जिल्ला जनस्वास्थ्य कार्यालय बन्याे प्रदेश स्वास्थ्य कार्यालय

हेल्थपोस्ट नेपाल

संघीय संरचनाअनुसार बनेका संरचनाले काम गर्न सक्ने विषयमा बहस जारी रहँदा नयाँ संरचनाअनुसारको कार्यालय स्थापना सुरु भएको छ । प्रदेश सरकारले ३२ असार ०७५ मा स्वीकृत संरचनाअनुसार प्रदेश स्वास्थ्य कार्यालय स्थापनाको काम सुरु गरेको छ । सोक्रममा प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले काठमाडौं जनस्वास्थ्य कार्यालयमा प्रदेश ३ स्वास्थ्य कार्यालयको बोर्ड झुन्ड्याएर सोमबारदेखि विधिवत् सुरुवात गरे । यससँगै काठमाडौं, भक्तपुर र ललितपुरका सबै जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भएका छन् ।

यसैबीच स्वीकृत स्वास्थ्य संरचनाले समस्या बढाएको भन्दै स्वास्थ्य मन्त्रालयले नयाँ संरचनास्वरूपसमेत तयार पारिरहेको छ । नयाँ संरचनाअनुसार देशभर जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयको सट्टा ३५ वटा स्वास्थ्य कार्यालय स्थापना हुनेछन् ।

स्वास्थ्य सेवा विभागका निमित्तमहानिर्देशक मोहमद दाउदले भोलिदेखि नै प्रदेश ३ अन्तर्गतका नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र चितवन जिल्लामा पनि प्रदेश स्वास्थ्य कार्यालयले काम गर्ने र जिल्ला जनस्वास्थ्य कार्यालयहरू खारेज हुने जानकारी दिए । नयाँ संरचनाअनुसार ७ वटा मन्त्रालय, ७ वटा प्रदेश स्वास्थ्य निर्देशनालय, ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने उनले बताए ।



One thought on “जिल्ला जनस्वास्थ्य कार्यालय बन्याे प्रदेश स्वास्थ्य कार्यालय

  1. Naya sangrachana ma Doctor ani nurse haruko darbandi kina katauti gareko sarkar ley??
    Swastha karyalaya bhanera doctor ani nurse haruko darbandi nai narakhera Public health haruko haawi bhayeko prasta chha. Hospital ma kaam nagarne HA haru programme ko focal person bhayera Public health ko name ma TADA katera Gham tapne sanskar ko aanta garau… Sewa mukhi huna sangrachana banau, sabai lai uchit thau diyos sarkar ley, dovtor ani nurse haruko pani Swastha karyalaya ma darbandi hunu parchha…. yo ta sarasar anyaay ho!!

    yesko birodh garnu parchha sabaijana milera!!

    Swastha karyalaya ko organogram Revise hunu parxa!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *