नेसोग कार्यकारी समिति अध्यक्षमा डा. तुलाधर

हेल्थपोस्ट
प्रकाशित
२०७५ मंसिर ३ गते १०:५३

नेपाल स्तीरोग तथा प्रसुति विशेषज्ञ समाज (नेसोग)को कार्यकारी समितिमा डा. हिरा तुलाधर निर्वाचित भएकी छिन ।  शनिबार सम्पन्न निर्वाचनले वरिष्ठ उपाध्यक्षमा डा. गणेश दंगाल, उपाध्यक्षमा डा. गेहनाथ बराल, महासचिवमा डा. चन्दा श्रीवास्तावलाई निर्वाचित गरेको छ ।  त्यसैगरी समितिको कोषाध्यक्षमा डा. स्मृति मास्के, सहसचिव डा. मधु तुम्बाहाङ्ग्फे र सहकोषाध्यक्षमा डा. वीम्वा शाक्य निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यकारी समितिको सामाजिक सांस्कृतिक तथा बैज्ञानिक सचिवमा डा. पदमराज पन्त, सामाजिक सांस्कृतिक तथा बैज्ञानिक सहसचिवमा डा. सँदेश पौडेल र सदस्यहरुमा डा. जितेन्द्र परियार, डा. शान्ता श्रेष्ठ, डा. ऋजुता जोशी झा, डा. अतित पौडेल, डा. मनिषा बज्राचार्य र डा. आस्था श्रेष्ठ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय