जस्तो स्वरूप उस्तै काम, ओखरको छ ठूलो नाम

हेल्थपोस्ट
प्रकाशित
२०७५ मंसिर १ गते १०:०१


हामी कतिपयले याद नगरेका पनि हुन सक्छौँ– ओखरको स्वरूप मानव मस्तिष्कजस्तै हुन्छ । प्राकृतिक संयोग नै भन्नुपर्छ, ओखरले आफ्नो स्वरूपअनुरूप नै सेवनकर्तालाई लाभ पुर्याउँछ । स्मरणशक्तिलगायत समग्र मस्तिष्कहितमा ओखर बहुउपयोगी छ । तसर्थ, ओखरलाई ‘ब्रेन नट्स’ पनि भनिन्छ ।
ओखर मस्तिष्कका लागि सबैभन्दा उत्तम नट्स हो । ओखरमा पाइने ओमगा३ फ्याटी एसिडले नवजात शिशुको मस्तिष्कको रक्षा गर्छ । यसको प्रयोगले किशोर–किशोरीको समग्र विकासमा सघाउँछ । अध्ययनले पुष्टि गरिसकेको छ कि– गर्भवती महिलाले प्रशस्त मात्रामा ओखरको सेवन गरेमा बच्चा स्मार्ट हुन्छन् । यति मात्र होइन, ओखरमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, मिनरल्स र फाइबर पाइन्छन् ।

ओखरको प्रयोगले
– वजन घटाउन सघाउँछ ।
– आराम महसुस गराउँछ ।
– पूर्ण निद्रा दिलाउँछ ।
– मधुमेहबाट बचाउँछ ।
– पेटको क्यान्सरबाट बचाउँछ ।
– आयु बढाउँछ ।
– सधैँ ऊर्जाशील रहन सघाउँछ ।
– गर्भवती महिलाले सेवन गरेमा बच्चालाई एलर्जी हुँदैन ।
– रक्तचाप नियन्त्रण गर्छ ।
– पुरुषमा स्पर्म काउन्ट बढाउँछ ।
– कपाल र छाला स्वस्थ राख्न सघाउँछ ।

कसरी गर्ने सेवन ?
१५ ग्राम ओखर लिने, १ ग्लास दूध उमाल्ने र पिसेको मिस्री मिसाउने, २–४ वटा केसरपत्ता मिसाउने र केहीबेर उमाल्ने, मनतातो भएपछि पिउने ।
जुनसुकै उमेर समूहले यसको सेवन गर्नाले अत्यन्तै फाइदाजनक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय