गृह मन्त्रालयमा विष सेवन गरेका पूर्वलडाकु खतरामुक्त

हेल्थपोस्ट
प्रकाशित
२०७५ मंसिर ५ गते १८:५८

आर्थिक सहायता नपाएपछि गृह मन्त्रालयमै विष सेवन गरेपछि वीर अस्पताल पुर्याइएका  कालीकोट स्थायी घर भएका माअाेवादी पूर्वलडाकु कुलप्रसाद भट्टराई खतरामुक्त छन् । उनी युद्धकालमा घाइतेसमेत भएका थिए ।

भट्टराईले तरकारीमा किरा मार्न प्रयोग गरिने विषादी साइकोमेटिक सेवन गरेको पाइएको छ । कडाखालकाे विषादी नभएकोले ज्यान जोगिएको हो ।
उनको अस्पतालकाे अाकस्मिक विभागमा उपचार भइरहेको छ । उनले चिकित्सकहरुसँग बताएअनुसार बारबार धाउँदा पनि अार्थिक सहायता नपाएर पीडित भएकाे बताएका छन्। उनले मन्त्रीसँग लामाे सम्बन्ध र चिनजान भएकाे समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय