यौनरोग उपचारमा युवा धेरै आउँछन्, गृहिणी भने अझै खुल्दैनन्

डा. अनुपमा कार्की
प्रकाशित
२०७५ मंसिर २ गते ११:१६

यौनका विषयमा नेपाली समाजमा अझै पनि धेरै संकुचन छ । रोग नै लाग्दा पनि तुरुन्त उपचार गर्नेभन्दा लुकाएरै बस्ने प्रवृति बढि छ । जसले जटिलतामात्रै बढाएको छैन् पारिवारिक र सामाजिक समस्या समेत थपिरहेको छ । यो सन्दर्भमा वीर अस्पतालकी बरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा.अनुपमा कार्कीसँग हेल्थपोस्टकी लक्ष्मी चौलागाईँले गरेको संवाद ।

सामान्य भाषामा यौनरोग के हो ?
सामान्यतया एकभन्दा बढी व्यक्तिसँगको यौनसम्पर्कका कारण लाग्ने रोगलाई यौनरोग भनिन्छ । विनाकन्डम अथवा असुरक्षित रूपमा यौनसम्पर्क गरेमा यौनरोग लाग्छ । यसको अर्थ एकैजनासँग मात्र यौनसम्पर्क राख्नेलाई यौनरोग लाग्दै लाग्दैन भन्ने चाहिँ होइन । कतिपय अवस्थामा श्रीमान्–श्रीमतीबीचमा मात्र यौनसम्पर्क राख्दा पनि यौनरोग लाग्न सक्छ । तर, सामान्य भाषामा भन्नुपर्दा असुरक्षित यौनसम्पर्कका कारण लाग्ने रोग नै यौन रोग हो ।
कतिपय अवस्थामा रगतको माध्यमबाट पनि यौनरोग लाग्ने गर्छ । जस्तै, धेरै व्यक्तिले एउटै सुईको प्रयोग गरेमा पनि यौनरोग लाग्न सक्छ । कुनै पनि व्यक्तिलाई रगत दिनुअगाडि नै सबै कुराको परीक्षण त गरिएकै हुन्छ । यदि रगत लिँदा रोगहरूबारे जाँच नगरीकनै लिएमा पनि कतिपय अवस्थामा यौनरोग लाग्ने गरेको पाइन्छ । रगतको आकस्मिक आवश्यकताका वेला परीक्षण नै नगरी रगत लिएमा पनि यौनरोग लाग्ने गर्छ ।

नेपालमा कस्ताखाले यौनरोगी पाइएका छन् ?
नेपालमा प्रायः सबै प्रकारका यौनरोगी पाइएका छन् । ब्याक्टेरियाका कारण लाग्ने भिरिंगीदेखि सबै प्रकारका यौनरोगका बिरामी भेटिएका छन् । यौनांगमा घाउ भिरिंगीरोगको लक्षण हो भने यौनांगबाट पिप बग्नु गोनोरिया हो । कतिपय यौनरोग भाइरसका कारण पनि लाग्ने गर्छ । कतिपय यौनरोगमा सानो–सानो पोल्ने मुसाहरू आउने गर्छन् । यौनरोगलाई ब्याक्टेरिया, भाइरसलगायत विभिन्न कारणले लाग्ने आधारमा विभाजन गरिन्छ । यी सबैखाले यौनरोग नेपालीमा पाइएको छ ।

पहिलेको तुलनामा यौनरोग बढ्दो अवस्थामा छ । पहिले–पहिलेका मानिसमा यौनरोगबारे चेतना अभावका कारण खासै खुल्दैनथे । सबै ठाउँमा स्वास्थ्यकर्मी नपुगेका कारण धेरैलाई यसबारे थाहै हुँदैनथ्यो । थाहा भएर पनि आफूलाई यौनरोग लागेको भन्न पनि संकोच मान्थे । अहिले विनासंकोच उपचारका लागि अस्पताल आउने भएका कारण पनि यौनरोगीको संख्या बढेको देखिएको हो ।

यौनरोगको पछिल्लो अवस्था कस्तो छ ?
पहिलेको तुलनामा यौनरोग बढ्दो अवस्थामा छ । पहिले–पहिलेका मानिसमा यौनरोगबारे चेतना अभावका कारण खासै खुल्दैनथे । सबै ठाउँमा स्वास्थ्यकर्मी नपुगेका कारण धेरैलाई यसबारे थाहै हुँदैनथ्यो । थाहा भएर पनि आफूलाई यौनरोग लागेको भन्न पनि संकोच मान्थे । अहिले विनासंकोच उपचारका लागि अस्पताल आउने भएका कारण पनि यौनरोगीको संख्या बढेको देखिएको हो । अहिले स्कुल–कलेजले पनि स्वास्थ्य चेतना दिने गरेकाले विद्यार्थीहरू यौनरोगसम्बन्धी केही समस्या देखापरेमा उपचारका लागि आउने गरेका छन् । तर, अझै पनि गृहिणीहरू भने यौनरोगबारे त्यति खुल्न नसकेको मेरो बुझाइ छ । उनीहरू अस्पतालमा उपचारका लागि आए भने पनि मलाई तल यस्तो भएको छ भन्छन्, तर देखाउन भने मान्दैनन् । मेरो बुझाइमा पहिलेको तुलनामा यौनरोग बढेको छ ।

दिन–प्रतिदिन जनचेतनाका कार्यक्रम तथा उपचारको पहुँच बढ्दा पनि किन यसरी यौनरोग बढेको होला ?
पहिलेका मानिसलाई लाज लागेकै कारण यस्ता रोग लागेर पनि चुपचाप बस्ने गर्थे । अहिले मिडियाका कारण पनि मानिस यस्ता रोगबारे जानकार हुने र खुल्ने गरेका छन् । पहिले मानिसलाई एचआइभीबारे थाहै थिएन, अहिले एचआइभी कसरी हुन्छ भन्नेमा समेत जानकार छन् । त्यसैले पनि यौनरोगीको संख्या बढी देखिएको हो । कतिपय अवस्थामा वैदेशिक रोजगारीका कारण पनि यौनरोग बढेको छ । श्रीमान्हरू वैदेशिक रोजगारीबाट नेपाल आएपछि श्रीमतीलाई यौनरोग लाग्ने गरेको समेत पाइएको छ । वैदेशिक रोजगारीका क्रममा श्रीमान्ले असुरक्षित यौनव्यवहार अपनाएका कारण श्रीमतीलाई यौनरोग लाग्ने गरेको उपचारका क्रममा पाइएको छ । त्यस्ता बिरामीको संख्या अस्पतालमा दिनानुदिन बढ्दै गएको छ । यौनरोगीको संख्या बढी देखिनुमा मानिसमा यसबारे चेतनाको विस्तार र खुल्ने प्रवृत्ति पनि प्रमुख कारण हो ।

वीर अस्पतालमा दैनिक कति यौनरोगी उपचारका लागि आउने गरेका छन् ?
वीरमा आउने यौनरोगीको संख्या दैनिक बढ्दो छ । दैनिक १५ देखि २० जनाले उपचार सेवा लिने गरेका छन् । कुन उमेर समूहका बिरामी बढी आउँछन् भन्ने यकिन नभए पनि बढी मात्रामा युवावस्थाका बिरामी यौनरोगको उपचारका आउने गरेको पाइएको छ । सामान्यतया १७–१८ वर्षदेखि ५० वर्षसम्मका बिरामी आउने गरेका छन् । त्यसमा विभिन्न प्रकारका यौनरोगी छन् । अहिले विदेश जाने तयारीमा रहेका युवामा भिरिंगीरोग बढी पाइएको छ । यो रोगले कुनै लक्षण नदेखाउन पनि सक्ने भएकाले स्वास्थ्यपरीक्षणपश्चात् मात्र बिरामीहरू रोगबारे जानकार हुन्छन् । कतिपय अवस्थामा युवाहरू स्वास्थ्यपरीक्षणमा यौनरोग भेटिएका कारण विदेश जानबाट अवस्थामा वञ्चितसमेत हुने गरेका छन् ।

यदि विवाहपूर्व यौनरोग लागेको छ भने रोगका कारण बच्चा जन्माउनसमेत समस्या हुने गर्छ । त्यसैगरी, एउटा यौनरोग लागेको व्यक्तिलाई सँगसँगै अर्काे यौनरोग पनि लाग्न सक्छ । यौन र यसबाट आउने समस्या तथा जोखिमबारे पनि बिरामीलाई राम्रोसँग बुझाउनु आवश्यक हुन्छ । विशेषगरी, युवालाई यस्ता रोगबारे चेतना दिनु आवश्यक छ ।

यौनरोग कम गर्न तथा यसबाट बच्न के गर्ने ?
यौनरोगबाट बच्ने पहिलो उपाय भनेको सुरक्षित यौनव्यवहार अपनाउने नै हो । एकभन्दा बढी यौनपार्टनर बनाउनुहुँदैन । यदि एकभन्दा बढी व्यक्तिसँग यौनसम्पर्क राख्ने अवस्था आएमा कन्डमको प्रयोग गर्नुपर्छ । कन्डमको प्रयोगलाई बढावा दिनुपर्छ । एक मात्र यौन पार्टनरसँग सीमित रहनु नै यौनरोग कम गर्ने सर्वाेत्कृष्ट उपाय हो । कन्डमले शतप्रतिशत यौनरोग लाग्नबाट जोगाउन नसके पनि ९० प्रतिशतभन्दा बढी जोगाउँछ ।
दुवै यौनपार्टनरलाई यौनरोगबारे चेतना हुनु आवश्यक मानिन्छ । यौनरोगीको पार्टनरलाई समेत औषधि खुवाउनु आवश्यक हुन्छ । यौनरोग कम गर्न बिरामीलाई यसबारे काउन्सिलिङ गर्नु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यदि विवाहपूर्व यौनरोग लागेको छ भने रोगका कारण बच्चा जन्माउनसमेत समस्या हुने गर्छ । त्यसैगरी, एउटा यौनरोग लागेको व्यक्तिलाई सँगसँगै अर्काे यौनरोग पनि लाग्न सक्छ । यौन र यसबाट आउने समस्या तथा जोखिमबारे पनि बिरामीलाई राम्रोसँग बुझाउनु आवश्यक हुन्छ । विशेषगरी, युवालाई यस्ता रोगबारे चेतना दिनु आवश्यक छ ।

यौनरोग न्यूनीकरणमा नेपाल सरकारको प्रयासबारे के भन्नुहुन्छ ?
नेपाल सरकारले यौनरोगको क्षेत्रमा पछिल्लो समय गरेको प्रयास प्रशंसायोग्य छ । सरकारले कतिपय स्वास्थ्यसंस्थाका कर्मचारीलाई तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । चिकित्सक मात्र नभई स्वास्थ्य क्षेत्रमा कार्यरत अन्य व्यक्तिलाई समेत यसबारे सचेत गराउनु आवश्यक छ ।
प्रत्येक स्वास्थ्यसंस्थामा कार्यरत जनशक्ति यौनरोगबारे जानकार हुनु जरुरी छ । उनीहरूका माध्यमबाट समाजमा चेतनाविस्तार गर्नु आवश्यक छ । यौनरोगमध्ये एचआइभी प्रमुख भएकाले सरकारले विभिन्न संस्थासँगको सहकार्यमा एचआइभीरोगीको उपचार निःशुल्क बनाएको छ, जुन प्रशंसनीय कार्य हो । सरकारले यस्तो कदम नचालेको भए एचआइभीको औषधि सर्वसाधारणको पहुँचबाहिर थियो । एचआइभी लागेको बिरामीले पनि आवश्यकताअनुसार मात्रा मिलाएर नियमित औषधिसेवन गर्ने हो भने सामान्य जीवन बिताउन सक्छन् । उनीहरूले आजीवन औषधि खानुपर्ने हुन्छ । समय–समयमा स्वास्थ्यजाँच पनि उत्तिकै आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय