डा.केसी अस्पताल भर्ना, ‘अब्जरभेसन’का लागि सिसियूमा

 

अचानक छात्तिको दुःखाई बढेर असहज भएपछि चिकित्सा शिक्षा अभियान्ता डा.गोविन्द केसीलाई मनमोहन कार्डियोथोरासिस एवं ट्रन्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।

विहान सबेरै दुःखाई बढेपछि अस्पतालकै गाढीमा उनलाई सेन्टर पु-याइएको थियो । चिकित्सकहरुले मुटुसम्बन्धी जाँचपछि २४ घण्टे अब्रभेसनका लागि सेन्टरमा भर्ना गरिएको छ । उनलाई अस्पतालको सिसियु वार्डको २१५ नम्बर क्याबिनमा राखिएको छ । लामो समय अनशन बस्दा डा.केसीको मुटुमा पटकपटक समस्या देखिने गरेको छ ।
पारिवारिक स्रोतका अनुसार पछिल्ला केहीदिनदेखि उनी राम्रोसँग निदाएका छैनन् । चिकित्सा शिक्षा विधयेक र शिक्षण अस्पतालको निर्देशक सिफारिसलाई लिएर डा.केसी तनाबमा छन् । उनी पत्रकार सम्मेलन गरेर ती विषयमा कडा रुपमा प्रस्तुत हुने योजनामा थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय