा. मिश्रले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय